गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मेरै पथमा काँड़ा छर्छन् प्रहरप्रहरका प्रहारहरू,
मूर्च्छित पारी वेदना भर्छन् प्रहरप्रहरका प्रहरहरू ।

दर्द लुटेरा आई मेरै सब सुखमय जीवन लुट्छन्-
पलपल पीडाहरू थोपर्छन् प्रहरप्रहरका प्रहारहरू ।

झरी अभाव-माघको वर्षी घरको गारो पनि पैर्यो-
दुर्नियति भै आँखा तर्छन् प्रहरप्रहरका प्रहारहरू ।

 

Continue reading


कवि केशवराज आमोदी र ढुण्डीराज अर्यालका काव्य संवाद:

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

ढुण्डीराज अर्याल
लाखौं स्वप्न सजाएर यात्रामा निस्किएँ जब
यही माटो सुँघी बास्ना फनक्क फर्किएँ तब ।
कुञ्जमा कविता बोल्छन् माधुरी मन्द मोहिनी
चरीका लयमा मस्ती आल्हाद खोज्छु मै पनि ।।
*
केशवराज आमोदी
वनको सपना साँची वनमा रम्न आतुर-
वनमै खुल्छझैं लाग्छ शिव सत्य र सुन्दर ।
हेरे खुल्छ स्वयं आफैं वनको स्वप्न सौरभ
हरियो वनमा नाच्दा अथाह हुन्छ गौरव ।।

 

Continue reading


सुन्दर नगर: रत्ननगर !!

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

विद्या-मन्दिर छन् दिनोत्तर अझै खुल्दै गरेका यहॉ !
छन् उद्योग-कला अनन्त गतिमा बढ्दै गरेका यहॉ ।
सिङ्गो राष्ट उचाल्न रत्न-नगरी लम्की रहेको छ है-
नौलो दृश्य-प्रभा फिंजाउन भनी निश्चिन्त हॉस्दै छ है ।।
१.
रोज्दै छन् जन स्वर्ण-क्रान्ति पथमा वाणिज्य उद्योगको
आयो मौसम फेरि उत्सवसितै सौहार्द सोल्लासको ।
मेरो हार्दिक – ग्राम स्वर्ण-नगरी खुल्दै छ सौन्दर्यमा
हेरी दङ्ग परी विहङ्गसित नै भुल्दै छ सिम्सारमा ।।
२.

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मैले छोए सुक्दछ सागर तिमीले छोए खुल्दछ मुल
मैले छोए बन्दछ काँडो , तिमीले छोए फुल्दछ फुल

तिम्रो कार्य बन्दछ पुण्य , मेरो बन्दछ पाप अधर्म
तिम्रो लिस्नो अमरापुरको, मेरो यमपुरी जाने पुल

तिमीले बोले शीतल वाणी , मेले बोले कर्कश धुन
तिम्रा कोमल भाव विचार मेरो चस्चसी घोच्ने शुल

 

Continue reading


केशवराज आमोदी का तीन गजलः

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
स्वर्गको बास हुन्छ भनेर राजनीति गरिदैन हजुर !
अलिकति सत्ताको रस नचाखी त मरिदैन हजुर !

भोट नसनाताले भन्दा वर्गीय नाताले ओइरिन्छन्-
खेती नै नउब्जने भए त्यसै त बिउ छरिदैन हजुर !

शिशिर र वसन्त आलोपालो आउँछन् र जान्छन्-
सुख र दु:खको भाँडो पनि त्यसै त भरिदैन हजुर !

 

Continue reading


आमोदी का जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
जति गर्नु होला बल जिन्दगीमा-
त्यति धेर मिल्ला फल जिन्दगीमा ।

प्रिय कार्य केही नगरेर पैले
किन बन्नु भो खै खल जिन्दगीमा ?

जति ठग्नु हुन्थ्यो धनमाल हेरी
उति खस्नु हुन्थ्यो तल जिन्दगीमा

 

Continue reading


केशवराज आमोदी का केही मुक्तकिय टुक्राहरू

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

मेरो देश भनेर गर्व गरिने आधार खोज्दै छु म,
इन्द्रेनीमय रंगदार छविको सौन्दर्य रोज्दै छु म ,
थाकेको छु नयाँ सुमार्गतिरको संकेत मिल्दा पनि –
नेताका किन कानबन्द अझ छन्? गैरेर सोच्दै छु म ।

