असारे गीत

Krishna, Prasad, Koirala, कृष्णप्रसाद कोइराला, pallawa, पल्लव

कृष्णप्रसाद कोइराला

बर्साद आयो भ्यौताले गायो मेघले जिस्क्यायो ।
सुगन्ध आयो उमङ्ग छायो किसान मुस्कायो ।।

असारै मासको दब्दबे हिलो अन्नको मुहान ।
यो माटो चोखो लगाउ टीको गाउँदै जयगगान।।

सृष्टिको मूल यो गीलो माटो जे रोप उम्रन्छ।
जे जस्तो रूप चाहन्छौ दिन मसार त्यै हुन्छ ।।

 

Continue reading


गजल

Krishna, Prasad, Koirala, कृष्णप्रसाद कोइराला, pallawa, पल्लव

कृष्णप्रसाद कोइराला

थियो चाहना भित्र दिलमा लुकेको
बनोस् देश यो भाग्यरेखा फुकेको ।

म देख्दैछु याहाँ अझै दाउ हेर्दै
झिकी राल स्वार्थान्धताले ढुकेको ।

विदेशीहरूको छ कर्जा गरुङ्गो
म हिंड्दै छु थामेर गर्दन झुकेको ।

 

Continue reading


सत्य नै डग्मगाउँछ

Krishna, Prasad, Koirala, कृष्णप्रसाद कोइराला, pallawa, पल्लव

कृष्णप्रसाद कोइराला

रोपेथें बीउ आशाको निराशा त्यसमा फल्यो।
गरें विश्वास बाचाको धोकाले चाल पो चल्यो।।
पिएँ अमृत भन्दै जो भयो साबित त्यो विष।
प्रीतिको हात फैलाएँ बदलामा मिल्यो रिस।।

पूर्णको खोजमा निस्कें शून्य पाएँ सबै दिशा।
प्रकाशको गरें आशा लम्बिएछ अझै निशा।।
फराक हेर्न चाहन्थें बढ्दै आए कुनाहरू।
नहोर्किंदै ढलेछन् ती कल्पनाका मुनाहरू।।

 

Continue reading


तृष्णा

Krishna, Prasad, Koirala, कृष्णप्रसाद कोइराला, pallawa, पल्लव

कृष्णप्रसाद कोइराला

फँसेको भ्यागुतो जस्तै मुखमा क्रूर सर्पको।
छौं हामी तर छोड्दैनौं तिर्सना भवभोगको।।
जान्दछौ सबले हाम्रो देह यो क्षणभङ्गुर।
लाग्छौं तथापि तृष्णाका पछिमात्रै निरन्तर ।।

राक्षसी रमणी तृष्णा सधैभरि कज्याउँछे।
राम्रो कम नरम्रो नै धेरै काम गराउँछे।।
तृष्णाले जिन्दगीलार्इ घुमाउँछ डुबाउँछ।
तृष्णा त्याग्नसके मात्रै जिन्दगी मग्मगाउँछ।।

 

Continue reading