कहरमा कवि

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

लेखी सुन्दर काव्य शान्त जनता सारा जगाए पनि
आफ्नो देश भनेर रक्त पसिना धारा बगाए पनि ।
सामन्ती घर ढाल्न एकजुट भै लेखी सघाए पनि
एक्लो भैकन मर्छ लेखक यहाँ कालै नआए पनि ।।

आफैँ खर्च गरेर पुस्तकहरू छाप्छन् यहाँ लेखक
ती जान्छन् उपहारमा कि धमिरा आहार बन्छन् न त ।
काटी छाक रचेर काव्य रचना भण्डार जो भर्दछन्
रोगी,जीर्ण,विदीर्ण भैकन छिटो ती व्यक्ति पो मर्दछन् ।।

 

Continue reading


गजल

Laxmi, Kadel, Chaulagain,, लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि, pallawa, पल्लव

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

मनका लहर बाड्ने साथी मानेका छौ
गल्तिहरूमा गाली गर्ने मीत भएका छौ

मायाको भाका शरिरसग मात्र होइन
टाढाबाटै खुशि हुने बाँचा गरेका छौ

स्वार्थ प्रेम सागर नहेर्ने कसम खादै
दुई मुटु मुटु एउटै पवित्रा छोडेका छौ

 

Continue reading


मालती फूलहरू

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

यात्रा हिँड्न
मञ्जुलहरू गीतहरू गाउँथे
पाइला पाइलामा
झन झनाउँने स्वरहरूमा
रामेश रायन झैँ उन्माद बढाउँदै
अमृत वाणी छर्किँदै
अश्लील गाउँहरूका
उनीहरू आँखा खोल्थे
मान्छे मान्छे जस्ता लाग्दैन
आजभोली
सूर्य अस्ताएपछि
वसन्तका–

 

Continue reading


पत्थर

Puspa, Joshi, पुस्पा जोशी ‘काली’ , pallawa, पल्लव

पुस्पा जोशी ‘काली’

हेर्दा पो उ मात्र
निर्जिब पत्थर जस्तो देखिन्छ
उसभित्रका जिबित सम्भवनाहरू
अस्तित्व नपाएर कति कैद भए होलान्
जब आकाशले मुशलधारे
पानी बर्साउछ
तब ती पत्थर भित्रका जिबित सम्भावनाहरू
ओत नपाएर कति भिजे होलान्
जब सुर्यले अफ्ना पारीला किरणहरू
पृथ्वीमा छर्छ
तब ती पत्थर भित्रका जिबित सम्भावनाहरू
छाहारी नपाएर कति बाफिए होलान्

 

Continue reading


मनोज अन्जान का केही मुक्तकहरू

Manoj, Anjan, मनोज अन्जान, pallawa, पल्लव

मनोज अन्जान

एक ताल भेट्दैमा मान्छे चिन्छु नभन ।
माया लाई पैसा लगायर किन्छु नभन ।
प्रेम भन्दै मा सबै थोक त्यानु उचित हैन
एउटा मुटु छ बाच्नु पर्छ दिन्छु नभन ।

सफलता हासिल गर्नु छ एक दिन मैले ।
अनि बिसाउन पाउनेछु एक छिन मैले ।
अरे आउछ काडाँ बनि गोरेटो हरूमा
पन्छाई काडाँ .पार गर्नु छ कठिन मैले ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी,

मौनतामा पनि कस्तो आँधी चल्न थाल्यो ।
चिसो चुल्हो भित्र पनि आगो बल्न थाल्यो ।।
नहुने ती सारा कुरा हुन्छन् अन्धकारमा ।
त्यसैले त बिश्वासमा शंका फल्न थाल्यो ।।

औकात छ आफ्नो पनि हेर्न थालौँ ।
कुरा काट्ने बानीलाई फेर्न थालौँ ।।
अरुलाई खसाल्दै स्वयं हाँस्न भन्दा ।
हो केहि उ पनि भनी बेर्न थालौँ ।।

 

Continue reading


सहयोग गर्नु हेरी कोरो कुनु

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

नांफा धन कमाई पाए, सब आँफ्ना हुने
आपद, शंकट, बिष्मात पर्दा हुदैन कोहि रुने ।
कमाई, अनि शक्ति हुंदा, सबै लाईन बस्छन
सहयोग गर्न प-यो भनें सबै गुन्टा कस्छन ।।

