उमेर ढल्केपछि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

(अनुभव र विचार)
जीवन सङ्घर्षशील रहे पनि स्वस्थ थियो । पचास वर्षगुज्रिँदासम्म शरीरभित्र रोगको कुनै बतास चलेको थिएन । जब एकाउन्नमा प्रवेश गरें तब रोगले एक्कासी आक्रमण गर्‍यो । साठीसम्म पुग्दा त एकसाथ दुइ-तीन रोगले धावा बोले । संस्कृतको सूक्ति ँशरीरम् व्याधिमन्दिरम्’ भनेझैं आफ्नै शरीर रोगको वासस्थान हुन पुग्यो । म वृद्धावस्थाका यी जटिल समस्याबारे सोच्न र समाधानको खोजी गर्न बाध्य भएँ । मानिस कालक्रमअनुसार बूढा हुँदै जान्छन् र ती बुढ्यौलीका दुःखर्-दर्द अनुभव गर्न थाल्छन् ।

 

Continue reading


सिक्किममा राम्ररी नियाल्दा

Bikash, Basnet, Sikkim, विकास बस्नेत, pallawa , पल्लव

विकास बस्नेत

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ । यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ । त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्तिबद्ध कुर्सी र मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रो बृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


कालो धन

Vhima, pande , Dang, भीमा पान्डे, pallawa  , पल्लव

भीमा पान्डे

ब्याङ्ग्य निवन्धः 
सिमसिम आकाशवाट बर्सिएको पानीको अमृतरुपी थोपा बिषामृतको एक रिमझिमे बर्षाको रुपमा देख्ने म। कत्रो असमान हामीमाथि?भगगवान निष्ठुरी भैदियो र कालो अन्धकाररुपी जालोले ढाकिदियो।आकशवाट खसेका ती दाना शीतलता प्रदान गर्नुको सट्टा बिपरितार्थ बन्ने ती असमानतारुपी दाना शुभदिनको अवसरमा चमक दिनुको सट्टा कालरात्रिको एक कुनामा पिल्सिएको छ। मानौ मात्र त्यो गरीब दुखीको लागी पिल्सिएको छ। लक्ष्मीको सराप पनि त्यो होईन, कर्मको फल पनि त्यो होईन।नेपाली भूमिमा रगत र पसिना बगाएको कमर्ठ पौरखी पनि भन्न मिल्दैन त्यसलाई ।

 

Continue reading


काठमाण्डौंमा जीवन !!!

Ramesh, Bhattarai, Sahridayee, pallawa, पल्लव

रमेश भट्टरार्इ “सहृदयी”

संस्कृत शब्दको “काष्ठमण्डप”को अपभ्रंशबाट बनेको काठमाण्डौं शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो- कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ – यी त्रिकालदर्शी मुनी पनि जान्न असमर्थ हुन्छन् । ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अवधि नै जीवन हो ।

 

Continue reading


स्मृतिमा मेरा बा

Jiba, Lamichhane, जीवा लामिछाने,pallawa, पल्लव

जीवा लामिछाने

खेमलाल लामिछानेअसार १७  गते । बाले छाडेर जानुभएको क्षण मैले फेरि त्यही पुरानो दिन सम्झिएँ । २०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले मानिसहरू भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए । २०४३ सालमा ओभरसियर उत्तीर्ण भएपश्चात छोटो समय कृषि विकास बैंक अन्तर्गत साना किसान परियोजनामा सेवा गरेपछि सोभियत संघमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा छात्रवृत्तिको आवेदन दिएर म परिणामको प्रतीक्षामा थिएँ । छात्रवृत्ति स्वीकृत भएको जानकारी पाएपछि विदेश जाने सबै कागजी प्रक्रिया पुरा गरेर परिवारसँग विदावारी हुन चितवनस्थित मातृभूमि पदमपुर गाउँ पुगेको थिएँ ।

 

Continue reading


मेरो पर्वतको यात्राको सङ्छिप्त एक स्मरण

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

फागुनको महिना लाग्दा पनि, तर्राईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए ।  एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर र्सर्ूय भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा  मोवायलले सङ्गीत भर्‍यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारी बाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो ।

 

Continue reading


“दावित मेलेख इजरायल ” भनेर चिनिने इजरायल देश,’

