निरंकुश र दासीयुग

Chhabi, Kiran, Oli,छविकिरण ओली,pallawa, पल्लव

छविकिरण ओली

क्रूरतार बर्बरताले परकाष्टको
बुई चढे पछि
खोसिएको हो तिम्रो आदिबासी सत्ता
अनि
पड्किएको हो बुद्धको आँगनमा
बम बारुज र बन्दुक
ऐ मालिक
तेरो दासत्ताले चपाएका
गरिबीका अनुहारमा
कालो मोसोले कति पोतिस

न्यायको अर्धमूर्छित आवाजमा कति
लगाईस लगाम–

 

Continue reading


देवकोटाको अवसरबाद कथाभित्र . . . . .

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

१: कथाकारको परिचय
कथाकार कमलमणि देबकोटा नेपाली साहिका असल यात्री हुन । उनको जन्म बि,सं २०१८ साल असार २ गते पिता स्व, मयानिधि उपाध्याय माता कृष्णादेबी उपाध्याय को कोख बाट पुत्ररत्नको रुपमा सल्यान शिवरथ ८ ब्राह्मण टोलमा भएको हो । समाजशास्त्रमा एम ए हेल्थ एजुकेसनमा बि एड गरेका देबकोटा साहित्यिक यात्रामा छन्द कबिता, गीत, लोकगीत, हास्यब्यङ्गे र उपन्यासका साथै कथाकारका रुपमा देखापरेका छन् ।

 

Continue reading


माटो छ हाम्रो धन

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

ठूला फाँट प्रती बने मुलुकमा के द्रब्य खोज्छौ पर
के के सोच बने युवा स्वघरको खै? अन्न रित्त्व घर
आऊफर्कि युवा सबै स्वघरमा ठूलो बनाई मन
ज्यूँला आपसमा मिली चयनले माटो छ हाम्रो धन  //

ठूलो बैभव बातले सहजमा मिल्दैन त्यो हातमा
काटी पत्थर मार्ग बन्दछ नयाँ लागे सबै काममा
लज्जाबोध न लीउँहै हृदयमा रोपौ कला देशमा
मिल्ने छन् सुन चाँदि बैभव सबै यो देशको काखमा //

 

Continue reading


‘गरिब’

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

छ मैना माघैको अतिसय चिसो पार्छ थिरिरि
हवाको त्यो झोक्का कतिकति कडा पात फिरिरि
यता सेप्यो टाल्यो हर जतनले छिद्र भयले
घुस्यो भित्रै जडो शित तरल भै तिब्र गतिले ।

यता फर्क्यो जाडो कटकट बजे दन्त बिचरा
उता फर्क्यो उस्तै शि शि र हु हु मा गीत अधुरा
चुहा झै नाचेको खुल दुल गरि भोक बबुरो
रमीते भै आयो गरिब जनमा दर्द चतुरो ।

 

Continue reading


गजल

Chhabi, Kiran, Oli,छविकिरण ओली,pallawa, पल्लव

छविकिरण ओली

वचन बाणले हान्नु भन्दा मारि दिए हुन्छ बरु /
कोपिलामै फुल्नै नपाई झारि दिए हुन्छ बरु //

घरि घरि घोचिरहन्छेउ मनै छिया हुने गरि /
पराईको सिन्दुर लगाउ जारि दिए हुन्छ बरु //

आखिर बद्नाम गराई छाड्यौ समाई हात मेरा /
घरन घाटको अब मलाई पारि दिए हुन्छ बरु //

 

Continue reading