अन्जु सापकोटा “अनु”का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

सपना मा पनि तिम्रै याद हरु बर्सिदैछ ।
खोइ किन हो यो छाती त्यसै त्यसै चर्किदैछ ।
तिमी बाट आशा छैन भरोशा को के कुरा,
तर पनि यो मन ले तिमी लाई पर्खिदैछ ।

सजाएथे यै मुटु मा निकालेर फालिदिए ।
स्वार्थी रैछ तिम्रो माया भंगालो मा हालिदिए ।
चाहेर एक हात ले ताली बज्दो रहेनछ,
त्यसै ले लाचार भए आत्म लाई गालिदिए ।

 

Continue reading


अन्जु अनु का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

हिरा, जुहारत पाएपछी सुन बिर्सनेलाई के भन्नू ।
घामको उज्यालो पाएपछी जून बिर्सनेलाई के भन्नु।
अहिले बिर्सेपनि कुनैदिन याद खिलबनी सताउनेछ,
थोरै सम्पती कमाएपछी गुन बिर्सनेलाई के भन्नू।

सम्झना आउने अधर बनाउनु भयो।
किन झुक्याएर जहर पिलाउनु भयो।
अमृत हो भनी जहर पिलाउदा पनि ,
भएन त्यो दिल कोमल,पथर गराउनु भयो।

 

Continue reading