आमा अनि दशै

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

उज्यालो भैसक्यो वावु व्युझिनु पर्छ लौ अव
दशै आइ-सक्यो वावु तैयारी गर्दछन सब
छोरा हौ तिमी लौ आउ दशैको शूभकामना
शीर माथि गरि हात दिनेछु तिमीमा घना

आमा म कसरी आउँ कामको बोझले कडा
दशैको दिनमा छुट्टी मिलेन दिन भर खडा
भएरै काममा खट्दै, सम्झदै घर वर-वर
रुदैछु अहिले आमा आँटेको कहाँ पुग्छ र

 

Continue reading


म एउटा पात्रः

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

म एउटा पात्र
टोलाइरहन्छु
इतिहासको पानामा
नालापानीको कथा
एकिकरणको कथा ।
सुन्दा अचम्म लाग्छ
पश्चिम टिस्टा काँगडा
पु्र्वी टिस्टा नदि
त्यो विरता अदम्य शाहस
सायद……..
यहि थियो हामीलाई
पुर्खाले सुम्पेको बिरासत
संसार मै वीर बनेर शान –

 

Continue reading


अम्बिका अधिकारी का केही टुक्राहरूः !

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

भिजायो मेरा यी नयन झरेर वर्षाद झरीले
प्रेमको फूल उमारे भाचियो चलेको हुरीले
अंध्यारो वन्यो संसार अंध्यारीय यी मौसम
म रोई रहे उ खुशी भई छोडी गई निस्ठुरीले।

मेरो रमिता हेर्नेको जमात छ रे
तिम्रो माया, प्रेम उतै साथ छ रे
कसैले सोधे भने चिन्दिन म भन्नु
मेरो मरणको पल सुहागरात छ रे ।

 

Continue reading


अम्विका अधिकारीका केही मुक्तकहरूः

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

जीवन जीउन समयसँग भिख मागेको छु
दुश्मन अनि पराई सँग ईख मागेको छु
दौलत ले धनी हुन्न न त महल स्वार्ग हुन्छ
सत्य यही मनमिल्ने दिन तारिख मागेको छु

हेर्नुहोस् आजसम्म कसैको तगारो बनिन
दुखी हुदा पनि कहिल्यै अध्यारो बनिन
जे भएपनि मनको कुरा प्याच्च बोलीदिन्छु
सायद त्यसैले पनि हाला कसैको प्यारो बनिन

 

Continue reading