काैशिला रिसालका केही मुक्तकहरूः

Kaushila, Rishal,कौशिला रिसाल, pallawa, पल्लव

कौशिला रिसाल

हिमालकी छोरी हु म, पहाड हो घर मेरो
हिउँजस्ती मनकी गोरी, नेपाली हो थर मेरो
मेरो भाषा सस्कृतिमा नेपालीको पन छ
थामेको छ काध, त्यही तराई हो भर मेरो ।।

छोड्न गाह्रो भयो, बस्यौ मनको मझेरीमा
पानी भर्ने निहुँ गरी आउन साझ पधेरीमा
तड्पिएर बस्न निकै गाह्रो पर्यो ज्यानलाई
लाउला माया सुटुक्कै कसले देख्छ अधेरीमा ।।

 

Continue reading


गजल

Kaushila, Rishal,कौशिला रिसाल, pallawa, पल्लव

कौशिला रिसाल

तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो
आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो

हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले
तिमी बिना पल पल निरास लाग्न थाल्यो ।

कति रहर डुबाएर कहरमा बाचेको थे
खुसी दियौ, जीवनमा आश लाग्न थाल्यो ।

 

Continue reading


छात्तीमा कविता’

Kaushila, Rishal, कौशिला रिसाल , pallawa, पल्लव

कौशिला रिसाल

म आमाको गर्भाशयमा
नौ महिना रोकिएको
रजस्वलाको मानव आकार हु ।

मेरो बाको एकथोपा
शक्तिशाली विर्यलाई
आफ्नो गर्भाशयमा
नौ महिना हुर्काएर
मलाई मानवाकारमा
जन्माउने मेरी आमा हुन्
म जन्मेपछी मात्र छोरो भएको हुँ ।

 

Continue reading


गजल

Kaushila, Rishal,कौशिला रिसाल, pallawa, पल्लव

कौशिला रिसाल

देशको माटो सुगन्धले भर्नुपर्छ मैले
सीमा रक्षा मेचीकाली तर्नुपर्छ मैले ।

सगरमाथा शिखरमा घामले लाली पोत्दा
नयाँ किरण छर्न तराई झर्नुपर्छ मैले ।

चन्द्र सूर्य अङ्कित रातो झण्डा बोकी
देशको खातिर उज्यालो छर्नुपर्छ मैले ।

 

Continue reading


कौशिला रिसाल पाँच मुक्तक

Kaushila, Rishal, कौशिला रिसाल , pallawa, पल्लव

कौशिला रिसाल

मायाले चुमेको थेँ ती हात हेर
साक्षी थिए अँध्यारा ती रात हेर
छोड्छौ मलाई केही भन्नु छैन
कस्तो होला – विछोडका ती घात हेर ।

तिम्रो माया मुटुभरि साँचेको छु प्रिया
हरपल त्रि्रो खुशीमा नाचेको छु प्रिया
क्षितिजवारि क्षितिजपारि जहाँ पुगोस् घाम
हरेक क्षण त्रि्रो यादमा बाँचेको छु प्रिया ।

 

Continue reading