हिक्मत अनि पौरख छंदा, सबै मेरा थिए
बुढेशकालमा सहयोग माग्दा, ऐले घेरा दिए ।
बाउआमालाई सहयोग गर्न, मुखामुख गरि
बुढाबुढी बाउआमालाई, बँचाई देउ न हरि ।।

 

Continue reading


गजल

Radha, Sankalpa, राधा संकल्प, pallawa, पल्लव

राधा संकल्प

तिम्रो नयनमा पर्दिन कहिल्यै पनि आउदिन अब
देको माया फिर्ता लिन्छु फेरि माया लाउदिन अब

किनकी स्वीकार्ने छैनन् हाम्रो सम्बन्ध यो समाजमा
त्यसैले जाँदैछु यी नजर तिम्रो सामु झुकाउदिन अब

तिमीलाइ छोडेर जाने मन कहाँ थियो र मेरो पनि
समाजको कारण याद दिलाइ दु;खी गराउदिन अब

 

Continue reading


“जिन्दगी”

Bharat, Neupaney, Myanma, भरत न्यौपाने, pallawa, पल्लव

भरत न्यौपाने

पानिको खोला जसरी बगेको छ
जिन्दगीको यात्रा तेसै चलेखो छ
मेटाइ पाइला कवै नफर्कने गरि
दिलाइ सम्झना कवै नसकिने गरि।

रहेन छ कसैको पनि ठेगान यहाँ
विचित्र रहेछ भाग्यको लेखान यहाँ
नियतिको खेल नि रहेछ अपार यहाँ
कदम पिछै रहेछ तलवारको धार यहाँ।

 

Continue reading


गजल

Arjun, Kumar, Satyal, अर्जुन कुमार सत्याल, pallawa, पल्लव

अर्जुन कुमार सत्याल

चोली अनि पटुकीमा,लगाएर सारी आउनु
आँचल त्यो काँधको,अलिकती झारी आउनु

पुर्ण बिश्वास गर्न सक्छेउ,जीवनभर तिमी मेरो
कुना कुनामा लुकेका,डरलाइ मारी आउनु

गाँईगुई हल्ला चल्छ,गाँउलेले देख्न सक्लान्
साँझपख त्यो खोला,बगरको पारी आउनु

 

Continue reading


सृष्टि र रहस्य

Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निरौला

थाल्छन् बुद्ध रहस्य भन्न जन यी पूजा शुरू गर्दछन्
ज्यूँदो ख्रिष्ट सुली चढाउँछ जगत् ‘हे ईश’ ती बुझ्दछन्
भन्थे लाग्छ कवीरले सब कुरा सुन्ने थियोे को त्यहाँ !
‘पैल्हे गुम्छ बुझिन्छ मूल्य पछि’ के उल्टो छ गंगा यहाँ ?

गुम्बा मन्दिरका उचाइ सजिलै भन्छन् पुजारीहरू
कस्ता के कति मूर्ति छन् सहरमा! जान्ने सयौं छन् अरू
छन् कण्ठस्थ कुरान वेद कतिमा!गर्छन् मिठा भाषण
बुझ्ने छैन कुनै रहस्य जगको यो सृष्टिको कारण !!

 

Continue reading


गजल

Ramesh, Sanyog, Shrestha, रमेश संयोग श्रेष्ठ, pallawa, पल्लव

रमेश संयोग श्रेष्ठ

सिधा कुरा बङ्ग्याउने समाजमा छन् मान्छेहरू ।
सत्यकुरालाई लुकाउने समाजमा छन् मान्छेहरू ।।

धनाड्यकै राज चल्छ हरेक काम काजमा भन्दै ।
पैसाकै पावर देखाउने समाजमा छन् मान्छेहरू ।।

गल्ती गरिरहनु पर्दैन कहिले गरिव अशक्तहरूले ।
बिनागल्ति दोष लाउने समाजमा छन् मान्छेहरू ।।

 

Continue reading


शर्मिला श्रेष्ठ का केही मुक्तकहरूः

Sharmila. Shrestha. शर्मिला श्रेष्ठ, pallawa, पल्लव

शर्मिला श्रेष्ठ

किन मन छुन्छ कसैको दुःखमा पनि
किन मन रुन्छ कसैको दुःखमा पनि
मुटु छुने यन्त्र किन दियौ भगवान भन
किन मन सुन्छ कसैको दुःखमा पनी ।

