“आमाको परिक्षा”

Kazi, Kaji, Kajee, Karki, काजी कार्की, pallawa, पल्लव

काजी कार्की

हामी तिन जना पात्रहरू आठ घण्टा को हवाईजहाज यात्रा मा थियौ । उनिहरू चार जना थिए । दुई जना काखे बच्चाहरू उनिहरूकी आमा र एक पात्र तिनै बच्चाहरूकी हजुरआमा लाग्ने एक महिला या सायद अरू कोही ।
जहाजमा प्रवेश गर्दा नै लगभग सँगै भईयो । सयौ को भिडमा कोही कसैको याद हुँदैन तर तिनिहरू चार जना प्रति हाम्रो ध्यान शुरू बाटै तानियो कारण उनिहरू दुबै महिलाको काखमा एका बच्चाहरू थिए ।

 

Continue reading


टाढा धेरै टाढा

Rambabu, Ghimire, रामबाबु घिमिरे , pallawa, पल्लव

रामबाबु घिमिरे

निबन्ध
हिजोभन्दा आज म एक दिन बढी बूढो भएँ अनि भोलि अर्को दिन । बूढो हुनु प्रकृति हो, जीवनको गति हो । त्यसो नहुँदो हो त म जत्रो जन्मेँ, त्यत्रै रहिरहन्थेँ । म बूढो हुन लागेँ । मेरो कालक्रमिक उमेर खासै धेरै नभए पनि शारीरिक उमेर धेरै नै भएजस्तो छ । किनकि, शरीर निकै कमजोर भएको छ । रोगको कुरै नगरौँ, कारण बुढेसकाल आफैँमा रोग हो । विज्ञान भन्छ, तीस वर्षपछि मान्छे बूढो हुन थाल्छ । त्यस हिसाबले म बूढो हुन थालेको धेरै भएछ । शरीरको कुरा गर्दा स्नायु सञ्जाल पनि कमजोर भएका छन् । स्नायु सञ्जाल भनेको शरीरलाई कसेर राख्ने जुइना हुन् । जुइना कमजोर भएपछि दाउराको भारी खुकुलो भएजस्तै शरीर पनि शिथिल भएको छ । शरीरले अराएको काम गर्न र खटाएको ठाउँमा जान इन्कार गर्न थालेको छ ।

 

Continue reading


दोलखा र पुत्ररत्न दर्शन

Kapil, Agyat, कपिल अज्ञात  , pallawa, पल्लव

कपिल अज्ञात

पुत्र पुत्रजस्ता भएर निस्किए किन्तु म पिता पिताजस्तो हुन नसक्नुका पछि आफ्नै व्यथा–कथा छन् । पिताको सोझो अर्थ रक्षा गर्नु हो र ध्वन्यार्थमा उचित शिक्षादीक्षा दिएर सक्षम बनाउनु पनि हो । शिक्षादीक्षाको लागि राम्रो परिवेश चाहिन्छ, त्यस्तो परिवेश मैले दिएको छु भनेर पूर्णतया दावा गर्न म सक्तिन । म विश्व विद्यालयको प्राध्यापक भए पनि पुत्रका लागि निरीह अभिभावक जस्तो भएँ । कारण, मैले पुत्रले अपेक्षा गरेको विषय स्वदैशमैं उपलब्ध गराउन सकिन । यिनै हीनता र अभावले लपेटिएर पनि मैले जीवनमा आफैसँग वैचारिक विद्रोह गर्नु पर्‍यो ।

 

Continue reading


स्मृतिमा मेरा बा

Jiba, Lamichhane, जीवा लामिछाने,pallawa, पल्लव

जीवा लामिछाने

सार १७ –
बाले छाडेर जानुभएको क्षण मैले फेरि त्यही पुरानो दिन सम्झिएँ । २०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले मानिसहरू भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए । २०४३ सालमा ओभरसियर उत्तीर्ण भएपश्चात छोटो समय कृषि विकास बैंक अन्तर्गत साना किसान परियोजनामा सेवा गरेपछि सोभियत संघमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा छात्रवृत्तिको आवेदन दिएर म परिणामको प्रतीक्षामा थिएँ । छात्रवृत्ति स्वीकृत भएको जानकारी पाएपछि विदेश जाने सबै कागजी प्रक्रिया पुरा गरेर परिवारसँग विदावारी हुन चितवनस्थित मातृभूमि पदमपुर गाउँ पुगेको थिएँ ।

Continue reading


सामाजिक आन्दोलनमा योगमायाको भूमिका . . .

