ऋषिराम खनालका केही मक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

स्व.राजा वीरेन्द्रप्रति हार्दिक श्रद्धासुमन !!!
यौटादीप थियो हिमालय मुनी छर्दै उज्यालो खातिर
निभ्योसाफ निशान डोब सबयो छायो अध्यारोधिर
सार्है मन्द पबित्र बुद्ध भुमिमा रुन्छन् धरा यी धर
फेरीजन्म गराउ आउ भुमिमा खाँचो छ हे ईश्वर ।

कसैले मायाँमा खुब बहुत गर्छन् प्रणय यो
कसैले मायाँमा घृणित पनि गर्छन् अभयहो
नफाटी वा फाटी नजिक अथवा दूर जनको
चलेको यो मायाँ युग युग हिंडाल्ने समयहो।

 

Continue reading


तोटक माला

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

परदेश भए युवती र युवा
घरधान्न रहे कलिला र बडा।

अति चोटभयो तनको मनमा
रतदर्द भयो किन? जीवनमा।१।

गतिलो श्रमको अपमान यहाँ
गफछन् मसिनो उपकार कहाँ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तक

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

उ आएर पानीको धारा आउदैन हजुर
सोझा साझाको पारा आउदैन हजुर
कोशी गण्डकीको कुरा चल्नेछ बरु
माटो बचाउको नारा आउदैन हजुर ।

धन्सार तिम्रा सुनले सजाइयोस्
बाँच्दा बिपत्ता मनले रमाइयोस्
साँवा र नाफा घुसबाट पूर्णहोस्
हाँसेर यो जीवन धान्न पाइयोस् ।

 

Continue reading


ऋषिराम खनाल का केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

सोंच,
चाहन्न मान्छे भगवान ईश्वर
चाहन्न मान्छे जगदीश अम्बर
चाहन्छ मान्छे सपना नदेखन
चाहन्छ मान्छे सवनास देखन ।

नआऊ एताम गलेको बेलामा
आँधी र हूरी चलेको बेलामा
जाऊ समाउ उताको गलामा
बेहोसमा मै ढलेको बेलामा ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

चुरा बज्ने छन् छन् मधुर रसिलो धून बनको
झरेको त्यो झर् झर् अमर झरनाको तपनयो
बनैमा ती चिर् बिर् अह मयुर वा कोयलकहो
बने यो त्यो लत् पत् रहर अधुरो यो हुनगयो ।

वारीपारी कुसुम लहरा जग्मगाई उदाउ
लट्ठैपार्ने मगमगनयाँ बासना औं चढाउ
यी आँखाले झलमल सधै देखिने डोबलाउ
बैरीका ती फगत सपना दूर देख्ने गराउ ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरू

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

न कसैले रगत नाताको सम्बन्ध मिलाए
न कसैले सपनिमा ममताको याद दिलाए
खपीनसक्नु पीडासहेर बाँचेको एक्लो मत
न कसैले छट्पटीमा प्यासको पानी पिलाए ।

मैले पुग्नुथियो तथापि चुलिमा वा माथमा क्यै गरी
छेके स्वालहरु बथान हुलले जो मार्गको हत्पती
घुम्यो जीवन कोलझैं फनफनी बन्यो पिना पापरी
सोझो मानवको बनेन पथयो धिक्कार हो जीवनी ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

श्लोक,
पैलेका हनुमानले दनदनी लंकैजलाए तर
ऐलेका हनुमानले दिनदिनै रित्तोबनाए घर
कस्लेपुन्य गरे तथापि कसले हर्दैछ पापीमन
यात्रागर्न भयो बडाकठिनयो तानेर तिम्रा रथ ।

ऐलेको तिहार आएछ गएछ
सबैका निधार खाली भएछ
ब्यूझेंम सारा झिलिमिलि देखें
धत् ! यो त सपनापो रहेछ ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकीय टुक्राहरू:

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

रोकिन्न खेतमापानी आलीनभा बराबरी
बस्छ पानी लगाएपो ठूलाआली गरागरी
टाल्नुपर्छ कुनाकानी मुसाछिर्ने दुलापनि
तवमात्र मुरीमाना धानफल्छ रसाकसी ।

