कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शरण शीघ्र पर्दछु”
प्रभु त विश्व पालक !
म हुँ अबोध बालक!!
भजन गर्न जान्दिन !
मधुर बोल्न मान्दिन!!

प्रभु! तिमी झरीकन !
अलि छिटो गरीकन !!
बस न जिन्दगी भरि !
कस न बाहु बेसरी !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “धर्म आफ्नो नबिर्सूं”
आफ्नो सच्चा, परिचय दिऊँ, शिल्पले या कलाले ।
आँफैलाई, विजय म गरूँ, साधना-शृङ्खला ले ।।
मेरा पुर्खा, विकसित थिए, झन् म होऊँ विशेष !
मेरो ऊर्जा, कणकण बलोस्, त्यो नहोस् कत्ति शेष !!

चाहे आगो, किन म ननिलूँ, धर्म आफ्नो नबिर्सूं !
चाहे माटै, सँगसँग मिलूँ, कर्म आफ्नो नबिर्सूँ !!
साधी साधी, यम-नियमले, चित्त आकाश पारूँ !
मैले फेर्ने, मधु – पवनमा, वीर को सास हालूँ !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “अहं बाट मुक्ति”
तन्त्री हुन् भगवान् म तन्त्र उनको, गाले भने गल्दछु ।
यन्त्री हुन् भगवान् म यन्त्र उनको, चाले भने चल्दछु ।।
हुन् ती सिन्धु म बिन्दु मात्र उनको, मेरो अहं व्यर्थ छ ।
अंशी हुन् भगवान् म अंश उनको, ढाले भने ढल्दछु ।।

बाक्लो मेघ भयो भने रवि कतै, देखिन्न आकाश मा ।
देखिन्नन् भगवान् अहं यदि भए, जो छन् सधैं पास मा ।।
चम्कन्छन् रवि मेघ नै हटिदिए, त्यो नील आकाश मा ।
हाँस्छन् ती भगवान् अहं घटिदिए, यो चित्त – आवास मा ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “वीराङ्गना हो उठ !”
आँधी तीव्र बनेर जाग न सबै , नारीहरू देश का !
पापाचार विरुद्ध लाग न सबै , नारीहरू देश का !!
कैले सम्म बलात्कृता हुन पुगी , झन् हेपिइन्छ्यौ तिमी ?
कैले सम्म तिरस्कृता हुन् पुगी , झन् चेपिइन्छ्यौ तिमी ?

नारी छौ नर बाट पीडित सधैं , बृद्धा सँगै बालिका ।
यो अन्याय विरुद्ध बन्नुछ तिमी , दुर्गा कि वा कालिका ।।
जोजो राक्षस रूप का पुरुष छन् , ती पर्छ सिद्ध्याउन ।
फाँसीयुक्त विधान सिर्जित गरी , ती पर्छ रित्त्याउन ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का पाँच कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “घर बनाउनु छ”
भित्तो देख्दछु चर्कँदो छ घरको, भत्कन्छ भत्कन्छ झै ।
पीँढी हेर्दछु सर्कँदो छ घरको, लत्कन्छ लत्कन्छ झैँ ।।
छाना हेर्न पुगेँ भने गगनको , देखिन्छ तारागण ।
एस्तो हाल छ के गरूँ र कसरी, हाँसूँ तिमी नै भन ?

आँधी आउँछ बारबार घरका, खाँबा बला भाँच्दछ ।
उल्का छाउँछ व्यङ्ग्य गर्छ ननिको, लाखे बनी नाच्दछ ।।
यो शैली अविराम चल्छ घर मा, छाइन्न छानो यहाँ ।
पिस्सिन्छन् घर का सदस्य जति छन्, बन्छन् अचानो यहाँ ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शिवस्तुति”
शिव!अनादि! अनन्त!निरञ्जन!
मरण जन्म जरा-भय-भञ्जन!
कति असीमित व्यापक हौ शिव!
सगुण भैकन निर्गुण छौ शिव!

प्रमथनायक! भूतविनायक!
कुमति – दुर्गति का गतिदायक!!
मदन मारक हे!भव तारक!
हर अमङ्गल मङ्गलकारक!!