Nisha, Khanal, Aryal, नीशा अर्याल (खनाल, pallawa, पल्लव

नीशा अर्याल (खनाल),

इजरायलको बालककाल्य जीवनहरुलाई मैले काम गर्न आउने प्रशंगमा आज ९२ बर्षको उमेर बिताई सकेको ,र सानो उमेरमा अनेकौ कष्ट भोगेको सबै आफ्नै आखाले झल्झली देखेको अनि आफ्नो कानले सुनेको छ उसले जुन आज पनि त्यो पललाई सम्झेर बलिन्द्र धारा आशु झार्दै मैले इजरायलको बारेमा केहि जान्न इच्छाले  प्रश्न गर्दा त्यो  बेलाको संगठित इजरायल भूमिको इतिहास बताउन थाल्छ !जन्मदै पलिष्टयन भुमि इजरायलमा अंग्रेजहरुको शाशनमा रहेर उनीहरु  सित मिलेर जीवन बिताउने क्रममा उसले आफ्नो जीवनका तिता मिठा पलहरु यसरी ब्यक्त गर्छ  ! धेरै दाजुभाई दिदी बैनीहरु मध्यको चौथो सन्तानको रुपमा जन्म  भएको इजरायल भन्छ हेर निशा शरीरलाई ओत हाल्ने घर भएर मात्र के गर्नु !

 

Continue reading


कलाकार भएर बाँच्ने कि ?

Laxman, Bhandari, लक्ष्मण भण्डारी, pallawa,पल्लव

लक्ष्मण भण्डारी

‘कलाले वस्तुलाई सार्वभौम बनाइदिन्छ’— महाकवि लक्ष्मीप्रसाद देवकोटाले कलाले वस्तुलाई सार्वभौम बनाइदिने कुराको अनुभूति यसरी गरेछन् । कला यस कारण पनि सार्वभौम हुन्छ कि यसले सबैलाई आकर्षित गर्दछ र सबैको हृदयलाई सम्बोधन गरिदिन्छ । कुनै पनि निश्चित देश, समाज, व्यक्ति, भाषा र धर्महरु सबैका हुन सक्दैनन् । एउटा मान्छेको रूचिले सबैलाई सम्बोधन गर्न सक्दैन, तर एउटा मान्छेभित्र रहेको कलाले सबैलाई सम्बोधन गरिरहेको हुन्छ ।
एक जना चित्रकारले बनाएको चित्र विश्वको जुनसुकै देशका मान्छेका लागि पनि प्रिय हुन्छ । एक जना नर्तकले प्रस्तुत गरेको नृत्य चाहे जुन शैलीको होस्, सबैका लागि दर्शनीय हुन्छ ।

 

Continue reading


होस गर वसन्ते !

Prof., Dr., Narayan, prasad, Khanal, प्रा.डा. नारायण प्रसाद खनाल, pallawa, पल्लव

प्रा.डा. नारायण प्रसाद खनाल

फेरि हिमाली हावाको मधुरमधुर स्पर्श र कस्तुरीको मीठो सुगन्ध बोकेर मधुमास दैलामा टुप्लुक्क आइपुगेको छ । कति कठिन हेमन्त र शिशिरलाई उसले चिम्मचिम्म गरेर सहन गर्‍यो, तर आज उसलाई कत्ति पनि पीडा र व्यथा छैन । उसको मुटु मधुर मुस्कान फूलका पालुवा हुँदै कोपिला र थुँगाका रुपमा पोखिएको छ । यो धरतीलाई प्रत्येक वर्ष ग्रीष्मले पोले पनि, वर्षाले चुटे पनि, शिशिर–हेमन्तले चिसा हावाले मुटु छिचोले पनि मधुमास नै त्यस्तो ऋतु हो, जो हरतरह जीवनदायिनी शक्ति दिएर रुप सौन्दर्यको संसारमा सयर गराउन तम्सन्छ– भनौँ, छियाछिया परेकी धर्तीलाई मलमपट्टी गर्ने ऋतुराज वसन्त नै हो । आज उसको साम्राज्य छ, विशेषतः पौधा, बोट, बुटा र वृक्षहरुको सञ्जालमा । लाग्छ, अब उसले एउटी चिटिक्क परेकी सुन्दरी पहिरेको छ, जो सोह्र शृङ्गार र छत्तीस लक्षणले परिपूर्ण छिन् । सम्झौँ, यो वसन्तकै करामतबाट तयार भएको मधुमास हो, मधुमिलनको समय हो ।

 