राणाकालीन समयकी सामाजिक अान्दोलनकी अग्रणी नारी योगमाया

राणाकालीन समयकी सामाजिक अान्दोलनकी अग्रणी नारी योगमाया

डा. गोविन्दमानसिंह कार्की

डा. गोविन्दमानसिंह कार्की

योगमायाको जन्म वि.सं. १९२५ सालमा भोजपुर जिल्लाको नेपालेडाँडा गा.वि.स. अर्न्तर्गतको सिम्ले भन्ने ठाउँमा पिता श्रीलाल र माता चन्द्रकला न्यौपानेको एक मात्र छोरीको रुपमा भएको थियो । योगमायाको विवाह ७ वर्षो उमेरमा भोजपुर जिल्लको भुल्के धोध्ले भन्ने ठाउँका मनोरथ कोइरालासँग भएको थियो । तर विवाह भएको एक वर्षछि उनका पतिको निधन भएकोले योगमायाले बाल विधवाको जीवन विताउन बाध्य हुनु पर्‍यो । पतिको निधन भएपछि ‘ पोइटोकुवी ’ र ‘ अलच्छिनी’ जस्ता शब्दबाण प्रयोग भएका गालिगलोज सहेर उनले जीउनु पर्ने अवस्था आयो । उनलाई सासुससुरा र नन्दले कठोर यातना दिए । उनी केही समय पछि घरबाट भागेर माइत पुगिन् । माइतमा पनि बस्न सक्ने अवस्था नभएकाले उनी एकजना कँडेल थरको युवकको साथ लागेर भारतको आसाम पुगिन् । त्याहाँ उनले कँडेललाई पतिको रुपमा बरण गरिन् । वि.सं. १९५६ मा कँडेलको पनि मृत्यु भएपछि आसामको एकजना डोटेल थरका युवकसँग उनले विवाह गरिन् ।

 

Continue reading


‘उचाई निर्धारण गर्न भन्दा जोगाउन अझै धेरै चुनौती’

Radhika, Adhikari,राधिका अधिकारी,pallawa, पल्लव

प्रस्तुतीः राधिका अधिकारी

२०५७ सालमा दाङ, हापुरबाट लोकदोहोरी गाउँन काठमाडौं आएका सन्तोष श्रेष्ठले अर्जुनमिलन आचार्यले सङकलन गरेको जाऊ त

निवन्धका पात्र सन्तोष परिवार

निवन्धका पात्र सन्तोष परिवार

माया उधै सलल… बोलको गीत रेकर्ड गराएर सांगीतिक धरातलमा टेक्ने ठाउँ बनाए, तर आफ्नै पाईतालाले भर दिने गरी यो धरतलमा टेक्न उनले अर्को एकदशक संघर्ष  गर्नु परयो । गायनबाट आफ्नो सांगीतिक करियर सुरु गरेका सन्तोष श्रेष्ठ यतिबेला समकालिन आधुनिक संगीतको मुलधारका एउटा सशक्त संगीतकारको रुपमा दरिएका छन । २०३७ साल माघ २१ गते दाङ् हापुर, ८ बगियामा जन्मिएर २०५६ सालबाट औपचारिक रुपमा संगीत साधनामा लागेका उनले आजसम्म हिडाईमा खाएको हण्डर भनिसाध्य छैन । दोहोरी एल्वम निकाल्दा धेरै पटक उनलाई लगानीकर्ता बनाइयो । अग्रज भनिएका कतिपयले नगद नै पचाइदिए ।

 

Continue reading


नेपाली साहित्यमा भानुभक्त

Manoj, Dhungana, मनोज ढुङ्रगाना, pallawa, पल्लव

मनोज ढुङ्रगाना

आजको अंक आदिकवि भानुभक्त आचार्यको २००औँ जन्मजयन्ती नजिकै परेकोले उनैको पुरुषार्थी र योगदानको स्मरण गर्दै यो अंक समर्पित गरेको छु । वाल्यकालमा भानुभक्त प्रसंगका पाठ पढ्दा साथीभाइले चर्चा गर्दथे । भानुभक्तलाई आदिकवि किन भनेको होला ? भनेर । अनि पुस्तकमा छापिएको उनको अर्ध कदको फोटो हेरेर अड्कल काट्दथे साथीहरु । ‘उनको तस्वीर आधी भएको भएर आदिकवि भनेको होला नि त ! ’ काठण्माडौ घुमेर आउने अर्का साथीले
थप्दथे ‘नपत्याए काठमाण्डौ जाँदा रानीपोखरी अगाडीको दरवार हाइस्कुलको आँगनमा हेर् त, भानुको सालिक आधी मात्र छ ।’

 

Continue reading


ऐतिहासिक व्यक्तित्वः दुल्लभ लामिछाने

Rishi, prasad, Lamichhane, Gorkhe, sailo, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव, chitwan