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन गजल

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) छन्दात्मक गजल
आशा अपेक्षा मन भित्र पालें।
मानौं सुनौलो गमला सँभालें।।

सन्तान बोलीकन आड दिन्थे।
विश्वस्त भै च्यादर जीर्ण फालें।।

अनर्थ हुन्थ्यो अनि चित्त फाट्थ्यो।
त्यो चित्त मैले कति चोटि टालें।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “हर कदम गन्तव्य ले युक्त होस्”
छायादार हराभरा तरु बनी, संसार मा फल्नुछ ।
भ्रष्टाचार समाप्ति मा अनल को,ज्वाला बनी जल्नुछ ।।
लाछी कायर हैन अर्जुन बनी, अन्याय मा लड्नुछ ।
आफ्नो देश विकास गर्न सुनमा, मोती नयाँ जड्नुछ ।।

सच्चा साहस – वीरता मनुज मा, जीवन्त हो भूषण ।
मान्छे को मन को नपुंसकपना, अत्यन्त हो दूषण ।।
जो डर्छन् अघि बढ्न ती जनहरू, मानौँ स्वयं लास हुन् ।
जो लड्छन् खुद जिन्दगी समर मा, ती व्यक्ति नै खास हुन् ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “हामी अँधेरै हुने ?”
झुप्रा छन् खर का, कहीँ पिर लिँदै, मान्छेहरू बस्दछन् ।
नौ तल्ले घर छन् कहीँ छिरलिँदै, मान्छेहरू बस्दछन् ।।
सारा सन्तति हुन् उनै विषमता, चर्को छ यो देश मा ।
लुट्ने डाकु निमित्त झन् सुगमता, अर्को छ यो देश मा ।।१

झर्छन् आँशु अभाव ले तरलिँदै , नारीहरू का कहीँ ।
हाँसो चल्छ सुरा सँगै बहकिँदै , नारीहरू का कहीँ ।।
सारङ्गी सरि पेट छन् कति यहाँ , आन्द्रा थुतेका सरि ।
झोलुङ्गे कति पेट छन् र शिर मा , फेटा गुतेका सरि ।।२

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “जुम्रा”
जुम्रा ले शिर माथि टोकिरहने, बानी परेको थियो ।
त्यो पीडा सहने र बोकिरहने, बानी परेको थियोे ।।
चुस्थे रक्त र लुक्दथे सब उहीँ, कालो घना केश मा ।
लाग्थ्यो औषधि गर्न हुन्न कहिल्यै, यो बुद्ध को देश मा ।।

वर्षौं वर्ष त्यहाँ यसै किसिम ले, जुम्राहरू पोषिए ।
रौं का फेद जरा-जरा र धमनी , सारा शिरा शोषिए ।।
हामी मात्र कन्याउँथ्यौँ र त्यसमै ,आनन्द मान्थ्यौं अति ।
ती टोक्थे अनि चिल्दथे र त्यसमै, आनन्द ठान्थ्यौँ अति ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “खुट्टा उचाली बढौँ”

माटो गन्धक ले तथा गरल ले,खप्नै नसक्ने भयो ।
बाटो फोहोर ले हिलो र मल ले,हिँड्नै नसक्ने भयो ।।
हाम्रो दूषित राजनीति छल को,उत्तुङ्ग चुच्चो बन्यो ।
पार्टी मा दल मा निकृष्ट खल को,व्यक्तित्त्व उच्चो बन्यो ।।

काया फेर्नुछ भन्दथ्यौ मुलुक को,क्या जोश भर्थ्यौ हिजो ।
मास्छौँ दु:ख दरिद्रता सब भनी,उद्घोष गर्थ्यौ हिजो ।।
त्यो बोली अब के भयो र जनता,झुक्याउँदै छौ अब ?
आमा का पिँडुला र ढाड शिर मा,मुक्याउँदै छौ अब ?

 

Continue reading


कृष्ण शरण उपाध्याय का पाँच कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “जन्माऊ अझ सूर्य शुक्र सरिका
(गोविन्द के सी प्रकरण)
जन्माऊ अब कोख बाट जननी ! त्यागी महामानव ।
जन्माऊ प्रिय देशभक्त गतिला, योगी महामानव ।।
एक्लै मात्र गुरु वृहस्पति हुँदा, सामर्थ्य थोरै भयो ।
जन्माऊ अझ सूर्य शुक्र सरि का, केही महामानव ।।

लाम्खुट्टे उपियाँ र डाँस अति छन्, छन् रक्तपायीहरू ।
किर्ना छन् र जुका अनेक थरि का,छन् आततायीहरू ।।
चुस्दैछन् अविराम रक्त – धमनी, त्यो पाउ मा हेर त !
नाच्दैछन् अझ बेस्सरी फनफनी, यो घाउ मा हेर त !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शोषणमुखी सरकार”
जग्गा मा सरकार को कर बढ्यो,सेक्दैछ ऊ ढाड नै ।
विद्युत् को पनि मूल्य दोब्बर बढ्यो,भाँच्दैछ ऊ हाड नै ।।
हाम्रो यो सरकार शोषणमुखी,हो हैन साँच्चै भन !
एस्तो लाग्दछ रक्त – रक्त जन को,प्यूँदैछ ऊ तन्तन !!

गाडी मोटर कार साइकल मा,ह्वात्तै बढायो कर ।
हाम्रो दुर्बल अर्थ को उदर मा,हान्दैछ ऊ खन्जर ।।
चुल्हो बल्न दिँदैन किन्तु मुटु यो,बाल्दैछ ऊ दन्दन ।
हाम्रो यो सरकार शोषणमुखी,हो हैन साँच्चै भन !!