अनगिन्ती चोटहरु दबिएर रोटी भए
चुलिएका लक्षहरु एकाएक गोटीभए
चाहथियो योमनमा शिखरचढी रमाउन
अघिबड्दा लुटिएको जीवननै खोटीभए ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरू:

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

असलफूल टिप्नलाई पहरामा चड्नुपर्ला
फूलमौरी र भमराका अघिअघि बड्नुपर्ला
ख्यालगर फूलटिप्ने सौखिनका मालिकहरु
राम्रोछांन्दा भिरबाट चिप्लिएर लड्नुपर्ला ।

उकाली चढेकाहरुले थकाए
अगाडी नबड्नेहरुले सताए
कसैले उठाए कसैले बसाए
म अन्जानलाई बिपत्ता रुवाए ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

कविका मनमा कविता पनछ
अनिपो रसिला भरिला दमछ
कतिछन्द मिले कति भावरस
सरिता लयमा भन के कमछ ?

एका बादलछन् नयाँ किरणमा छाडेन यो ढाकिन
घेरा घाँचकुना धरातल भरी लाग्यो सबै बाफिन
माटो स्वच्छसफा र सुन्दरथियो पारे थलाको थला
छाँया शित्तल खोजि बिम्हलहुदै यो देशजाला कता ।

 

Continue reading


हिउँद:

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

फाट्यो दूरभयो रहेन कुहिरो ढाकेर यो डम्मको
लाग्यो घाम बिहानको चमकिलो यो सृष्टिमा सूर्यको
आयो फागुन सुस्तसुस्त गतिमा फर्केर यो ठाउँमा
फूल्छन् फूल हजार यी मखमली आहा यहाँ गाउँमा ।

तोरीफूल फुलेपहेंल छन् उड्छन् सधै माहुरी
साथै यी भमराहरू पनि यहाँ यी भेकमा नाचनी
जाडोयाम भरी प्रफुल्ल नहुदा काँडा जरा पातमा
राख्ला यो अबको नयाँ कुसुमले न्यानो दिदै काखमा ।

 

Continue reading


ॠषिराम खनालका केही मुक्तकीय टुक्राहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

बसन्तले हरियाली छाउनु पर्छ रनवन
डालिबसि गीत क्वैली गाउनुपर्छ रनवन
हिमाल पहाड तराईमा दुश्मनी छेकाउन
माकुरीले जालबुनी लाउनुपर्छ रनवन ।

मान्छेभै पसिना छरेर नहिडोस् टाढा अरु ठाउँमा
मान्छेले पसिना बगाउन सकोस् आफ्नै गराखेतमा
मान्छे चित्र विचित्र जो परभए हट्दै गए पालना
मान्छे आफु कुदेर दाउन सकोस् यो देश नेपालमा

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकीय टुक्राहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

ती रानीबनमा चराउनि थियौ गाई र बाख्राहरू
कैलेकाहि सबै हराउनि थियौ आफै र आफ्नाहरू
भाका गीतहरू अनेक थरिका गाएर सुन्दा तब
हुन्थ्योभेट सबैउसै बखतमा जान्थ्यौ हुलैलेघर ।।

हिमशिखर हरूमा घामलागेर आओस्
टलटल टलकीयोस् शीतभागेर जाओस्
नवनव बनियोस् यी सृष्टिमा चाँदनीहोस्
अलमल हटियोस् यो देशले मार्गपावोस् ।।

 

Continue reading


‘ॠषिराम’को कविता

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

उर्लदो वैशमा ढल्किदा ढल्किदा
टापुको घामझै टल्किदा टल्किदा
हेरिएनन् कुनै दृष्‍टिले मैसित
रित्तियो जिन्दगी व्यार्थमा छल्किदा ।

ज्ञानको ज्योतियो भेटिदै भेटिन
दागको यो कुनै भागनै देखिन
अंगको अंगमा साँघुरो घाटिमा
विरता धारले धन्नमै रेटिन ।

