‘‘हे भानू’’ !!

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बाजे कृष्ण थिए, त्यसै घर जहाँ पैदा भएका थिए

भानू जन्म खुदै भयो र त यहाँ भाषा सुधारी दिए ।

ज्ञाता धेर थिए ति शास्त्र तिरका बोल्थे छरी शिष्टता

चूँदी पुत्र उनै भएर छरियो पौराणिकी सभ्यता ।।

 

बोली, भेष, भुषा सुधार गतिलो यै देशका खातिर

नेपाली पनमा रचेर कविता राम्रो गरे आखिर ।

राम्रो काम गरेर नै सहज भो भाका भरी गाउन

उन्कै सार विना थिएन सजिलो नेपाल घन्काउन ।।

 

Continue reading


गोर्खे साइँलोसहित पाँचजानालार्इ वाल्मीकि साहित्य सम्मान !!!

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

२०५, औं भानु जयन्तीका सन्दर्भ पारेर शहीद स्मृति क्याम्पस, रत्ननगर चितवनको सभाहलमा वाल्मीकि साहित्य सदनले स्रष्टा सम्मान, काव्यवाचन र सदनको मुखपत्र सम्प्रेषणको २१ औं अड्’को विमोचन कार्यक्रम धुमधामका साथ उल्लासमय वातावरणमा सम्पन्न गरेको छ । वाल्मीकि साहित्य सदनका अध्यक्ष श्री रामबाबु घिमिरेको सभाध्यक्षता तथा रत्ननगर नगर पालिकाका मियर श्री नारायणा वन ज्यूको प्रमुख अतिथि सञ्चालित उक्त कार्यक्रममा वाल्मीकि साहित्य सदनका संस्थापक अध्यक्ष वरिष्ठ गजल साधक एवम् महाकाव्यकार केशवराज आमोदीले स्वागत गर्नु भएको थियो ।

 

Continue reading


मोदी रिजाएँ भनी

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

राजा धेर भए यहाँ जनहरू बोक्दै छ पीडा तर !
नेपाली जनमा छ दुःख बहुतै बुझने यहाँ को छ र ?
मित्थ्या आशगरी म बस्छु जहिल्यै आशा कहाँ पुग्छ खै ?
आशा गर्नु विकार भो बुझ तिमी के काम बन्ला र खै ?

नेता स्वार्थ मुखी भए सबजना नेपाल कै लोकमा
जस्तै धेर हउन् उनै जनहरू साम्राज्यका भोगमा ।
नेताका तनमा पसेन कहिल्यै सद्भाव सन्तानको
नेपाली मनमा निरास बहुतै चिन्ता बढी देशको ।।

 

Continue reading


गोर्खे साइँलो का केही हाइकूहरूः

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आँसुको बर्षा
यमराज सम्मान
नेपाल देश ।

आउँछ बाढी
डुवाउछ रे कोशी
अचम्म छैन ।

भुकम्प आयो
नाकाबन्दी लगायो
हर्षको आँसु ।

 

Continue reading


आरध्य

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

खुलेर आउ काखमा मिलेर बस्न साथमा
हुँदैन छुट्न साँझमा न रातमा न प्रातमा ।
बिहानको सुवास मिष्ठ कल्कलाउ आँतमा
भिजाउँला मिठासले र सल्बलाउ मातमा ।।

हुँदैन भन्न के भनूँ सबै कुरा हुने भए …
थिए कुरा निरासका उडेर खै कता गए ।
नसोध प्रेम जालमा फसेर त्यो उमेर को
छ प्यास साथ बैंस यो लुटेर गो सुकेर गो ।।

 

Continue reading


सेवा बिनाको डिग्री

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

र्इर्ष्या लोभ खुबै गरी तनभरी के बस्नु मान्छे भनी ?
साह्रै मुर्ख सरी जलेर रहने विद्वान के को अनि ?
राम्रो सोँच भए सुधार जनमा हुन्थ्यो सबैको बरु
विद्या कै बदनाम गर्दछ भने के काम डिग्रीहरू ?

स्वार्थी भावभरी कुरा तरलता चिप्लो घसी क्यैअरु
आफैँ मात्र ठुलो भनेर जहिल्यै उद्घोष गर्नेहरू ।
जान्ने मानिस नै अबूझ जसरी तीतोभरी झन् अरु
मान्छेको बदनाम गर्दछ भने के काम डिग्रीहरू ?

