चिरञ्जीवी ढकाल का नौ गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१,
पद्वी थमाउनु को केही त, सार होस।
सम्मानका खातिर, कुनै आधार होस।

त्यस्तो पनि के जिन्दगी, गुण बिनाको,
बाँचेर केवल पृथ्वीलाई, भार होस।

माली त्यस्तो पालेर,के अर्थ होला र खै?
जब बगैँचामा, फूल मास्ने झार होस।

 

Continue reading


“उदाउन् देऊ जुन तिमी”

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

उदाउन् देऊ जुन तिमी !
चम्कि हाल्छन ताराहरू !!
सुस्त सुस्त हट्दै जान्छन !
जीवनका अप्ठ्याराहरू !!

नेदेखाउनु आँसु कहिल्यै !
मुस्काउनु तिमी जहिल्यै !!
आँट गरे चट्टान फुट्छ !
बग्न थाल्छन धाराहरू !!

 

Continue reading


चिरञ्जीवी ढकाल १० गजलहरूः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
कतै गाँस बनेर गयो, कतै तास बनेर गयो ।
सम्पन्न कै घर घरमा दशैँ, खास बनेर गयो ।

न नुन,जिरा, तेल छ, न त कुनै किनमेल नै छ,
दुखीको घरमा मात्रै, आँसुको रास बनेर गयो ।

दशैकोलागि पालेको खसी,कर तिर्न बेच्नु प-यो,
गरीबको लागि अर्को ऋणको,भास बनेर गयो ।

 

Continue reading


चिरञ्जीवि ढकाल का तीन गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
उता हल्ला छ नाका बन्दीको, यता अरिङ्गाल को।
बद्लिएन छानो उस्तै छ रूप, फाटेको पाल को।

सास फेर्नै गाह्रो भा छ, बजार भाउ बौलाएर,
किनी सक्नु छैन मूल्य ,बढेर हरेक माल को।

आफ्नै बन्दोबस्तीमा ,व्यस्त भएकोछ सरकार,
खबर लिने फुर्सद छैन, जनताको हाल को।

 

Continue reading


चिरञ्जीवि ढकालका चार गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
चलाए सी आँधी हुरी,के अनौठो हुने छ र?
बढ्ला थोरै मजवुरी, के अनौठो हुने छ र?

तिम्रो हाम्रो भावनाको ,रङै फरक भए सी,
बढेपनि अब दूरी, के अनौठो हुने छ र?

लगाउनु हिरा मोती, इमान बेचेर तिमी,
म बेचौँला पानी पुरी,के अनौठो हुने छ र?

 

Continue reading


चिरञ्जीवि ढकालका दुइ टुक्रा

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

१) “के हुन्छ जान?”
पाउने नहस्क, गुमाउने नझस्क!
बिचरा जनतालाई,पारी चसक्क!!
दिएकाछन मान,पाएकाछौ सान!
बदलिए भाव अनि,के हुन्छ जान?

नबन दैंत्य बरु,सक्छौ बन काली!
बदलेर रुप, नबनी देऊ जाली!!
फोडी देऊ ताला,खोली देउन ढोका!
छरिन देऊ बरु, पवनको झोका!!

 

Continue reading


के घोलेर गयौ तिमी

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

के घोलेर गयौ तिमी, बसमै छैन मन?
गाह्रो भयो सम्हाल्नलाई, ए ! निष्टुरी भन?

सल्लेरीको सल्ला घारी, सुसाए झैँ गर्छ!
कैले हाँस्छ मरीमरी, कैले मूर्छा पर्छ!!
आज भोलि भन्दाभन्दै, बिते धेरै दिन!
ए! निष्टुरी सम्झिएर, आउँदैनौ किन ?

 

Continue reading


चिरञ्जीवि ढकालका चाैधवटा गजलः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

१) गजल
ढल्न देऊ यार, ढल्नेहरूलाई।
नुन छर्की आँफै, गल्नेहरूलाई।

कसैको केही,लाग्दै लाग्दैन साथी,
जानी जानी आँखा, छल्नेहरूलाई।

धरहरा बनाउन, काँ सकिन्छ?
ती अरुका पाऊ, मल्नेहरू लाई।

 

Continue reading


चिरञ्जिवी ढकालका आधा दर्जन गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
सानो छँदा समाएर, डो-याएको हात देऊ।
हिजो बाचा गरे जस्तै, आऊ आज साथ देऊ।

अबोध त्यो चेतनाले, सुम्पेको थेँ तिमीलाई,
कस्तो भयो हुर्केपछि, पीरतीको जात देऊ।

धेरै थिए भन्ने कुरा, एकान्तमा बस्न पाए,
मिल्छ भने मेरो लागि, आज तिम्रो रात देऊ।

 

Continue reading


चिरञ्जीविका जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
बिर्सनै नसकिने त्यो, रात थियो,
सुनी नअघाउने त्यो, बात थियो।

ठ्याक्कै यही हो नि, भन्न सक्दिन थेँ,
कता कता अनौठो त्यो, जात थियो।

कोठा एक म एक, अनि उ एक,
बाहिर मुसल्धारे, बर्षात थियो।

 

