वृद्धा-वृद्धहरू र बाल सबको आशा भरोसा यिनी
दु:खी औ असहायनिम्ति यिनकै मिल्ने दिलासा पनि
आफन्ती र समाजखातिर सधैँ खट्छिन् यिनै कर्ममा
थाकेरै पनि शान्त छिन् न त यिनी चुक्छिन् कुनै धर्ममा !
बारी-खेत र दाउरा वन सधैँ पुग्नैछ खोला तरी
दुख्दो हो उनको शरीर घरको सम्पूर्ण धन्धा गरी
हुन्थ्यो मालिस देहको पति खटे मिल्थ्यो कि खाना मिठो ?
लाग्दो हो सहयोग पाउन सके तंग्रेर उठ्थें छिटो !