Continue reading


ऐतिहासिक व्यक्तित्वः दुल्लभ लामिछाने

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव, chitwan

प्रकाशकः गोर्खे साइँलो

रचनाकारः डा. खिलनाथ बस्ताकोटी
नेपालको इतिहासमा दुल्लभ जैसी -वा जोशी) को नामले चर्चित व्यक्तित्व श्री दुल्लभ लामिछाने गोरखाका राजा रामशाह -वि.सं. १६४३-१६९०) को भारदारी सभाका लब्ध प्रतिष्ठित विद्वान्, ठूला ज्योतिषी र तान्त्रिक थिए । राजा रामशाह गोरखाका ज्यादै न्यायिक र सुधारक राजा थिए भन्ने कुरा त ँन्याय नपाए गोरखा जानु’ र्सवत्र प्रचलित उक्तिबाट स्पष्ट हुन्छ । उनको शासनकालमा गोरखा राज्यको पर्वी सिमाना बूढी गण्डकीपारिको सल्यानकोट -हालको धादिङ जिल्ला) सम्म पुगेको थियो । राज्य विस्तारका साथै विद्वान्हरूको उचित सम्मान गर्ने पनि रामशाहको प्रकृति थियो । उनी ज्योतिष शास्त्र र तन्त्रमन्त्रप्रति पनि विश्वास र अभिरुचि राख्ने हुँदा त्यस्ता व्यक्तिहरूको सधैँ नै जमघट भइरहन्थ्यो । ती तान्त्रिक र ज्योतिषीहरूमध्ये दुल्लभ लामिछाने (वा दुल्लभ जैसी) र्सवश्रेष्ठ र राजा रामशाहका विश्वासपात्र थिए । गोरखा राज्यको श्रीवृद्धिमा रामशाहलाई सफल बनाउनमा उनको भूमिका महत्त्वपूर्ण थियो ।

 

Continue reading


रामग्राम

dr.Gitu, Giril, डा.गितु गिरी, pallawa

डा.गितु गिरी

इसापूर्व छैठौं शताब्दीमा पश्चिम नेपालको तराई भू-भागमा विस्तारित शाक्य र कोलीय राज्यहरू तत्कालीन शक्तिशाली गणराज्यहरू थिए । शाक्य र कोलीय वंशको उत्पत्तिबारे बौद्ध साहित्यमा आफ्ना चार छोराहरूका विभिन्न सर्न्दर्भहरू समाविष्ट छन् । दर्ीघ-निकायमा कोशलराज ओक्काकले आफ्ना पाँच छोरीलाई राज्यबाट निर्वासित गर्दा हिमालयको तलपट्ट िशालवनमा कमलको तलाउको छेउँमा बसोबास गरेकोमा राजाले मन्त्रीलाई बुझन पठाउँदा उनीहरू बीच विवाह गरी बसेको खबर सुनाउँदा राजाले द्गार व्यक्त गर्दा -“हे ! राजकुमारहरू शक्य छौ निश्चय शक्य छौ ” भनेकोले कालान्तरमा शक्य –शक्य — शक्या, शाक्य भएको र उनकी जेठी छोरीका सन्तान कोलीय वंश भन्ने उल्लेख छ १ । बुद्धघोष, अश्वघोष, अर्थकथा, सौन्दरानन्द, ललितविस्तार, महावंश आदि ग्रन्थहरूमा राज्य निर्वासित राजकन्या प्रिया -अमृता) लाई श्वेत कुष्ठ रोगले ग्रसित गराउँदा उनलाई एकान्त जङ्गलतिर पठाइएको थियो ।

 

Continue reading


“गुड् मर्निङ् अमेरिका !”

विश्वम्भर चन्चल

विश्वम्भर चन्चल

 गुड् मर्निङ् अमेरिका !
“केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोले, “कहिले आइपुग्यौ
बरु ? सम्झिराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।”
“नआउने त कुरै छैन यो सपनाको देशमा ? सुख, शान्ति, ऐश र आरामको देशमा…।”
आइपुगियो अस्ति ३ तारेखका दिन । “केको ऐशआराम र सपनाको देश नि ?” उनले सुनाए, “बिहानदेखि बेलुकासम्म गधा जोतिएकोजस्तो जोतिनु पर्छ । विदेशी हप्किदप्की खानु पर्छ । त्यसैले सपना त बरु आफ्नै देशको बढी देखिन्छ हिजोआज ।”

