कला भण्डारी का चार गजलः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

गजल– १,
हिमालको काखमा बसेको मेरो प्यारो गाउँ
स्वर्ग भन्दा अझै प्यारो सुन्दर हाम्रो ठाउँ

चारैतिर हरियाली छाङ्गा अनि छहरा छन
प्रख्यात हाम्रो खोटाङ्गको हलेसी हो नाउँ

आउ साथी घुम्नलाई घुमाउँला यि गाउँघर
देखिने छ सुन्दर दृश्य हेरे पछि दिल रमाउँ

 

Continue reading


गजल

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

हेर्नुस् अँगालोमा खुसी बेरेर रमाइलो हुनेछ
बसन्त ऋतु लाग्दैछ्- र हेरेर रमाइलो हुनेछ

प्रकृतीको धनी सुन्दर हाम्रो नेपालमा पनि
चारै तिर फूलै फूलले- घेरेर रमाइलो हुनेछ

हिमाल देश भन्ने नामले चिन्छन् नेपाललाई
पर्यटक आई दई सब्द केरेर रमाइलो हुनेछ

 

Continue reading


कला भण्डारी का केही मुक्तकहरूः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

भो भो मलाई चाहिदैन, तिम्रो सुनको चुरा
मेरो सामु आई तिमी, नगर भो ठुलो कुरा
गरिबीमा हुर्कियकी मलाई यस्तै ठिक छ
धनको घमण्ड गरि, चलाउँछौ मलाई छुरा

साँचो माया गर तिमी जहाँ पनि टिक्छ
बोल्नेको त ए हजुर पिठो पनि बिक्छ
घमण्डले भरिएर ठुलो कुरा गरि नभन
अनपढै भएर नी सुनेपछि जस्लेनि सिक्छ ।

 

Continue reading


कला भण्डारी का केही मुक्तकहरूः

 

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

संघर्ष हो जिन्दगी जिउन सिक्नु पर्छ !!
कैलेकाहीं मनको पीडा पिउन सिक्नु पर्छ!
दुई दिनको जिन्दगीमा रमाउदै बाँच्न–
फाटेको मन मिलाएर सिउन सिक्नु पर्छ !!

घरी घरी गुण सारी अन्त नजाउ चरी
नजिक तिर आउ बरु मेरै छेउमा सरी
नयनबाट टाढा नगई हेर्न मन लाग्छ
सयौंमा भित्र रुचाएको तिमी मेरै परी ।

 

Continue reading