“जवाफ”

anamika, sajal, अनामिका सजल, pallawa, पल्लव

अनामिका सजल,

ओ साथी अलि नजिकबाट
नियालेर हेर त
मेरो निधार, यहाँ केही देख्छौ ?
मैले मेरो निधारमा लगाउने अविरको टीका
सोधेको होइन ,
न त सोधेको हुँ आँखी भुइँमाथिको तिल
कोठी
अनि
हेर न थेप्चो न लाम्चो फुली फुकालेको नाक
यो नाकले कुन जात जनाउँछ हँ ?
साना-साना आँखा नसप्रिएका परेला
यी हेर त बाटुलो अनुहार
यसले कुन भुगोलकोर्,धर्म र जातको नक्सा
कोरेको छ –

 

Continue reading


अनामिका सजलका केही मुक्तकहरूः

 

anamika, sajal, अनामिका सजल, pallawa, पल्लव

अनामिका सजल

शहर पस या गाउँमै बस मलाई के मतलब
जोगी बनेर खरानी घस मलाई के मतलब ।
जुन दिन देखि तिमी अर्कैको मान्छे भयौ
मन्दिर धाऊ कि भट्टिमा पस मलाई के मतलब ।।

म तिम्रो मुहार हैन चरित्र हेरिरहेको छु
निश्चल छ कि छैन मनभित्र हेरिरहेको छु
आउँछ आँखासम्म तस्बिर र बिलाएर जान्छ
यस्तो लाग्छ म कुनै चलचित्र हेरिरहेको छु ।।

 

Continue reading