काला पत्थरको कठोर पहरा झैं हुन पाए हुन्थ्यो
पहराकै बेग बाट झर्ने छहरा झैं हुन पाए हुन्थ्यो
तिमी सित एक क्षण छुट्टिन मन नै हुदैन मलाई
तिम्लाई रूख बनाई म लहरा झैं हुन पाए हुन्थ्यो ।

 

Continue reading


मनोजकुमार भट्टरार्इका जोर गजल

Manoj, K. , Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

गजल– २,
हजार रोपेर लाखौलाख फलाउन मिल्ने भए
हिरा नि चाँदिकै भाउमा चलाउन मिल्ने भए

लगाउने थिए होला ढुङ्गाकै हार मानीसहरूले
सुन जसतै ढुङ्गालाइ पनि गलाउन मिल्ने भए

छुवाछुत र जातभात सबै अन्त्य हुन्थ्यो होला
धनी गरिब बिचको पर्खाल जलाउन मिल्ने भए

 

Continue reading


गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

हातमै दियौ त्यो के अस्त्र थियो ?
हेर्दा गजुरको जस्तो छत्र थियो ।

जिज्ञाषाले खोजी गर्दै गए म
भित्र पितम्वरको बस्त्र थियो ।

अझै कौतुहलता छायो मलाई
के उपहार पाएको यो शत्र थियो ?

 

Continue reading


रामकुमार श्रेष्ठ ‘फुच्चे’ का तीन गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

गजल– १,
कुनैसमय थियो भाईभाई आफु आफैमा डराऊथे।
स्कुल पढ्न भनी हिडेको नाबालक बच्चा हराऊथे।।

काख रित्याईयो सिन्दुर मेटाईयो सिऊदोको,
पार्टीको आदेश हो भन्दै सात जंघार तराऊथे।

ऐय्याआत्था भन्दैतड्पी अन्धाधुन्दागोली चल्दा
कोही भने हान हान नछोड भन्दै कराऊथे।

 

Continue reading


‘खोज्दा खोज्दै रामे आज, गोरखपुरमा पाईयो रे’

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

खोज्दछु साहारा मैले, पाउँन सकिन कतै
जहाँ चोट लागेकोछ, घोच्दछ काँडाले त्यतै।
छैन फुर्सद चौबीस घन्टै, कमाउँने धन्दामा अती
आज ल्यायो भोलि छैन, टाल्ने प्वाल कति-कति।।

उता छोरो जुत्ता भन्छ, छोरी कुर्था सुरुवाल रे
सुन्को सिख्री लगाउँने, पालो आमाको हो गरे।
मलाई केही रहर छैन, कर्तब्य पूरा गर्नु छ
उकालो चढेर जान्छु, ओरालो फेरि झर्नु छ।।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

अनिलो कुरा खादा पनि नुनको कुरा
हेर्नुस् बैगुनी लाई फेरि पनि गुनको कुरा
हिजो सम्म तिमी नै भन्थेउ धुन भएन
फेरि पनि किन गर्दै छेउ धुनको कुरा ।

दिनअनि रात मा छेउआमा
मन्को हरेक बातमा छेउआमा
नसम्झनु म टाढा भयभनी
अन्तर हृदयको सथमा छेउआमा ।

 

Continue reading


‘पहिचान’

Januka, Osti, Dhakal, जानूका अोस्ती ढकाल, pallawa, पल्लव

जानूका अोस्ती ढकाल

तिमी हरबखत
पहिचान मागिरहन्छौ
म नामै नहुनेले
के पहिचान दिउँ खै तिमीलाई ?
ओरालो लागेको मृग बाच्छोको
खेदाई भने जस्तो
तिम्रा कुटिल व्यबस्थित बिचारलाई
मेरो पहिचानको मतलब पनि त थिएन
पहिचान त म उसलाई दिन चाहन्थेँ
जसले मँसग मागेकै हुँदैनथ्यो
त्यो मेरो मनमा आएको
कठिबद्धता थियो ।

 

Continue reading


गजल

Shree, Bhakta, Paudel, Aafanta, श्रीभक्त पौडेल "आफ़न्त", pallawa, पल्लव

श्रीभक्त पौडेल “आफ़न्त”

आफ्नै मलामी,, गनेर मर्ने रहर छ
मर्दैछु आफन्ती, भनेर मर्ने रहर छ ….

अस्तित्व मेटिने, चिन्ता टट्कारै
बर पिपल झैं,, सरेर मर्ने रहर छ ….

उचाइँले पोल्छ, गहिराईको डर
त्यो उचाईंबाट, झरेर मर्ने रहर छ ….

 

Continue reading