प्रेम र उत्तरआधुनिक शैलीको अनुपम संयोजन अविश्रान्त

Chandrawati, Aryal, चन्द्रावती अर्याल, pallawa, पल्लव

चन्द्रावती अर्याल

समीक्षित कृति

अविश्रान्त (२०७५) अम्बिका अर्यालको पहिलो उपन्यास हो । यस उपन्यासमा शाश्वत प्रेमलाई मुख्य विषयवस्तु बनाइएको छ । विशेषगरी युवावस्थाको प्रेममा दिनानुदिन बढ्दै गएको भोग्य प्रवृत्तिलाई यसले मुख्य समस्याका रूपमा उठाएर त्यस्तो आत्मिक प्रेमलाई अजरामर बनाउने सन्देश प्रवाह गरेको छ यसले जो कोहीलाई कलात्मक र कौतुहलपूर्ण पाठमार्फत वासनात्मक नभएर भावनात्मक र निस्वार्थी प्रेमको पाठ सिकाउन सफल भएको छ । यसमा प्रेमरुपी सुन्दर फूललाई बुन्ने धागो सुन्दर मात्र नभएर सुगठित देखिन्छ । विशेषगरी उत्तरआधुनिक समयमा विकसित भएको साहित्य लेखनको नवीन प्रवृत्ति त्यो धागो बनेको छ ।

Continue reading