थाहा छैन कुन बिषयमा लेखौं कविता ?

Kamala, Khadka, कमला खड्का, pallawa, पल्लव

कमला खड्का

धेरै बिषय छन
कसैको ओठमा हांसो
गुलाफ झैं फुलेका छन
कसैको अनुहार पिडाले
गलेका छ्न
कहीं देश दुखेको छ
छातिमा असंख्य दुखहरु
चस्केका छन
कोही रमाइ रहेछन –

बेफिक्री संग
कालो धनमा त कोही
डुबी रहेछन ऋणको
डर लाग्दो पोखरीमा
थुप्रै छन बिषयबस्तुहरू
थाछैन म आज
कुन बिषयमा लेखुं कबिता ?

Kamala Khadka, कमला खड्का,

बत्तिसपुतली