 

Continue reading


जन्मियोस् बिहान~

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

यात्रा लामो अनुपमथियो फक्रिदो फूलथूंगा
बग्दोझर्ना कलकलहुने बागको शैलगंगा
घुम्यो देख्यो पृय नजरले प्राप्तिको पुष्पवेली
ढल्की ढल्की लहरिइगयो झांगिदै यो सहेली ।

माटो यौटै रनबन भुमी टाकुरा कन्धरायो
डांडाकांडा पदतक सबै आंगनीको धराको
पुग्नै पर्ने त्रसित नबनी लक्ष्यको टाकुरामा
फाट्यो हट्यो खुबमकनता वैलियो आंकुरामा ।

 

Continue reading


ऋषिरामका केही टुक्राहरू

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

विहानी उजेली रवी फर्किएन
युगौ वित्नलाग्यो छवि फर्किएन
म मेरा कलाको बिरुवा उमार्न
निमोठी निखारी कवि फर्किएन ।

मेरीसानू भनि मुटुदिए फक्रिदोफूल यस्तो
बाँधी साथै यसयुगभरी काखमा राखु जस्तो
वैली झर्‍यो शितलहरले चिप्लियो काख मेरो
देखे राती गजव सपना झस्किए हेर कस्तो !

 

Continue reading


ऋषिरा खनालका केही छन्दीय टुक्रहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

छन्दः मन्दाक्रान्तामा
देख्दै राम्रो छ अतिपलयो भूमि नेपाल हाम्रो
बग्छीन् गंगा कलकल यहाँ भन्दछन् को नराम्रो ।
अग्ला अग्ला छ हिमचुचुरा फाँटमा घाम राम्रो
मान्छे मान्छे अलि फरकहुँदा देशभो क्यानराम्रो ।।

क्वैक्वै आए यससकलमा कुम्भकर्ण क्या ठाने
तीनै ब्वासा लुसुलुसु छिरी रामको बाण हाने ।
जस्तो जेहोस् जिवनसुखिले आफुनै पेटभर्न
जन्ता भोका सडकधकिली हुन् ति योदेश खाने ।।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

जुनको ज्योति जुनलाई दिनेभा,
स्वावलम्वन हुनलाई दिनेभा !
चाहिएन पृय प्रेमको यो भकारी
निखारी सुस्त उनलाई दिनेभा ।।

गिट्टी कुट्नेलाई पनि दशै आउनुपर्छ
मिठो मसिनो खाना खान पाउनुपर्छ ।
रिनधन गरेरै जसोतसो धनीमानीका सरह
यिनिहरुले पनि राम्रालुगा लाउनुपर्छ ।।

 

Continue reading


ऋषिराम खनालका कृही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

पाल्पा जल्पा विरानोभो मधेशमा झरेपछी
जायजेथा सवै बोकी म बसाई सरेपछी
जन्मे हुर्के यहीमाटो याद हुन्छ घरी घरी
यो नवल परासीमा बसोबास गरेपछी ।

क्वै मान्छेथे मनखुशि दिने नम्रथे भाव बोली
मन्का इच्छा सहज बनिने हिड्दथे मार्ग खोजी
मान्छेका मन् जवविथलियो भैदिए कान्त दोषी
ती मान्छे नै फरक मनली हिड्दछन् अाजभोली ।

 

Continue reading


ऋषिरामका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

बाबा गोरु चुट्नु हुँदा त्रिशुलीका किनारमा
आमा गिट्टी कुट्नु हुँदा त्रिशुलीका किनारमा ।
छैनन् आफ्ना यी गाउमा मर्दा लाश उठाउन
जुनदिन धर्ती छोड्नु हुँदा त्रिशुलीका किनारमा ।।

हर मौशममा मुस्कुराउदै फूल फूलाउदा
धानका वाला झुलेसरी लहलह झूलाउदा ।
शिरमाउनी नलगाउ पलांसका फूल टिपी
छुटिजाला छिट्टै वैश धेरै आँखा डूलाउदा ।।

 

Continue reading