गजल

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

चौतारीमा पर्खी बस्छु, तिमी पनि आउने भए ।
छमछमी नाचिदिन्छु, तिमी गीत गाउने भए ।।

जिन्दगीका हरेक मोडमा, सहयात्री चाहिन्छ नै ।
छाँया बनी रौ’ला तिम्रो, साथ सधैं पाउने भए ।।

तन मन सबै सुम्पी दिन्छु, विश्वास लाग्छ भने ।
सयौं सयौं जुनी काट्ने, साँचो माया लाउने भए ।।

 

Continue reading


हेमराज ढुङ्गानाका मुक्तकहरूः

Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

पिपल सँगै रोपेको बर नहुँदा
रातकाट्ने आफ्नो यौटा घर नहुँदा ।
कति रुन्छन् होला दुखेर मनहरू ?
आल्नै मान्छेहरूको नै भर नहुँदा ।।

मनको क्षेत्रफल नाप्ने नापि हुनुपर्ने,
कि यो मनको उजुरि लेख्ने कापि हुनुपर्ने।
लथालिंग भई छरिएर किन हिँड्छ यो मन,
यो मनमा पनि लाउन मिल्ने चापि हुनुपर्ने ।।

 

Continue reading


१२ अक्षरीय गजल

Shishir, Dahal, Swopna, Dang, शिशीर दाहाल ‘स्वप्ना’, उबििबधब, kNnj

शिशीर दाहाल ‘स्वप्ना’

खुट्टामाथी त्यो खिल उस्तै छ आमा ।
मेरो पनि यो दिलउस्तै छ आमा ।।

हर साझ तिम्रो फोटो हेरे पनि ।
आखामा पिलपिल उस्तै छ आमा ।।

दश धारा दुध र स्नेहको भाडा ।
तिर्नु पर्ने बिल उस्तै छ आमा ।।

 

Continue reading