आमा

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

ठुलो स्वप्न सजाउदै हृदयमा आमा तिमीले सधै
जन्मायौ अनि प्यार साथ खुसले हुर्की वढायौ अझै
शिक्षा ज्ञान र चेतना सव दियौ वात्सल्यतामा कुनै
दोष खोट नराखी हुर्कन पुग्यौ त्यो छत्र छायाँ मुनि

भोक प्यास अभावका दिन सवै तिम्ले वितायौ कति
दुख्ख दर्द विमारले पनि कठै रोकेन तिम्रो गति
आफु खाई नखाई हामी सवको देख्भाल गर्दै रह्यौ
केही सुख्ख नपाई जीवन भरीआमा तिमी नै गयौ

 

Continue reading


गजल

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

दैवले बनायो मलाई मनको काराबासी ।
बितार्इ रहेको छु दिन न बोली न हाँसी ।।

लाग्छ बाटो भुली भूमरी मा परेकी छु,
यौवन र त्यो तिम्रो चाहत बन्यो फाँसी ।

गोरेटो मा झाडी उम्रला फर्कँदा डुलेर,
धनको लोभ परार्इ मुलुक बन्यौ दासी।

 

Continue reading


गजल

 

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

मन त थियो तिमी जस्तै उडने आकास छुन म।
दैव किन अपाङ्ग बनायौ सकिन कसैको हुन म।।

शारीरिक कमजोरी मेरो दोष हैन न चाहना नै,
खै कस्तो भाग्य पाउदिन डाको छोडी रुन म।

मान्छे आफ्ना केही दिन सके हैछ हुने याह हेर,
म थला मा छु सक्दिन लाउन कसै लार्इ गुन म।

 

Continue reading