 

Continue reading


बहरबद्ध गजल

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

जटिल जालमा, लाग्छ देश छ ।
कुटिल चालमा, लाग्छ देश छ ।।

मुटु जलाउँदै, छन् अझै यहाँ ।
खर-परालमा, लाग्छ देश छ ।।

अमृत आशमा, सिन्धु नै मथ्यौँ ।
गरल – छालमा, लाग्छ देश छ ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का आठ कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “निल्न चाहन्छु बाबा !”……
(विद्यार्थी का लागि)
धेरै हिँड्छन् सुगम पथ मा, जिन्दगी बाँचिदिन्छन् !
थोरै मात्रै विकट पथ को, अग्नि मा नाचिदिन्छन् !!
मैले हिँड्ने पथ विकट होस्, त्यो म चाहन्छु बाबा !
हिँड्दै गर्दा यम निकट होस्, त्यो म चाहन्छु बाबा !!

क्रीडा लाई जतन म गरूँ, तीव्र भूकम्प झेल्न !
पीडा लाई मन भरि भरूँ, दु:ख का साथ खेल्न !!
आँधीबेरी सँगसँग हिँडूँ, त्यो म चाहन्छु बाबा !
देशद्रोही रिपुसँग भिडूँ, त्यो म चाहन्छु बाबा !!

 

Continue reading


कृष्ण शरण उपाध्यायको आधा दर्जन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “उँभो उठ्न खोज्दा लडेको छ मान्छे”
मनुष्यत्व मा नै अहिंसा रहन्छ ।
अहिंसा मरेमा मनुष्यत्व मर्छ ।।
अहिंसा मनुष्यत्व मै फुल्छ फल्छ ।
भएदेखि हिंसा मनुष्यत्व ढल्छ ।।

जहाँ हुन्छ हिंसा त्यहाँ हुन्छ आँशु ।
विना जीवहत्या कहाँ मिल्छ मासु ?
कुनै मासु खाँदा कसै हुन्न शान्ति ।
कुनै आँशु खाँदा कतै हुन्न शान्ति ।।

 

Continue reading


बहरबद्ध गजल

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

चमत्कार नौलो छ के हेर्न बाँकी ?
छ नेपाल ले काँचुली फेर्न बाँकी !!

लुटेरा समाती पिटी हुन्छ के र ?
छ डाँकाहरू को गला सेर्न बाँकी !!

ठूला राज गर्छन्, दुराचार गर्दै !
छ दूर्भाग्य को, यो चिना बेर्न बाँकी !!

 

Continue reading


कृष्ण शरण उपाध्याय का चार कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “बर्खा”……
आशा जाग्यो, अवनितलको, आँत नै हर्हरायो !
पानी वर्ष्यो, हरित वन को, प्यास सारा हरायो ।।
गर्जी गर्जी गगन भरमा, कालिमा मेघ छायो !
बर्खा लाग्यो, कृषक जनको, पाखुरा फर्फरायो !!

हाँस्दै खेल्दै कति कृषकले, धान रोप्ने भनेर !
पानी हाली दबदब हिलो, पार्न थाले खनेर !!
खेताला ले मृदुल मधुरो, गीत गाए असारे !
रोपाहा ले हृदय भरि को, प्रीत लाएर आए !!

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) “ए मेघ ! देऊ जल”
गर्मी आज विचित्र को छ, अति नै, तातो छ धर्तीतल ।
तातो राप र ताप बाट पसिना, बग्दोछ झन् खल्खल ।।
ताता मोटर छन् र धूमिल हुने, बाटाहरू तप्त छन् ।
ताता होटल छन् र शीतल दिने, छाताहरू तप्त छन् ।।

घन् घन् घन्क न ! घन्क हे घनघटा ! ब्रह्माण्ड थर्काउँदै ।
दर् दर् दर्क न ! दर्क बादल ! कडा, आकाश चर्काउँदै ।।
छम् छम् नाच न ! पाउ मा रजत का कल्ली लगाईकन ।
झम् झम् बर्स न ! गाउँका शहरका, गल्ली जगाईकन ।।

 

Continue reading


कृष्ण शरण उपाध्याय का तीन कविताः

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

१) विश्वास
मँ विश्वास लाई अविश्वास गर्छु ।
अविश्वास लाई मँ विश्वास गर्छु ।।
तिमी मूर्ति मा देख्दछौ मात्र ढुङ्गा ।
छ द्यौता उहीँ नै मँ विश्वास गर्छु ।।

भए शुद्ध निष्ठा , शिला बन्छ द्यौता ।
जुनै काठ काँटी किला बन्छ द्यौता ।।
अश्रद्धा अनास्था अनिष्ठा भएमा ।
कहीं हुन्न द्यौता कहीं हुन्न द्यौता ।।

 

Continue reading