उर्मिला कार्कीका केही मुक्तकहरूः

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

हेर्ने भन्दा बढी कुरा गर्छन् तिम्रा आँखाहरू
धेरै धेरै पिरतीका रङ् छर्छन् तिम्रा आँखाहरू
भोक, तिर्खा दुःख, दर्द, पीडाहरू मेटाएर
इच्छा पूरा नभएमा तर्छन् तिम्रा आँखाहरू।।

भन, तिमी कुन शहरमा हराउँदै छौ ?
कि कतै समुद्रको बगरमा हराउँदै छौ !
म पलपल तिम्रै यादमा तड्पिरहँदा,
तिमी चैं कसैको नजरमा हराउँदै छौ ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

मादलुले संगितलार्इ नै राम्रो बनाउँछ
नारीलार्इ गाजलले नै सुन्दर जनाउँछ ।

निराशिलो मनमुटु निकै पीडा भर्इ दिंदा
सम्झाउने साथीभए दिललार्इ मनाउँछ ।

जिन्दगीमा सफल पाइला चालीराख्न पर्छ
समयले साथ दिए जीवन दन–दनाउँछ ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

सबै भन्दा ठुलो हुन नखोज
हिरा मोती अघि सुन नखोज ।

समय एकै नास कहाँ हुन सक्छ
औंशीको रातमा जुन नखोज ।

दु:ख सु:ख जिन्दगीमा हुन्छ नै
बासुरीको धुनमा रुन नखोज ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

आयो दशैँ उत्साह र उमँगको साथ लिएर
सबको घर आँगनमा खुसिको बात लिएर ।

धनी गरिब सबै ले समान रुपले मनाउँ
कहिल्यै नआओस् दु:ख पिडाको घात लिएर ।

निधारमा रातोटीका शिरमा जमरा लाउँदै
खुसी भएर बा-आमाको आर्शिवद लिएर ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

तिम्रो गाउँ हेर्नलाइ धाएर आउँदैछु
तिम्रो नाउँमा गीत गाएर आउँदैछु ।

भौगोलिक दुरि धेरै टाडा भए पनि
त्यो बाचा कसम खाएर आउँदैछु ।

हिजो सम्म स्थान थिएन मायामा
आज तिम्रो माया पाएर आउँदैछु ।

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

गरीबी मनको पीडा कस्ले बुझ्छ बेथा
एक छाक्क केले टारुँ भन्छ घर्मा जेठा ।

काले गोरे भुन्टे अनि भुन्टि रुँदा पनि
खानु लाउनु के नै छर छैन कुनै जेथा ।

आँङ्मा छ फाट्या धरो भोकले खालीपेट
कति कति पिर मनमा अरुलाई के था ?

 

Continue reading


गजल

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

भावनात्मक नाता हाम्रो कहिले फुट्ने छैन
जस्तै हुरी वतास अायोस् तर छुट्ने छैन ।

आत्मीयताको न्यानोमाया सधैँ रहिरहोस
भौगोलिक टाढादुरी जे भएनी टुट्ने छैन ।

छातीभित्र तिम्रोखुसि लुकाएर राखेकी छु
हुन्छुसधैँ समीपमा अन्तकतै जुट्ने छैन ।

 

Continue reading


उर्मिला कार्कीका मुक्तक

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

कहिले याद कहिले तस्बिर हुन्छ जीवनमा
कहिले खुसि कहिले पिर हुन्छ जीवनमा
अनौठो नियम बनाएको छ विधाताले
जे हुने हो त्यस्तै तक्दिर हुन्छ जीवनमा ।।

मान्छे लाई धन सम्पत्ती नभए पनि
मागेको र चाहेको जत्ती नभए पनि
मायाको कमि त महसुस भैइरहन्छ
कुनछ कुराको अभाव कत्ती नभए पनि ।।

 

Continue reading