 

Continue reading


पल्लवका अध्यक्ष सहित १० लार्इ साहित्य रत्न सम्मान ।

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष सहित १० जानालार्इ साहित्य रत्न सम्मान ।
भारतको मेरठ स्थित ‘ग्रीन केयर सोसाइटी’ द्वारा आयोजनायोजित साहित्यिक कुम्भ कार्यक्रमलार्इ आई आई एम् टीयूनिवर्सिटीको सकृय सहयोगमा अन्तराष्ट्रीय स्तरको ‘मेरठ लिटरेरी फेस्टिवल’- २०१७ (2017), आयोजना भएको थियो । उक्त कार्यक्रम २०७२ मङ्सिरको ८, ९ र १० गते तीनदिन सम्म निकै नै सौहार्द वातावरणमा अति सव्य र भव्यरूपमा चलेको थियो । देश – विदेशका स्रष्टाहरूका पुस्तक प्रदर्शनी सहितको उक्त कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेशको माननीय राज्यपाल श्री राम नाईक जी रहेका थिए ।

 

बाँकी समाचार तथा फोटहरू हेर्न तलको Continue reading  मा क्लिक गर्नुहोस

Continue reading


पृथ्वि र देश प्रति

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

हेर्दै राम्रा सकल सबमा राष्ट्र माया खिलेको
नेपाली हौँ तन–मन सबै भेष–भाषा मिलेको ।
लेकालीको रस पवनले गोउँ – बेशी रमायो
खोला–नाला सलल बगदा त्यो मधेशै रसायो ।।

मेची कोली सब जगतमा नाम राख्दै छ हाम्रो
पानी बत्ती जमिन रसको काम गर्दै छ राम्रो ।
तोडी, फोडी किन त टुकुरा पार्न आयौ अगडि ?
नेपालीको मन, मुटु अझै जान्न कैल्यै पछाडि ।।

 

Continue reading


मर्यादा . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

माताको पद-वन्दनादि नगरे छोरो कहाँ हुन्छ त्यो ?
बाबाको वदनाम भो यदि भने आजन्म नै रुन्छ त्यो ।
शिक्षाको अपहेलना गर्दछ भने जानेर के लेख्छ त्यो
आफ्नो मार्गतिरै लगाइ कठबार् विद्वान के हुन्छ त्यो ?
.
यात्रामा पदचापका गति भए रोकेर रोकिन्न त्यो
मान्छेमा पनि नम्रता बढिभए गन्तव्यमा पुग्छ त्यो ।
आफ्ना मान्यहरू सबैसँग खिले आफैँ बडो बन्छ त्यो
स्वार्थी आत्म भए उचाइ नपुगी जल्दै सदा रुन्छ त्यो ।।

 

Continue reading


आमा

स्व. हिमकुमारी लामिछाने

स्व. हिमकुमारी लामिछाने

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

 

 

 

 

 

माता दर्शन वन्दनादि नगरी अन्यन्त्र ती धाउनान्
त्यस्ता मानवले उमेर सकिँदा सेवा कहाँ पाउनान् ?
आमाको ममता चिनेन जसले पत्नी तिरै आश्रित
उस्को जीवनमा कुकर्म जहिल्यै मिल्दैन न्यायोचित ।।

उन्को दर्शनले सधै सुगमको बाटो लगार्इ दिने
अर्को छैन कतै मुहार गतिलो मान्छे बनार्इ दिने ।।
तिन्को नै अपमानले जगतमा मिल्दैन क्यै सद्गति
आफ्नाले पनि क्यै गरोइन कसै हेर्दैन क्वै एकरति ।।

 

Continue reading


बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

छ पुर्खाहरूले दिएका निशान
गिराएर छाड्यौ सबै स्वाभिमान ।

भएको छ नेपाल झनै दिक्क आज
पुरानो पनाको त देखिन्न ज्ञान ।

अझै छिर्न पर्ने छ होला सवारी
बिना अर्थ गिर्दै गर्‍यौ शान दान ।

 

Continue reading


आयो नूतन बर्ष

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आयो साल नयाँ प्रफुल्ल मनमा, उल्लास बोकी कन
पिर्ने छैन कतै कुनै विगतका बल्झेर दुःखी दिन ।
हाम्रो बर्ष नयाँ उमङ्ग उसले बोकेर ल्याई सँगै
बन्ला देश र हर्षयो मनभरी पोखेर माया अझै ।।

हाम्रो आस सधैँ खुसी बनिदिए हाँसेर बाँच्ने थियौ
बाँड्दैछौँ शुभकामना दिनदिनै सारा रमाई जिऔँ ।
आशा धेर गरौँ नयाँ समरमा सद्बुद्धिका साथमा
नेताले अब सोच्न पर्छ गतिलो रात्री, दिवा-प्रातमा ।।

 

Continue reading


नयाँ बर्ष २०७४,को हार्दिक शुभकामना !!!