Continue reading


चिरञ्जिवी ढकालका जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
यो मनले झैँ उन्को मनले, कल्पे पनि हुन्थ्यो।
कै ले काहीं त त्यो मन यता,ढल्के पनि हुन्थ्यो।

किन हो खै भेट हुँदा नि, रिसाएकै भान हुन्छ?
ती नजरमा मधुर मायाँ, झल्के पनि हुन्थ्यो।

घाम चर्केर गर्मी याममा, तिर्खाउँदा गला,
कल्कल बगेर तिर्खामेट्न, पल्के पनि हुन्थ्यो।

 

Continue reading


चिरञ्जीवि ढकाल का जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
सकिएन छेक्न बाटो ,छेक्न गाह्रो भयो,
हेर्दाहेर्दै टाढा भयौ, देख्न गाह्रो भयो ।

तिम्रो यात्रा एकोरो भो, नफर्किने गरी,
डोब छोड्यौ मझेरीमा, मेट्न गाह्रो भयो।

जता हेर्छु चुपुर्कोमा, तिम्रै याद भेट्छु,
थाहा हुदाहुदै पनि, फेक्न गाह्रो भयो ।

 

Continue reading


चिरञ्जिवी ढकालका केही मुक्तकहरूः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

बिना आँच हाँडीमा,मकै भुटिने भए,
फाटेको मन तिमी,बिना खुटिने भए।
तिम्रो हात किन,समाउँथे र म हिजो,
मझधारमा पुगेपछि, छुटिने भए।

यो जिन्दगी रङ्गमन्च, बनायौ ठिकै छ,
आफ्नो असली अौकात,जनायौ ठिकै छ।
म त चमेली ठानेर, हुर्रिएको थिएँ,
तर गन्धावेली रैछौ, गनायौ ठिकै छ ।

 

Continue reading


चिरञ्जीवि ढकालका केही मुक्तकहरूः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

बोलुँ फेरी सम्बन्ध यो, चिसाउन डर लाग्छ,
कट्मेरो बैँस उनको, मिसाउन डर लाग्छ ।
कस्तो साइनो रोजिएछ, लेऊ झै लर्काउने,
खाटो बस्या घाऊ फेरी, बिसाउन डर लाग्छ ।

कसम हो सबै कुरा, सत्य नहुन नी सक्छ,
चाही चाही पनि केही,फत्य नहुन नी सक्छ ।
तर हिम्मत नहार्नु है, यो प्रेमको यूद्दमा,
जीवन भरी नै सधैँ, हत्य नहुन नी सक्छ ।

 

Continue reading


गजल

आनी बानी थाहा छैन, रूप हेरी बोल्दा रै’छन्,
सुस्त सुस्त उसैसँग, भित्रीकुरा खोल्दा रै’छन् ।

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

वैँश फुली उनमत्त, भए पछि वगैँचामा,

भमराका भेष धारी, मधुरस घोल्दा रै’छन् ।

जब ठान्छ भमराले, रस छैन फूल भित्र,
फूल चाहीँ बाटो हेर्छे, भमरा चै टोल्दा रै’छन् ।

 

Continue reading


चिरञ्जीवि ढकालका केही मुक्तकहरूः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

दिल ले दिल गिथलेर, खिल बनायो,
आँखामा मूल फुटालेर,झिल बनायो।
आँखै चिम्लेर,सम्बन्धको व्यापार गर्दा,
चुकाउनै नसक्ने गरि, विल बनायो।।

आँखा र आँखाहरू बिच,लुकामारी भो,
अनि मिलेका दुई दिल, वारीपारी भो।
बखरेल्ती सम्झनाका, मूल फुट्न थाले,
नसा भरियो जवानी काँचो, सुपारी भो ।

 

Continue reading


१६ अक्षरीय गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

(समाजको वर्तमान स्थिति)
सबको मनमा धुलो, उडाउने रहर छ,
यै बाटोमा, त्यो पजेरो गुडाउने रहर छ ।

सतहमा खुम्चिएको, आफ्नो हैसियतलाई,
दुई चार तला माथि, उठाउने रहर छ ।

कि देऊ गाउँ कि त, छोड्छु ठाउँ भन्दै करार्इ,
भन्छ नत्र ट्यापे मुन्द्रे, जुटाउने रहर छ ।

 

Continue reading


“गजल”

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

लेख्नेलाई भन्दा,देख्नेलाई खास हुनुपर्छ,
अाउने चौहत्तर साल, झक्कास हुनुपर्छ।

हट्नु पर्छ राजनितीको,ग्रहण यो देश बाट,
कुना कुना सम्म उज्यालो, प्रकाश हुनुपर्छ।

समाउनु पर्छ गति, अब अग्रगमनको,
पश्चगामीहरु बिल्कुल, हतास हुनुपर्छ।

 

Continue reading


“गजल”

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

कलम र कापी, मेरो पास भएपछि,
साहित्यको म अचेल,दास भएपछि।

रोएको रोएई छ, यो कलम मेरो त,
इतिहास र संस्कृति ,नास भएपछि।

डाक्टरले देख्दैन,ज्योतिषले भन्दैन,
लुट्ने नै ध्यय उनको,खास भएपछि।

 

Continue reading