गजल

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa,  पल्लव

चन्द्रिका बिरही बेदना

तिमीले मागे यो ज्यान सुम्पिन तयार छु!!
सकेको खुसी तिमीलाई म दिन तयार छु!!

मायाको काखमा नै मर्न पाउछु भने मैले,
हाँसी हाँसी म फाँसीमा झुन्डीन तयार छु!!

यदि तिमी अरु सँग हाँसी खुशी हुन्छौ भने,
तिम्रो खुशीको लागि म टाढिन तयार छु!!

 

Continue reading


मेरो कथा

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

जिन्दगी मेरो सदैव यहाँ पौडिन्छ आसुमा
कसरी रोपू मायाको फूल यो मेरो मुटुमा
बल्झेर मेरो मुटुको घाउ पोल्दछ भत्भती
रहर थियो मलाई पनि गास्न यो पिरती ।।१।।

महल छैन झुपडी भित्र छु बास बसेकी
मकैको रोटी गुन्द्रुक ढिडो खाएर हुर्केकी
समपत्ति छैन म धनी हैन दुखिकी छोरी हु
धनले चाहि गरिब परे मनकी धनी छु ।।२।।

 

Continue reading


गजल

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

यो मन मुटु मेरो आजभोली पथ्थर बनेकोछ !!
केही छैन म भित्र सबै जलेर खरानी भैसकेकोछ !!

सपनाहरू सबै जलेर मेरा खरानी भएपछि !
जिन्दगी जिउने रहर यो मनभित्र बाटै हटेकोछ !!

नरोपिदेऊ हेर प्रिय मायाको फुल यो दिलमा मेरो !
परेर बज्रपात मुटु यो मेरो टुक्राटुक्रा परेकोछ !!

 

Continue reading


 ‘बुहारी’

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

बिहान चाँडै ब्युझेर घर आँगन बढारी।
सदैव माग्छिन् घरमा सान्ति देउता पुकारी।।
बिहान साँझ धाउछिन् गाग्री बोकेर पधेंरी।
रमाइ हिन्छिन् न्याउली सँगै गाँसेर मितेरी ।।१।।

बिरह पोख्दै मनका भाका सुसेली गाँउछिन्।
नभोक प्यास भनेर सधैं काममा धाउछिन् ।।
फर्किन्छिन् साँझ घरमा भारी बोकेर घाँसको।
जिउछिन् यहाँ जिन्दगी बरै बुहारी दासको ।।२।।

 

Continue reading


चन्द्रिका बिरही बेदना का केही मुक्तकहरूः

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

पखेटा काटिएकी चरी हुँ जाने छैन कतै यो पिँजडा छोडी
तिमी जहाँ जोसँग खुशी छौ बरू उतै बस घरवार जोडी ।
तिमीलाई केहि दोष दिने छैन बरु म सधै एक्लै बाँचुला
सुन मसँगै चालेका ती तिम्रा पाईला गए पनि अन्तै मोडी ।।

मेरो भर छैन प्रिय जतिबेला नि धर्ती छोडेर जानसक्छु !!
हुर्काउनु फलाउनु तिमी म बोट गोडेर जानसक्छु !!
तिमी पिर नगर प्रिय मलाई एक्लो पारि जान्छे भनी !
म मर्नु अघि नयाँ घरवार तिम्रा लागि जोडेर जानसक्छु !

 

Continue reading


गजल

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa,  पल्लव

चन्द्रिका बिरही बेदना

प्राकृतिक सम्पदाको धनी भनी चिनीएको मेरो देश।।
बहु जाती बहु संस्कृती र धर्मले भरिएको मेरो देश।।

फरक फरक जात जाती र धर्मालम्ब बसेर पनि ।
मिलीजुली भाई चाराको नाता गासिएको मेरो देश।।

अन्याय गर्दैन अन्याय गर्ने संग कहिल्यै नझुक्ने।
बिर योद्धाको भूमि मानी इतिहास लेखिएको मेरो देश।।

 

Continue reading


‘म हु देशको रक्षक’

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना,, पल्लव

चन्द्रिका बिरही बेदना

सिरमा टोटी काँधमा झोली बन्दुक हातमा ।
हिड्दैछन् साथी देशको माया बोकेर साथमा।।
गुरुको मैले राखेर मान अगाडि बढ्नेछु ।
देशकै लागि छातिमा गोली थापेर लड्नेछु ।।१।।

यूद्धमा परी यो छोरो मरे नरुनु धर्केर ।
बस्नु है प्यारी नझारी आँशु मलाई सम्झेर ।।
छ सान बेग्लै हेरन यहाँ लाएको बर्दिमा।
कि खान्छु गोली कि ठोक्छु ताली यूद्धको भुमिमा ।।२।।

 

Continue reading


गजल

Chandrika, Diyal, चन्द्रिका बिरही बेदना,, पल्लव

चन्द्रिका बिरही बेदना

फर्केर घर कहिले आउछौँ ए परदेशी
कि त्यतै जिन्दगी बिताउछौँ ए परदेशी

कुर्दाकुर्दै यो मेरो जवानी ढल्केर गैसक्यो
भन अझै कति मलाई कुराउछौँ ए परदेशी

आफ्नो यो जन्मभुमि र देशलाई भुलेर
पर्देशमै कति पसिना बगाउछौँ ए परदेशी

 

Continue reading