गोम बिक्रम को विकृतिमाथिका ५ मुक्तकिला प्रहारहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक-१
दु:खै परे नि जिन्दगीमा, हिम्मत थियो टेरिएन
तिम्रो आशमा कुर्दा-कुर्दै, कम्ति त बाटो हेरिएन
आदर्शवादी कुरा गर्छौ, अनेकथरी भ्रम छर्छौ
सामन्ती तिम्रा संस्कारहरु, कहिले पनि फेरिएन ।

 

Continue reading


गोम बिक्रमका पाँच मुक्तक

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक- १
सीधा- सादा जनतालाई, मुटुभित्रको काँडो भा’छ
पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा’छ
देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी
हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा’छ ।

मुक्तक-२
घरको सानो किचलोले, पनि बालिए टायरहरू
विरोध, बन्द, कर्फ्यु लागे, भए हवाई फायरहरू
वेथिति यति बढ्दै भए, खराब कुरा चढ्दै गए
सबको भण्डाफोर गर्न, खटिनु पर्यो सायरहरू ।

 

Continue reading


“दशैको खुशी”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

रनबहादुर दाईका धेरैजसो दशैं अभाव-समस्या र पिडाहरुसित बिते । निमेक नगरी खान नपुग्ने हुँदा सबै खाले दु:खहरु उठाएका छन् ।
यसपालीको दशैंमा अलि आशावादी छन् उनी । घरको लिपपोत, केटाकेटीलाई कपडा, अष्टमी पूजा, मासु-चिउरा लगायतका कुराको व्यबस्था मिलाइसके ।
गाउँलेसित सामाजिक रुपमा बाटो-घाटो, पिङ र सराएँ सबैको तयारी र सहभागितामा खटिए । केटाकेटीमा जस्तो रौनक नभए पनि मनमा कतै केही आश लाग्दो रहेछ ।

 

Continue reading


गोम बिक्रमका पाँच मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक -१,
खियाइ खान्छ दस नङ्ग्री, धर्तीमा दु:ख मानेको छैन
हेपून कतै वैरीहरू, कम्जोर रत्ति ठानेको छैन
स्वाभिमानले फुल्छ छाती, बन्दैन कहिले विश्वासघाती
अस्तित्व रक्षामा जुट्छ सधै, नेपाली झुक्न जानेको छैन ।
मुक्तक -२,
जस्ता लगाऊ नाराहरू, निम्छरा सास्ती पाइरहे
कागजी कुरा मिलेपछि, खानेले मिलाइ खाइरहे
दोषीलाई नि दण्ड हुन्न, निर्दोषीलाई न्याय हुन्न
नीतिका कुरा चिल्लै भए, बेथिति मात्र फस्टाइरहे ।

 

Continue reading


“थुनिएको दशैं”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

पल्लाघर दशैंलाई राखेको बडेमानको खसी ढालेका छन् । साने र मानेको घर लिपेर कस्तो बनाएका छन् । रमेशको बाबा विदेशबाट कत्रो झोला गुडाउँदै आए । गाउँका सबैको हरमा रंगीचंगी कपडा फेरिए । गाउँभरीका मान्छेहरू जम्मा भएर दिनका दिन तास खेल्छन् । सबै गाउँलेहरू कोटमा जम्मा भएर अष्टमीपूजामा जुट्छन् । गाउँ छेउको
चौरमा ठूल्ठूला बाँस गाडेर लिंगे पिङ राखेका छन् । गाउँका तरूनी-तन्देरीहरू दिनभर रमाइलो गरेको देखिन्छ ।

 

Continue reading


गोम बिक्रमका पाँच मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

रत्ति प्रवाह हुन्न आफ्नै, सुकोस् जीउमा रक्तहरू
मरी मेटेर लागि पर्छन्, अरुका निम्ति आशक्तहरू
सत्यता के हो बुझ्ने हैन,अस्तित्व आफ्नो खोज्ने हैन
चुप्चाप तलुवा चाट्दा हुन्छन्,अरुका अन्धभक्तहरू ।

आफू अगाडी जान पनि, चलाख छन् खुट्टा तान्नेहरू
थोरै उकासे चढीहाल्छन्, आफैमा महान् ठान्नेहरू
नपाउने पद पाए भने, निमुखा पछि लाए भने
नजाने जस्तो गर्नुपर्छ, गम्किन्छन् आफै जान्नेहरू ।

 

Continue reading


गोम बिक्रमकाकेही मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

पहिले भने नजिक हुन, अति सारो गर्थ्यौ हुरूक्कै
ससाना कुरा बढाएर, असाध्यै पार्थ्यौ फुरूक्कै
कुनले कुरा लगाइदियो, मनको सद्भाव भगाइदियो
दु:ख दिंदै सताइकन, पार्न थाल्यौ झन धुरूक्कै ।

नजिक हुने बाहनामा, साइनो जोर्न आइहाल्यौ
तिर्नै नसकूँला जस्ता, गुनको पैँचो लाइहाल्यौ
मन फेरिँदै गएपछि, आफू बलियो भएपछि
त्यति मिठो सम्बन्ध पनि, निहुँ खोजेर भत्काइहाल्यौ ।

 

Continue reading


गोम बिक्रमका केही मुक्तकहरू

Gom, Bikram, Palpa, गोम बिक्रम,pallawa, पल्लव

गोम बिक्रम

दुनियाँलाई ढाँटी ढाँटी, व्यर्थै आँखा छलाइ भयो
तिम्लाई सुर्ता नभएर, मेरै मुटु जलाइ भयो
आखिर टाढा हुनै रैछ, आँसुले मुख धुनै रैछ
तिमीले गर्यौ गल्तिहरू, सजायँ पो मलाई भयो ।

आफ्नो हैकम चलुन्जेली, थर्काइ थर्काइ भुक्छ मान्छे
कसैको आड नपाएसी, ठाउँ मिलाई लुक्छ मान्छे
भुक्ने लुक्ने जेसुकै होस, जहाँ जस्तो हर्कत् गरोस
जस्तै चलाख भए पनि, खास कुरामा चुक्छ मान्छे ।

 

Continue reading