गीता सेढार्इं कँडेलका दुइटुक्रा

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल),

यो मन आज तेसै तेसै रमाएको बेला
लड्न खोज्दा दह्रो हाङा समाय को बेला
ताली पिट्नेहरु ले ढोलक बजाउ आज
सक्छौ भने मेरै तालमा तिमी पनि नाँच ।

हृदयमा शितल मल्हम लगायको बेला
सन्तुष्टि लेआत्मा टन्नै अघायको बेला
अट्टाहास गर्नेहरु आज धित खोलेर हाँस
उघारेर हेर नेत्र त्यो चाँदनि कहाँ छ ??

Continue reading

आफू र संस्कार

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

संस्कार कस्तो ल्यायौ तिमीले जन्म थलो बाट ?
पानी मिठो मुल, मान्छेराम्रो कुलको हुन्छ नानी ।
दाश सम्झ्यौ भने स्यम दासी नै हौ लि है प्यारी
राजा सरि स्नेह दिनसके पो त बनौलि नि रानी ।।

तिमी बन मनको राजा, म बनुँला रानी
हाँस्दै खेल्दै बिताउँला, छोटो जिन्दगानी ।
उबाएर अञ्जुली मै पिउँला मिठो पानी
दुर्इपल साथ मैँ रमाउँला छोटो जिन्दगी ।।

Continue reading

यो कस्तो प्रेम ?

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

अतीत सम्झियर सकिदैन जिउन
झरेका इ आँसु सकिदैन पिउन
नदिको किनारा झै बाटै अलग हुँदा
पुन्य होइन पाप हुन्छ अब तिमिले छुँदा

देब रुपि चरण मा , फूल झरेको छ
उखेलेर फालेउ तिमिले ,अन्तै सरेको छ
पराइ साथ जाउ भनी, बिदा आफै दियौं
प्याच बोलेउ के त्यो बखत ,मदिरा मा थियौ?

Continue reading

गीता सेढार्इंका केही व्यङ्ग्य टुक्राहरूः

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल),

भाग्य आफ्नो आफ्नो हो, सङ्गी
रूप रोज्छ्न ,कोहि स्वच्छ मन
फेरि आफैले रोजेको बस्तु सङ्ग
घरीघरी, बेर्थै के को गुनासो ??

जे रोजेकी थियौ तेहि तिम्रो हो
तिम्रो कर्मनुसार नै पायकी छेउ
बेर्थ शंका ले जलन र आँसु
प्रेम र बिश्वास मा मृदुल हाँसो
मान्छे मान्छे नभै मेसिन पो भयछ
प्रेम गर्न समय अभाव, दिवस चाहिन्छ रे ।

Continue reading

समय

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

साथि पनि भन्छेउ
घाती पनि बन्छेउ।।
चोटको बदला चोटै मिल्छ
थाहा छैन र तिमिलाइ?
जिबितै मा आफ्नो लागि
किन खाडल खन्छेउ।
तिमी भित्र को घिन लाग्दो
श।तिर पन प्रष्ट देख्न सक्छु
अनि ती नै चरित्र को म त
कथा लेख्न सक्छु ।।

Continue reading

जन्मे पछि नमरिने रीत कहाँ हुन्छ ?

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

पूणिर्माको रात बिना औँशी कहाँ हुन्छ

घर बिना थकाई मेट्ने कौसी कहाँ हुन्छ ?

जिन्दगीमा सधैँभरी जीत कहाँ हुन्छ –
वैरभाव राख्नेहरू मित कहाँ हुन्छ ?

केही पाउन केही दिनु प्रीत कहाँ हुन्छ –
दुवोमाथी टलकँदैमा शीत कहाँ हुन्छ ?

Continue reading

गजल

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

अतीतका यादहरू बल्झाई दियौ किन ?
एक त्यान्द्रो सास मेरो अल्झाई दियौ किन ?

पल-पल मेरो मुटु भरी घाऊ लगाएर
प्यारो जिन्दगीमा आगो सल्काई दियौ किन ?

मुस्कुराउन खाज्दा पनि राक्न आयौ तिमी,
अञ्जान बन्दै रहरमा पल्काई दियौ किन ?

Continue reading

गजल

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

सुषुप्त ज्वालामुखी बनी सपनीमा आयौ,

हिजोका वाचाकसम फेरी याद दिलायौ ।

विपनीमा सयौँकोश दूरी बनाई बस्ने,
फेरि किन सुस्त-सुस्त निदरीमा छायौ –

युगान्तर अपरिचित रूप धारी मानिस,
दुइ-आत्माको मिलनमा फेरी किन धायौ –

Continue reading

गजल

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

सुन्दर यो आफ्नो जीवन व्यर्थै खेर फाल्नु हुन्न,
अझै सुन्दर छ यो सृष्टि त्यसै आगो बाल्नु हुन्न ।

अनमोल जीवनलाई मैले पनि साँच्न थाले,
थाँती राखेँ चोट सबै मुटु भित्रै गाल्नु हुन्न ।

प्रेमरूपी खेती रै’छ मानिसको बाँच्ने बाटो
प्रेमामृत भरिएको जीवन त्यसै ढाल्नु हुन्न ।

Continue reading

गजल

Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

सुन्दर यो अाफ्नो जीवन व्यर्थै खेर फाल्नु हुन्न,
अझै सुन्दर छ यो सृष्टि त्यसै अागो बाल्नु हुन्न ।

अनमोल जीवनलाई मैले पनि साँच्न थाले,
थाँती राखेँ चोट सबै मुटु भित्रै गाल्नु हुन्न ।

प्रेमरूपी खेती रै’छ मानिसको बाँच्ने बाटो
प्रेमामृत भरिएको जीवन त्यसै ढाल्नु हुन्न ।

Continue reading

गजल

Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

विपनीले लखेट्दा सपनीमै कराएछु,
स्वप्निल तिम्रो मायाभित्र फेरि हराएछु ।

भन्नेले त भन्लान् अझै पागल भएको छ,
तिमी छैनौ नजिक आज त्यसैले डराएछु ।

चुक्ता गर्न बाँकी छन् जिन्दगीका हिसाव नै,
गन्तव्यको जोड-घटाऊ परै छाडी आएछु ।

Continue reading

गजल

Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

चाँदनीमा तिम्रो रूप देखुँ-देखुँ लाग्यो,
तिम्रै यादमा यौटागीत लेखूँ-लेखूँ लाग्यो ।

फूल टिपी सिउरी दियौ तिमीले चुल्ठैभरि,
तिम्रो मनको मझेरीमा टेकूँ-टेकूँ लाग्यो ।

सधैँ हिँड्ने गोरेटोमा दिल ओछ्याई दियौ,
प्रेमिल न्यानो अँगालोले सेकूँ-सेकूँ लाग्यो ।