मस्किंदै सुगन्धित माला लगाइदियौ सुर हराई सम्मोहित भइरहें-
यौवनमा मात कि मातमा यौवन थियो म निकै रोमाञ्चित भइरहें,
मान या नमान फूलमा , सुगन्धमा र सौन्दर्यमा तिमी नै त थियौ-
म सपनीमा रहें,बिपनीमा रहें जहाँ रहें तिमीमै आलिङ्गित भइरहें ।

 

Continue reading


म र आजको परिवेश

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

पराइ भो समाज झन् बिरानु देश भो घर-
सुखान्तका कथाहरू हुँदै गए निकै पर ,
म भित्रका व्यथाहरू अकाशिएर झ्याड्’गिए-
कसो गरूँ ?स्वबान्धवादि इष्ट-मित्र बाड्’गिए ।

जताततै घृणा, स्पृहा र राग, द्वेष छन् बडा-
अनेक लोभ – मोहका बनेलु वृक्ष छन् खड़ा,
कतै छ सेप छिप्छिपे, हिलो छ गज्गजी कतै-
कतै छ उच्च टाकुरो, अनेक भीर छन् कतै ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

रस पिऊँ कति तन्तन प्रीतिमा,
गहिरियो स्मृति झन्झन प्रीतिमा।

मृदु-मिलाप भएन यसै पनि-
भन गरूँ कति गन्गन प्रीतिमा ।

गजलका जलका दहमा डुबी-
गरिरहें जप मन्मन प्रीतिमा ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

दर्द पोखी धरधरी नरोऊ आमा एकान्तमा
साउनको बनी झरी नरोऊ आमा एकान्तमा

चेतनाको माया-दियो कहाँ नेर बाल्यौ भनी
एकोहोरो प्रश्न छरी नरोऊ आमा एकान्तमा ।

भेल-बाढी, आँधी-हुरी , जति चलिरहे पनि
बादलुको घुम्टो गरी नरोऊ आमा एकान्तमा ।

 

Continue reading


केशवराज आमोदीका तीन कविताः

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) चेतना
तिम्रो तागतले समस्त जग यो पारेर नै सोत्तर
वा आफैं परमाणु भै सकल यो ब्रह्माण्ड टुक्रा गर
चाहे अग्नि बनेर हर्हर बली यो सृष्टि स्वाहा गर
मेरा ती पथ रोक्न हिम्मत भने कैले नगर्ने गर ।
१.
फुट्लान् पत्थर ती असंख्य तटका चट्टान टुट्लान् कतै
होला ध्वस्त फुटेर विश्व-रचना ज्वालामुखी दन्किंदै
आँधी उग्र बगेर सोत्तर सबै गाँवै उड़ाए पनि
मेरो अन्तर हुन्न खल्बल यहाँ पहाड़ बज्रे पनि ।
२.

 

Continue reading


कविता-खेती

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

श्रमको खेती कविता नै भो, हाय ! उत्पादन शून्य भो !
ज्ञानको बाँझो हृदय छ जर्जर शब्द मात्रको डड्’गुर भो,

छन्द हराएँ, अर्थ गुमाएँ, पद-संगतिको मर्म चुँडाएँ-
ख़न-जोतको टन्टो बिसाएँ, कविता-खेती शुष्क बनाएँ ।

धान्नु छ मैले परिवार अझै आफैं धानिन गारो भो,
अर्थ चपाई पेट न भर्ने जिन्दगी धान्न पो सारो भो ।

 

Continue reading


गाईको दिव्य महिमा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

झुकेर अन्जली बाँधी स्रद्धा सम्मानले अति
गौ-माताको गरौं सेबा सल्काई दिव्य आरती
अर्पौं जीवन सेबामा मन, वचन, कर्मले
स्वर्गको द्वार खुल्नेछ आजको पुण्य कार्यले
१.
काम-धेनु यिनै हाम्री लोक-वैभवकी घटा-
वर्षा किसानकी मानौं आषाढ़ मासकी छटा,
अनन्त सुखकी आभा बहँदी नित्य निर्झरी –
ऋतु वसन्तकी शोभा सजीवा पुष्प मन्जरी ।

 

Continue reading


केशवराज आमोदी का तीन कविता

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) जहाँ राष्ट्रको प्राँणको स्पन्द हुन्न
जहाँ धर्मको कर्मको चाह हुन्न –
जहाँ बुद्धको ज्ञानको आह हुन्न ,
जहाँ प्रीतिको रीतिको राह हुन्न –
त्यहाँ राष्ट्रको प्राणको स्पन्द हुन्न ।१।