Continue reading


चितवनको निबन्धसाहित्य

रविकिरण निर्जिव

चितवनको माटो मात्र उर्वर छैन, यहाँको साहित्य पनि त्यत्तिकै उर्वर छ । साहित्यका कविता, कथा, निबन्ध, उपन्यास, समीक्षा, गीत, नाटक आदि विधाबीच कविता जति उच्च छ त्यति नै पुष्ट पनि छ । शिखर चुम्न सफल यहाँको महाकाव्यकारिता अरू उन्नत र समृद्ध विधालाई साथमा लिएर गन्तव्यतर्फदौडिरहन्छ । निबन्ध कविताको पाइला-पाइलामा टेकेर पछि कुँदिरहन्छ । त्यसमा पनि व्यङ्ग्य निबन्ध आफूलाई सघन र सशक्त बनाएर पाठकहरूको खोकिलामा बरिहन्छ । निबन्धको आत्मपरकता त्यसको वस्तुपरकतालाई छलेर धेरै टाढा पुग्छ । व्यङ्ग्य निबन्धहरू हास्यलाई साथसाथै हिँडाउँछन् ।

Continue reading


अतित

कल्पना अवस्थी

नयाँ बर्ष २०१० आएको थियो, सबैको मन हर्शित छन्, सबैको मन मा नयाँ खुशी र उमङ छ , तर आज एउटा एक्लो मन सुन्सान मा कही हराई रहेको छ । उस्को आँखा मा हेर जता जतै तिमी बिसाल सगार अटाएको देख्छौ, उस्को ओठ्मा हासो कही पनि भेटिदैन, जस्तै मरुभुमी मा पानी भेट्न गाह्रो भए सरि उन्को त्यो मलिन अनुहार देखेर लाग्छ उनिले सयो चोट खाएकि छिन्, उनिले सयो चोटि येस्तो चोट् को हजारो पटक् समाना गरेकोहुनु पर्छ। नत्र सबै तिर खुसियालि हुदा उन्को मन् किन ऐक्लै यहा सुन्सान् मा। सायद उनि आफनै कुनै   आफै सङ प्रस्न सोधि रहेको छ्। उन्को मन् को ब्यथा बुझ्ने प्रयाश् गर्दै म उन्को नजिक गाएर सोधे एक्स्-कुइज् मि , हजुर सङ केहि कुर गर्न सक्छु माइले परिचयको हाथ अगडि बाढाए । उन्ले हजुर्  मात्र भनिन् ।
Continue reading


छात्तीमा खसेका गजलका बूँदहरु

हेमन यात्री

मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको छ रमिते भएर । शिलिचुङ्ग हुदैँ मातिएर आएको बतास हामीसँग ठोक्किएर पिखुवा खसेको छ सायद । लाग्छ अब त हावा, धुलो र धुँवा सहनलाई नामुद भईसकेका छौँ हामी ।
Continue reading


डायोस्पोरिक साहित्य अनि भारतीय स्रष्टाहरु

– बी पी बजगाईं

२९ अक्टोबर २०१० मा भारतको सिक्किम राज्यमा खोलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)-को गान्तोक च्याप्टर भारतमा पहिलो अनेसास एकाई बन्न पुगेको छ| अनेसासले सदस्य स्रष्टाहरुको साहित्य रचनालाई डायोस्पोरिक साहित्य भनेर परिचय दिएको छ| तर डायोस्पोरिक साहित्यको जुन परिभाषा वर्तमानमा रहेको छ त्यसलाई भारतीय अनेसास सदस्यहरुले भने केही परिमार्जन गरेर हेर्नु पर्ने परिस्थिति आइपर्दछ| त्यसै विषयलाई स्पष्ट राख्न यो लेख प्रस्तुत छ| साहित्य सेवामा अन्योलतालाई पटक्कै स्थान दिइनु हुँदैन| यसोसले यस लेखले विचारेको तथ्यलाई डायोस्पोरिक संघारमा चिन्तनको निम्ति राखिएको छ|

Continue reading


अक्षरमा रमाउने कवि अब सम्झना मात्र

– विश्वम्भर चञ्चल

वि.सं. २०६७ जेठ २५, साविकझैँ बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको -भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्‍यो- ‘उपेन्द्र रहेनन् ।’ को हुन् यी उपेन्द्र ? तस्बिरमा आँखा पर्‍यो ।
मुडुल्लोजस्तो टाउको देखेँ र अनुहार पनि धमिलो । निश्चय भएन । विश्वास लागेन ।

Continue reading