“क्रीडन स्थल”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

म जन्मेको माटो जल फल हवा स्वच्छ गतिलो,
म आमा बाबाको सफल शिशु हाँसेर रसिलो ।
घसी तेते ताते लुटुपुटु गरी शैशव-तलो,
थियो प्यारो मेरो दुख सुख दुवै क्रीडन-थलो ।।०१।।

जहाँ मीठो बोली सरल-पन भाषा नि सिखियो,
त्यहीं प्यारो विद्यालय क ख अ आ पढ्न हिँडियो ।
पखेरा पाखाले समथर गराले पनि कतै,
रिझाएको मेरो शिशुपन बित्यो हेर सजिलै ।।०२।।

 

Continue reading


“आऊ”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

ठूला राम्रा चपल नयनी सानले डाक्न थालिन्,
राता सेता अधर लहरै दन्त खोलेर हाँसिन् ।
पंछी डाँफे मजुर खुश भै पंख खोलेर नाँचे,
फक्री फुल्दै कुसुम-लतिका मस्किंदै झुम्न थाले ।।

पाखा बारी समतल गरा लेक बेसी तरार्इ,
खोला झर्ना नद वन सबै तालले मुस्कुराई ।
आऊ चांडै प्रिय सँग सँगै गाउँ बेसी गरौँला,
तिम्रो मेरो तन मन दुवै जोर प्रेमी बनौंला ।।

 

Continue reading


बहरबद्ध गजल

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

“मान्छे”
आफू असाध्य ठूलो, ठान्ने रहेछ मान्छे,
छैनन् सिपालु मै झैँ, मान्ने रहेछ मान्छे |

पायो पदीय जिम्मा, दायित्व बोध छैन,
कर्तव्य गर्न छोडी, तान्ने रहेछ मान्छे |

को को खटे ?कसोरी, यो प्राप्त भो भुलेरै,
नेतृत्वमा पुगेसी, हान्ने रहेछ मान्छे |

 

Continue reading


गणेश अत्रियका जोर कविता

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

“झरी”
रिसाएर कालो उठी मेघ आयो,
खसाएर पानी झरी गर्न लायो ।
यता हेर पानी उता हेर भेल,
लथालिंग पार्ने भयो आज खेल ।।०१।।

कतै झर्छ पैह्रो कतै डुब्छ बस्ती,
बिगार्यो बगायो दियो धेर सास्ती ।
नभै हुन्न पानी भए धेर हानी,
अचम्मै गरायो बनायो कहानी ।।०२।।

 

Continue reading


गणेश अत्रियका “छन्दात्मक मुक्तकहरू”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

झरेका छन् पग्ली कहर मनका ती नयनमा ;
अनिन्द्रा चिन्ताले सकसमय छन् ती शयनमा |
हरे ! राधे ! सम्झी समय सकियुन् भन्दछ मन ;
कहाँ हुन्थ्यो सोंचे सरह सजिला ती चयनमा ||
छन्दः शिखरिणी

मीठा सुन्दर सिर्जना सरसिला, रच्छन् सधै मित्रले,
हेर्दै पढ्दछु गम्छु लेख रचना, बोल्छन् अझै चित्रले ।
लेखौंला म भनेर कोशिस गरें, आएन लेख्ने कुरा,
बन्दै पाठक मात्र जीवन बिता, भन्दैछ है चित्तले ।।
छन्दः शार्दूलविक्रीडित

 

Continue reading


“मेरो देश”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

राम्रो छ देश मेरो, बस्दै यहीं रमाऊँ,
प्यारो छ देश मेरो, ज्योत्स्ना यहीं फिजाऊँ ।
अग्ला हिमाल सेता, श्रीपेंच झैँ चमक्क,
राम्रा उपत्यका छन्, फाँको बसी गमक्क ।।०१।।

झर्ना र ताल धेरै, खोला नदी बहन्छन्,
तीर्थालु भक्तलाई, चौतर्फ तीर्थ बन्छन् ।
थुम्का हरेक घाटी, बेसी तराइ सम्म,
मेची अपूर्व काली, सीमा बनाइ टम्म ।।०२।।

 

Continue reading


“हिँजो आज”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

सुक्खा भैकन भूमि बन्जर बन्यो, पानी पँधेरा सुके ।
गर्मीले सब झुल्सिये सकस भो, आगो छर्यो घामले ।।
निस्कन्छन् पसिना शरीर भर नै, बग्छन् झरी तर्तर ।
खप्नै मुस्किल घाम भो तन जल्यो, अत्याउँदा चर्चर ।।०१।।

धूलाले नभ ढाकिए हपहपी, गर्मी छ चारैतिर ।
पन्छी जीव सबै वनस्पतिहरू, वैली भए व्याकुल ।।
पानी शीतल मात्र खोज्छ सबले, हावा चलोस् सिर्सिर ।
वर्षोस् मेघ झरी गरेर सबमा, छर्कोस् छिटै शीतल ।।०२।।

 