जहाँ श्वास फेर्नेहरु लास झैं छन्-
जहाँ राष्ट्र हाँक्नेहरू दास झैं छन् ,
जहाँ कर्म संस्कारको रीति हुन्न-
त्यहाँ राष्ट्रको पार्णको स्पन्द हुन्न ।२।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

पिई प्रीति-पानी
बसें बैंस धानी ।

चुही जून मोही-
भिजिन् रात रानी ।

भई व्योम रित्तो
हरायो बिहानी ।

हुँदा जीर्ण कन्था-
सिएँ जिन्दगानी ।

 

Continue reading


‘क़व्वाली’

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजलको भो गफ नलाऊ म तिम्रा बहर हेर्ने छु-
कति पिलाउन सक्दछ्यौ ? पिएर ज़हर हेर्ने छु ,
न लाऊँ धाक जोरले र तिम्रो सहर हेर्ने छु ।

मधुमास फर्किन देऊ या झमझम वर्षा बर्सिन देऊ-
आउन देऊ सुहागरात या मधुरसका मौसमहरु ,
कसरी फर्किदो रहेछ बैंस म सबै लहर हेर्ने छु ।

क़व्वाली गाउने छु अनुकूल मिलाई एक साँझ-
कहाँ के कति भए घात ? सबै ती क़हर हेर्ने छु,
छ मुस्लो प्रेमको भन्थ्यौ कति रहेछ नहर हेर्ने छु ।

 

Continue reading


मेरो चितवन

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

यौटा चित्र , विचित्र चित्रवनको मस्तिष्कमा घुम्दछ-
मायाका टकले भुलेर दिल यो यै भूमिमा रम्दछ ,
बास्ना छर्दछ मृत्तिका कुसुममा वासन्तिकी रंगझैं,
त्यै छायाँ-छविमा मिली प्रकृति नै बस्ने सदा दंग भै ।१

स्रष्टा सिर्जनमा जुटे,दिल लुटे,झन् काव्य-धारा छुटे-
स्वार्थी सोच टुटे ,कुशासन छुटे ,आलस्यता भो ठुटे ।
शिक्षा-सौरभ ली उठे,कुपथका गन्तव्य आफैं छुटे
मेरो राष्ट्र अवश्य लाग्दछ उँभो नेपालवासी जुटे ।२

 

Continue reading


केशवराज आमोदी का जोर गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजल– १,
बिर्सनु भो पिरती रसिलो अनि आदर साथ पिलाउनु भो ,
सम्झिनु भो तर झट्ट बढेर मिलाउन हात ढिलाउनु भो ।

निर्मल-निर्मल, निश्चल-निश्चल निर्झरतुल्य प्रवाहसँगै ,
सुन्दर-सुन्दर दृश्यभरी सपनासित आज बिलाउनु भो ।

जीवन दाउ लगाउन कम्मर कँस्नुभयो पलमै खुस भै ,
आगन छेउ थिए जति ती सब झारपात जिलाउनु भो ।

 

Continue reading


मृग-तृष्णा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

न हो सप्तैरंगी क्षितिजतलको इन्द्रधनु नै –
न वीणा हो मानौं शिशु-हृदयको दिव्य धुन नै,
न भित्री आकांक्षा मधुरतम आलोक छवि नै –
सितारा वा तारा चमचम छ मोती टलक नै ।
१.
कुनै जादू हो या विकल कविको काव्य बह त्यो-
न उर्लेको गंगा सदृश मनको भाव दह त्यो ,
न सन्ध्यामा लाग्ने रमझम नशा-भक्ति-रस त्यो-
न पग्लेको नौनीमय मृदुलता झैं सरस त्यो ।
२.

 

Continue reading


केशवराज अामोदी का जोर कविता

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) समाज र मान्छे
जता सम्झ्यो कालो कुटिल कटुताको बिगबिगी-
जता कुल्च्यो काँडा ,दलदल निकै छन् लिगलिगी,
जता हे-यो ईर्ष्या, छल कपट हाँस्छन् खितिखिति-
जता खोज्यो चोखो करुण-रस मिल्दैन नि रति ।
१.
न मान्छेमा मायामय सदयताको सुलहरी-
न मान्छेले गुँथ्ने मधुर करुणाको छ पगरी,
न मान्छेले च्याप्यो परहित हुने ज्ञान-गठरी-
धरित्रीमा टिक्लान् कति दिन हरे ! धन्य यसरी ?
.२.

 

Continue reading