अम्बिका कार्की ‘अमु’का एकजोर गजल

Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १
सबैले देख्छन् नजिस्कन लाजलाग्छ हत्तेरिका
त्रास त्रासमा मनको भाव दुर भाग्छ हत्तेरिका

शु:ख दु:ख बाडौला`नि सन्ध्या पल पर्खेर
आफनै साझँ आफ्नै पल के-के जाग्छ हत्तेरिका

सुन चादिँ हिरा मोति केही चाहिदैन भन्दै
मनले पनि चोखो माया यतै माग्छ हत्तेरिका

 

Continue reading


अम्बिका ‘अमु’का केही मुक्तकहरूः

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

जीवन भरी आशा बोकी भेट्नेहरू देखिन्छन्
कतै बली भोग दिनलार्इ रेट्नेहरू देखिन्छन् ।
अनौठो रहेछ मानवीय जीवन खेलौना जस्तै
जाली माया ढाकछोपले सेक्नेहरू देखिन्छन् ।।

तिमीआउने बाटोहेरी बस्दाबस्दै थाकीसकें
रहरका थोपाहरू खस्दा खस्दै थाकीसकें ।
मरुभुमी रोजेर नै बन्धनको गाँठो खुल्यो
पिरतीको डोरिलाई कस्दाकस्दै थाकीसकें ।।

 

Continue reading


अम्बिका कार्की “अमु”को एकजोर गजल

Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
हातमा गीता लिएर प्रभु गायौ कसोरी ?
भागवत उपहार दिएर प्रभु गायौ कसोरी ?

भाषण त धर्मका नाममा धेरै सुनियो तर
राजनिती कै रस पिएर प्रभु गायौ कसोरी ?

डाँफे चरी गाई जनावार यो देशका गहना
गाईलाई झण्डामा सिएर प्रभु गायौ कसोरी ?

 

Continue reading


गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

त्यो गोधुली साँझले सुटुक्क हेरिदिदाँ
सर्माउँदै प्रहरले झन् कोल्टे फेरिदिदाँ ।

चन्द्रमाले ज्योती दिई हटाए झैं गगनमा
हटाउनु बादलको निलकण्ठले बेरिदिदाँ ।

नओईलाउन् वगानमा फक्रिएका फुल
उडि जाने भमराले रस चुस्न घेरिदिदाँ ।

 

Continue reading


अम्बिका कार्कीको एकजोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
क्या आधुनिक गीत गायौ म त गाउँले पाखे भएँ
मलार्इ छोडी माया लायौ म त गाउँले पाखे भएँ ।

लगाउँदिन मिनी स्कट टल्किदिन्छु सारीमा नै
तिघ्रा देखार्इ हिड्ने पायौ म त गाउँले पाखे भएँ ।

आफ्नै खेतमा उब्जिएको कोदो पिठो मनपर्छु
ढिँडो छोडी पिजा खायौ म त गाउँले पाखे भएँ ।

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

नयाँ बर्ष आयो सबै झल्मलायो
निरासा थियो त्यो मनैमा हरायो ।

थिए दर्द धेरै बिझेको मनैमा
यही सालदेख्दै खुसीले रमायो ।

हटार्इ निरासा गरी शुद्ध आत्मा
जलेको वदन् मा जवानी पलायो ।

 

Continue reading


अम्बिका कार्की “अमु”का एकजोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, kNnj

अम्बिका कार्की ‘अमु’

गजल– १,
सगैं पढ्थ्यौँ हामी प्रगती गरेको देख्नुहुन्छ
भाग्य फुट्या छोरी म अन्तै सरेको देख्नुहुन्छ ।

अर्काको घर टाल्दैछु मेरो आफ्नै हो कि भनेर
सन्तानले केही नगर्ने जाँगर मरेको देख्नुहुन्छ ।

कोही साथी अमेरिका कोहि चाईना रुस गए
बल्ल आफ्नो डाँडाको घर बेशी झरेको देख्नुहुन्छ ।

 

Continue reading


सुन्तलीको  परार्इ घर !!!

Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

सुन्तली जन्मिएको यो देश कृषि प्रधान नै हो । त्यसैले यहाँका धेरै मानिसहरू कृषिमा नै आत्मा निर्भर रहने भएकाले उ एउटा पनि कृषककै छोरी थिर्इ । अनि उ पनि सधैँ नै यहीँका वनपाखामा फुली रहन चहान्थी । प्रसस्तै लालीगुराँसहरू फक्राएर ढकमक्क फुलाउँदै आफू पनि तिनै लालीगुराँस फुले झै फक्रिएको जवानी सँगै उथल पुथल भएका चाहानाहरू फक्रिएर उकाली चढ्दै थियो । समयले जो कोहीमा पनि यस्तै चाह बढेका हुन्छन् र उसँग पनि नभएका होइनन् । उमेर सँगै छोरीलाई अर्काको जिम्मा लगाई आगँन पोल्न पाउँदा धर्म लुट्न पाइने भन्ने हाम्रो नेपाली समाजका प्रचलनले उनलार्इ पनि छोएरै छाड्यो ।

 

Continue reading


गजल

Ambika, Karki,, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

तिमी आउने दोबाटोमा बस्दा बस्दै थाकीसकें
रहरिलो जिन्दगीमा खस्दा खस्दै थाकीसकें ।

मरुभुमी रोजेर नै बन्धन धोल्लो भयो कि ?
फुक्न लाको डोरिलाई कस्दाकस्दै थाकीसकें

पालुवा भै पलाउन् ती डढेलोले खा`को तन
वृक्ष स्वरुप रोप्नलाइ धस्दा धस्दै थाकीसकें ।

 

Continue reading


गजल

Ambika, Karki, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

तिमी आउने दोबाटोमा बस्दा बस्दै थाकीसकें
रहरिलो जिन्दगीमा खस्दा खस्दै थाकीसकें ।

मरुभुमी रोजेर नै बन्धन धोल्लो भयो कि ?
फुक्न लाको डोरिलाई कस्दाकस्दै थाकीसकें

पालुवा भै पलाउन् ती डढेलोले खा`को तन
वृक्ष स्वरुप रोप्नलाइ धस्दा धस्दै थाकीसकें ।

 

Continue reading


गजल

Ambika, Karki,, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

थाहै पाइन उनको याद आउँछ भनेर।
तिर्खाएको प्यासी खोली धाउँछ भनेर।

दिलकै राजा बनाएर हृदयमा राखे झैं
अन्जानमा उसले स्थान पाउँछ भनेर।

चिच्याउँदै प्रहरले सुसेलेर सिट्ठी मार्छ ।
भावानाका गाथाहरूगाउँछ भनेर ।

 

Continue reading


गजल

Ambika, Karki,, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

धुर्मुस सुन्तलिको जय, भुकम्प पिडितको हासो भयो
नेतालार्इ भोट हाल भन्न त्यै कामको नै पासो भयो ।

दुईबर्ष बिती सक्दा राहत पाउन पनि कठिन भयो
जनताको मर्म नै बुझ्ने नेतापनि केको चासो भयो ।

आयो गाउँ हल्लाउँदै रोक्नै नसकिने प्राकृतिक त्यो
हजारौं कार्यकर्ता नै मोटाए राहतपनि नाशो भयो ।

 

Continue reading