Continue reading


‘‘माँडीका किसान”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

छाँगा झर्ना पँधेरा कलकल बहने हेर खोल्सा र खोल्सी ;
साना ठूला मिलेरै सलसल बहँदै बन्छ खोला नदी ती ।
चारै पाखा पखेरा हरित वन कतै गाँउ बारी बगैंचा ;
पाल्पा माँडी छ हाम्रो समतल रसिलो माझमा फाँट सच्चा ।।०१।।

पिप्ले फेंदी सराई अमर दमकडा अम्लिहान् पक्लुवा छन् ;
डाँडा पाखा र बेसी तल उपर सबै गाँउ बस्ती बसेछन् ।
बग्छन् खोला तिनाऊ बगर र खहरे ढाव सिस्ने चुहार ;
भासी खौर्वा सरम्जा अगणित कति छन् खेतका यी जुहार ।।०२।।

 

Continue reading


गणेश अत्रेय का छन्दात्मक “मुक्तकहरू”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

आँखीभौं ती परेली नयन सब मिली रूपको सान भर्छन् ;
राता राम्रा रसीला अधर युगलले मन्द मुस्कान छर्छन् ।
गोरा गोला छ चिल्ला नरम मखन झैं पुष्ट ती पुक्क गाला ;
पूर्णेको जून जस्तै झलमल मुखले प्रेम-आह्वान गर्छन् ।।
#छन्द: स्रग्धरा

ढाँट्ने ठग्ने फटाहा सहज सँग पुग्यो माथिको ओहदामा ;
ठोक्ने काट्ने र मार्ने जन पनि छ सँगै राष्ट्रको उच्चतामा ।
माग्ने लुट्ने र लुक्ने गजब सँग पुगे हेर भण्डार भित्रै ;
सोझा मान्छे सधैं नै किन छ कहरमा लौ अझै दासतामा ?
छन्द: स्रग्धरा,

 

Continue reading


“किन भो बताउ ?”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

सानो छँदा काख रमाइ राख्थे; फोहोर मैला पनि साफ पार्थे
माया गरी हर्दम काख काख; खेलाउँथे आपस-माझ साथ ।
ठूलो हुँदा यौवन सीप ज्ञान; बढ्दै गए मित्र अनेक सान
पेशा चल्यो आय भयो मजाको; ताजा थियो जोश र भावनाको ।।

साथी सँगी धेर थिए मजाका; गर्थे सबै पौरख साधनाका
नाता छिमेकी घरका सबैले; आँखा र नानी-सम चाह गर्थे ।
आएर बूढोपनले समायो; अङ्गाङ्ग साह्रै जब गल्न लायो
देख्दैन आँखा न त कर्ण सुन्छ; झुम्रो भयो देह न गर्न सक्छ ।।

 

Continue reading


*”जनम भूमि हो मदनपोखरा”*

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

सुखद सम्झना जनम-भूमिको ;
रहर बालको बिगत-कालको |
छनक नृत्यको गजब पाखुरा ;
सफल सौर्य हो मदनपोखरा ||०१||

सकल बाल भै भ्रमण गर्दथ्यौं ;
खुरुरु दौडदै चतुर बन्दथ्यौं |
सनक चढ्दथ्यो तरुण लौ हुँदा ;
हृदय रम्दथ्यो मदनपोखरा ||०२||

 

Continue reading


“नेपाल चाहिन्छ है”

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

हीरा स्वर्ण मुगा र रत्न गहना चाँदी म चाहन्न क्यै ;
दामी रेशमका लुगा मखमली शृङ्गार चाहिन्न क्यै |
मीठो वैभव सौख्य सम्पति मजा आनन्द चाहिन्न क्यै ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०१||

इच्छा छैन विदेशका रहरिला रोमाञ्चकारी -स्थल ;
डुल्ने चाह भएन विश्वभरका ती रञ्जनाका-स्थल |
छोडी देह अमर्त्यलोक अथवा वैकुण्ठ चाहन्न है ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०२||

 

Continue reading


गणेश आत्रेयका छन्दात्मक मुक्तकहरूः

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

छन्द: स्वागता
लाज घीन डर क्यै नभएका ;
स्थान मान भर क्यै नभएका ।
मात्र गर्व र अराजकता छ;
देश-प्रेम छ र ?क्यै नभएका ।।

छन्द: द्रुता
देश – प्रेमको नाटकी भयौ,
शान मानमा शासकी भयौ ।
जे भयो गयो बिग्रिंदै गयौ;
बन्छ के गरी? गाहकी भयौ ।।

 

Continue reading


गणेश अत्रेयका जोर कविता

Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

१) “छन्द”
भाषामै व्यभिचार छन्द लयमा, बेकारको लंगुर |
के लेख्छौ कवि भै वृथा विरसिला, शब्दार्थका डंगुर ||
भाषा शुद्ध सफा मिठा सरसिला, भावार्थका अंकुर |
छ्न्दालंकृतिले सुशोभित गरी, लेखौं सदा सुन्दर ||१||

ठूला काव्य रचेर बन्दछु भनी, साहित्यस्रस्टा कवि |
आशा साथ प्रयत्नका रहरले, जिल्याउदै छन् कति ||
कैल्यै पूर्ण बनेन हेर कविता, मीठा रसीला अति |
कस्ले पढ्छ र लेख्दछौ भन तिमी?, भन्दा भयो दुर्गति ||२||

 

Continue reading