 

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

17916363_10208932864499911_483062361_oतपाईं हामी सबैको घर आँगनमा सुख, शान्ति, समृद्धिको प्रकाश छर्दै प्रवेश गरेको नूतन बर्ष २०७४ को पावन अवसरमा तपार्इं र तपार्इंका सम्पूर्ण परिवारजनहरूमा सुख, समृद्धि, उत्तरोतर प्रगति, यसोवृद्धि, ऐश्वर्य प्राप्तीका साथै सु-स्वास्थ्यमयी दीर्घ जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना !!!
‘गोर्खे साइँलो’ (ऋषिप्रसाद लामिछाने)
अध्यक्ष तथा
समस्त पल्लव साहित्य प्रतिष्ठान परिवार चितवन ।
र समस्त लामिछाने परिवार चितवन ।

 

Continue reading


बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

दुखेको छ आत्मा निराशै हुनाले
भिजेको छ आँखा उ भित्रै रूनाले ।

नशामा बगेका सबै रक्त मेरा
सुकेको छ आफैँ दिलैमा छुनाले ।

कहाँ पोख्नु मैले लुकेको छ पीडा
खुबै दर्द भर्दै छ आजै मुनाले ।

 

Continue reading


पृथ्वि र देश प्रति . . . .

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

हेर्दै राम्रो सकल सबमा राष्ट्र माया खिलेको
नेपाली हौँ तन–मन सबै भेष–भाषा मिलेको ।
लेकालीका रस पवनले गाउँ – बेशी रमायो
खोला–नाला सलल बगदा त्यो मधेशै रसायो ।।

मेची काली सब जगतमा नाम राख्दै छ हाम्रो
पानी बत्ती जमिन रसको काम गर्दै छ राम्रो ।
तोडी, फोडी किन त टुकुरा पार्न आयौ अगाडि ?
नेपालीको मन, मुटु अझै जान्न कैल्यै पछाडि ।।

 

Continue reading


देश र नेता

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

आफ्नै देश बचाउने सपुत क्वै नेता भए मान्दछौँ
कोही छैन भने बिकार किन हो सङ्ग्राम यो गर्दर्छौ ?
नाङ्गेझार गरी लुछेर कपडा लाग्दै छ हुर्मत् लिन
खायो देश छिमेकले सब लुछी बोल्दैन कोही किन ?

घेरो बार लगाउ त्यो दशगजा कैल्यै नचेप्ने गरी
ब्वाँसोका सँगमा हुदैन गतिलो ढोगेर पाऊ परी ।
गर्ने हिम्मत नै हुँदैन मनमा नेता कहाँ बन्दछौ ?
तिम्रो शक्ति अझै रहेन तनमा वेकारमा भुक्दछौ ?

 

Continue reading


जीवन चक्र

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

यौटा याम थियो अगाडि पथमा बाघै बसेता पनि
बढ्थ्यो हिम्मत बाघ सँगमा आफैँ म लड्ने भनी ।
मेलामा गइयो अगाडि भइयो जोतेर क्यै छेकमा
कोदाली खनियो सिलोक भनियो आली बसी खेतमा ।।

कालो केश कतै लग्यो समयले बिर्सेर के भन्छ खै ?
दाह्री पेन्टिङ भो कपाल बहुतै भर्दै छ सेतो अझै ।
फुक्ली दाँतहरू झरे जमिनमा टोक्ने कुरा बन्द भै
कुप्रो ढाड भयो परन्तु किन यो लोभिन्छ आत्मा अझै ।।

 

Continue reading


बहरबद्ध गजल

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

बालुमा पानी भयो जिन्दगानी
रै’छ मायामा स्वार्थ प्रेमी जवानी ।

दैवको यो लाठो छ ठाडो भएको
आशमा ढुङ्गाले दुखायो नधानी ।

प्रेममा ब्यर्थैको वितृष्णा भरेको
बिग्रिएला भन्ने विचारै नठानी ।

 

Continue reading


‘कम्पन’

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

घरै टुट्लाजस्तै थरथर गरी कम्पन भयो
बसेको कोठा नै चरचर गरी चर्कन गयो ।
अँधेरो छायो यो मनमुटु पुरै थर्किँन गयो
अहो ! भन्दाभन्दै फरफर गरी फर्किँन गयो ।।

सबै नै भत्कायो घर-जमिन नै चूर्ण भइगो
भएको जेजे हो धनजन सबै नष्ट भइगो ।
न ता सोचेको थ्येँ गरिब जनको बास उठिगो
भरे खाने के हो – अब भन सखे आश सकियो ।।

 

Continue reading


पृथ्वी प्रति . . . . .

 

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

pns

नेपालीको हृदय-तलमा एकता आश गर्छ
पृथ्वी तिम्रै पलपल यहाँ सम्झना बास गर्छ ।
टुक्रा-टुक्रा बहुत बटुली राज्यको नाम राख्यौ
जोडयौ सारा पृथक टुकुरा ‘ताज’ नेपाल पायौँ ।।

नेपाली हौँ जनम भर नै भुल्न कैल्यै सकिन्न
जस्ले भुल्ला युग-युग भरी शान्ति काहीँ हुँदैन ।
पृथ्वी जस्ता सरल मनका छैन कोही विनाशी
हाम्रो हो यो शिखर चुचुरो धेर ठूलो चिनासी ।।

 

Continue reading