जगदीशप्रसाद पाण्डेयका जोर गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

बहरबद्ध गजल– १,
आपसी मेलको गीत हो जिन्दगी
आश खोजी हुने प्रीत हो जिन्दगी ।

साथ हुन्छन् जहाँ याद ती चाहका
चित्त थामी रुने रीत हो जिन्दगी ।

कामको खोजमा तामझामै कतै
खोज पूरा भए जीत हो जिन्दगी ।

 

Continue reading


जगदीश प्रसाद पाण्डेयका जोर गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

बहरबद्ध गजल– १,
सधैंको झमेला मिलाएर बाचौँ
भएका निराशा बिलाएर बाचौँ ।

बितेका कुरामा नझारौ बिलौना
छिनेका खुसी ती सिलाएर बाचौँ ।

कुना कन्दराका भरोसा बनाई
सबै पाच्य नारा पिलाएर बाचौँ ।

 

Continue reading


बहरबद्ध गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

छ देशै मनैमा लुकाई नराखौ
बिदेशी भूमीमा छुपाई नराखौ ।

छ सुस्ता दुखेको बिहारी पिडाले
उसैका अगाडी नुगाई नराखौ ।

छ जंगे ढलेको तिलाठी रुवाई
बिकाई सिमाना दुखाई नराखौ ।

 

Continue reading


जगदीश प्रसाद पाण्डेयका जोर गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

बहरबद्ध गजल– १,
गरेरै बहाना जगायौ मलाई
ति आँखा तरेरै भगायौ मलाई ।

सधैंको दयालु बनाई नचायौ
अचम्मै गराई ठगायौ मलाई।

बनाई दिवाना गएछौ अलग्गै
बिनासित्ति घाँडो लगायौ मलाई ।

 

Continue reading


गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

मंसिरमा लगनको ठुलै तामझाम हुदैछ
सुनिन्छ सबैतिर एकनासको लाम हुदैछ ।

कित्ताकाट गरेका फसलमा चित्त नबुझी
मिलेर भकारी भर्न सबै एक ठाम हुदैछ।

जति जोगी आए पनि कानै चिरेको भन्दै
युवाहरुको सानोगौचरणमा जाम हुदैछ ।

 

Continue reading


गजल

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

पाइलो पाइलोमो हारेको छौ आज
प्रगतिको सपना मारेको छौ आज ।

सत्ताको कलह झन झन चर्काउँदै
आमालाई पिरमा पारेको छौ आज ।

दुर्बाशोको क्रोध र शकुनि चालले
कृतिम गोही अश्रु झारेको छौ आज ।

 

Continue reading