भो, सम्झना यो किन . . . . . ??

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

भो, सम्झना यो किन– १,
नाता नैकटको छ सुन्न रसिलो-बानी उता मेलको
सारा देह मुसारदै खुशखुशी-क्या खेल यो खेलको ?
टीका टाँस्न हतार पाउ तलमा-ढोग्ने भएका मन
भित्री चाल अझै उता अरु उता-भो,सम्झना यो किन ??

गर्नैपर्छ भने खुला रहि गरे-कोट्याउने को छ र
नाना नाटकका हिडे भ्रमणमा-पत्याउने को छ र ?
निर्लिप्ती सब चाल ढाल तनको-पर्दा छ खुल्ने छिन
जम्मै ह्वाङ्ग हुनेछ साइत कडा-भो,सम्झना यो किन ??

 

Continue reading


‘सब हुन् एउटै सिनो लुछ्ने’ !!

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

चाहे माओ मुखले बोलून्
चाहे कार्ल्माक्स् लेनिनवाद !
चाहे हामी इतर हौँ भन्दै
कङ्ग्रेस फेरून् मुखको स्वाद !

चाहे हामी, हौँ भूत भन्दै
माहेन्द्रीका मारून् बात!
सब हुन् एउटै सिनो लुछ्ने
स्याल,सिँह, चितुवा,हाइना साथ!
कुर्सी न पाउञ्जेलका भिन्न
छेपाराका रङ्ग हजार !

 

Continue reading


इन्द्रेणी

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

न डाहा उफ्रने गर्छ-कसैको हेरी उन्नति
न”आहा”पाऊँको लिप्सा-आफैमा भव्य आकृति !
अजरामरको आँखो – आफैँ हेर्दछ टुल्टली
यसभित्रै पसी जम्मै-यो संसार सबै भुली !!

घरको न त धन्दा छ-न चासो परको कतै
पेटको न त फन्दा छ-न गन्धा आङको कतै !
न”खुम्चूँ कि?”कतै चिन्ता-न फैलूँ मोहमा कतै
वराट विश्व आफैँमा-दिव्यदेह जताततै !!

 

Continue reading