उर्मिला पोखरेलका केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa,पल्लव

उर्मिला पोखरेल

तस्करी, भ्रस्टाचार, माफियाहरू सँग झुकेको छ सरकार !
जनताको खुसी र हितमा काम गर्न चुकेको छ सरकार !!
महङ्गि बेरोजगारी हटार्इ सुशासन कायम गर्छु भन्थ्यो,
आर्थिक विकास बिना कर बढ्दा मन दुखेको छ सरकार !!

धेरै पछि आज अति आत्मिय मित्र भेटिए!
तिर्सना र झल्को अलिबारका लागि मेटिए!!
कस्तो अचम्मको नाता हुन्छ मित्राताको;
साथीलाई भेटी पछी तनाबका गला रेटिए!!

 

Continue reading


उर्मिला पोखरेल का केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa,पल्लव

उर्मिला पोखरेल

कस्तो चोर दरिद्र छिमेकी पर्यो सिमना मिच्दैछ,
सँधियारी कै ईर्ष्या गरि बिस्तारै घाँटी थिच्दैछ।
सम्मपन्न छु भनी कुर्लन्थियो मनको भिखारी त्यो;
आफ्नै स्वाभिमान गिराएर चोरेर पो घिच्दैछ।।

भ्रष्टाचारी, सुन तस्करीहरूलाई फाँसी दे सरकार,
राम्रो काम गर्नेलाई पुरस्कार दिदै हाँसी दे सरकार !
असल खराब छुट्याउने गर नबस है स्ट्याच्यु झै
सु-सासन बनार्इ जनता सँग प्रीति गाँसी दे सरकार !!

 

Continue reading