पीडा !

 

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

बुझिन मैले के भयो आज कलमले लेख्दैन
पीडाले आज छट पट भयो कसैले देख्दैन
यो मेरो मन उडेर गयो त्यो पारी पाखामा
भेटिन मैले परिको रूप रूखको डालिमा !!१!!

सूर्यलाई मैले हात जोडी भने तिमिले देख्यौकी
नदेख्ने ठाउँ थिएन उस्को मलाई नै ढाँट्योकी
अँध्यारो भयो त्यो पाखा बिच देख्दिन उनिलाई
चन्द्र लाई पनि बिन्ति नै गरें बचाउ उनिलाई !!२!!

 

Continue reading


यथार्थ !!

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

शिर शिर गरि चल्दछ हावा शरिरमा छोएर
अदृश्य रूपको महसुस गर्छु सितल पाएर
स्वासको गति चलाउँछ त्यसले आत्मामा बसेर
प्रणको स्वरूप लिएर बस्छन् जीवमा पसेर !!

आकाश माथी बसेर हेर्ने ती ईश्वर रूप हुन
सूर्य र चन्द्र दिन रात सधै हेरेर बस्दैछन
सक्दैनौ छल्न तिनको आँखा प्रकृति तिनै हुन
कु-कर्म सारा लेखेर राख्ने निर्णायक तिनै हुन !!

 

Continue reading


उत्तम कुमार पोखरेल का दुर्इ टुक्रा

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

१) पीडा
उर्लदै आयो तो मानव भेल हेर्दै छु देशमा !
न्यायको निम्ति एक जुट हुँदै चेलिको नाउँमा !!

सल्केर आयो आगो को मुस्लो पश्चिम नेपालमा !
मेचिले पनि समर्थन गर्दै पूर्वि यो नेपालमा !!

मृतक को आत्मा रोएको देख्छु यो हाम्रो शहरमा !
देशमा सबै बिरोध गर्छन निस्किएर सडकमा !!

 

Continue reading


उत्तम कुमार पोखरेल का केही मुक्तकहरूः

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

ताराको पुच्छर समाई किन वैतरनी तार्दैछन
हरियो रूख गिँडेर आज उजाड पार्दैछन
गाईको पुच्छर समाए बरू स्वर्गमा पुगिएला
औँलामा गन्ने संख्या लाई अब सुन्यमा झार्दैछन !!

जोगिले फेरि लगाउन थाले शहरमा बसेर
बिरोध गर्छन देशको किन बगरमा बसेर
मुर्खको कुरा सुन्छन किन यी सोझा जनताले
देखाउन मास किनेर ल्याउँछन नहरमा बसेर !!

 

Continue reading


उत्तम कुमार पोखरेल का केही मुक्तकीय टुक्राहरूः

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

गृष्म ऋतु अयो गर्मिलाई बोलायो !
नयन झलमलायो पसिनाले बगायो !!
तरर पसिनाको धारा कस्तो बगेको !
भरतपुर शहर भरी गर्मि कस्तो बढेको !!

बत्तिस दन्त देखाई तिमिले हाँसेको किनहो
मनको भाव झल्कने गरि जाँचेको किनहो
बुझिन मैले मुहारको हाँसो सोधुँ म कसरी
नढाटी भन त यौवन तिम्रो साँचेको किनहो !!

 

Continue reading