प्रकाशकः गोर्खे साइँलो

रचनाकारः डा. खिलनाथ बस्ताकोटी
नेपालको इतिहासमा दुल्लभ जैसी -वा जोशी) को नामले चर्चित व्यक्तित्व श्री दुल्लभ लामिछाने गोरखाका राजा रामशाह -वि.सं. १६४३-१६९०) को भारदारी सभाका लब्ध प्रतिष्ठित विद्वान्, ठूला ज्योतिषी र तान्त्रिक थिए । राजा रामशाह गोरखाका ज्यादै न्यायिक र सुधारक राजा थिए भन्ने कुरा त ँन्याय नपाए गोरखा जानु’ र्सवत्र प्रचलित उक्तिबाट स्पष्ट हुन्छ । उनको शासनकालमा गोरखा राज्यको पर्वी सिमाना बूढी गण्डकीपारिको सल्यानकोट -हालको धादिङ जिल्ला) सम्म पुगेको थियो । राज्य विस्तारका साथै विद्वान्हरूको उचित सम्मान गर्ने पनि रामशाहको प्रकृति थियो । उनी ज्योतिष शास्त्र र तन्त्रमन्त्रप्रति पनि विश्वास र अभिरुचि राख्ने हुँदा त्यस्ता व्यक्तिहरूको सधैँ नै जमघट भइरहन्थ्यो । ती तान्त्रिक र ज्योतिषीहरूमध्ये दुल्लभ लामिछाने (वा दुल्लभ जैसी) र्सवश्रेष्ठ र राजा रामशाहका विश्वासपात्र थिए । गोरखा राज्यको श्रीवृद्धिमा रामशाहलाई सफल बनाउनमा उनको भूमिका महत्त्वपूर्ण थियो ।

 

Continue reading


कमजोरी समाजको कि शैक्षिक जगत्को !

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव
नन्दलाल आचार्य

प्यारी चेली,

सत्यङटनाका यि पत्रः एक शिक्षक

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्‍याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !
हुन त प्यारी चेली ! तिमीलाई यी शब्द सुनाउनुको कुनै अर्थ छैन । र्सार्थकताविहीन, निर्रथक शब्दहरूको बिस्कुन फिँजाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु ।

 

Continue reading


“धेरै पछि रत्नपार्क घुम्दा”

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

कतै म नक्कली त होइन ?आफूले लगाएको लुगा नियालें । फुस्रो सेतो भुइँमा वुट्टा भएको कटनको कुर्ता र अँध्यारो रातो माटो जस्तो शुरुवालको रङ्ग थियो । शरीरको आधा भाग देखिने गरेर कतै काटिएको थिएन । सिंदुरे रातो र सेतो धर्का भएको स्वीटर कम्मरमा वाँधिएको थियो । रातो मेहन्दी राखेको, स्याकी डिजाइनमा काटिएको कपाल थियो । सायद रत्नपार्कको रुखको हाँगाको प्वालवाट चियाउने घामको किरणले भने मेरो कपाललाई केही चम्काएको थियो कि ! धरोधर्म मैले कसैलाई आँखा झीम्क्याएको थिइन, साँच्चै भनुँ भने मलाई आँखा झीम्क्याउनै आउँदैन। रत्नपार्क भरि छरिएका र झुम्म परेका मान्छेहरुको भिडलाई भने मेरो आँखाले हेरेको थियो तर कसैलाई केन्द्रीत गरेर उसको यौवन लुगा लवाइ तथा अन्य विशेष क्रियाकलापलाई भने पटक्कै हेरेको थिएन ।

 

Continue reading


बोर्डिङ्गे माष्टर नन्दलाल आचार्य

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।
‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।
‘कथी भेलौ बौवा !’ -के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।
‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छुयहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए ।

 

Continue reading


साहित्यका एक नशाः लेखबहादुर कार्की

लेखबहादुर (निवन्धका पात्र)

Nandalal, Aacharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

म अहिले सम्झिरहेछु, सोचमा डुबेको छु र त्यो ध्वनि सुनिरहेछु-…नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख-वेदना लेख्ने र गाउने गरेको छु । हुन त मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु-कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फजनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु….।

 

 

Continue reading


उत्पादनशालाका कर्मी

Tulashi, hari, कोइराला, Koirala, pallawa

तुलसीहरि कोइराला

व्यक्तीपरक निवन्ध
नेपालमा आमपत्रकारिताभन्दा जेठो भएर पनि साहित्यिक पत्रकारिताले अझै दर्विला खुट्टा टेक्न सकिरहेको छैन । विगतमा केही साहित्यिक पत्रिकाहरू इतिहास बनेर अस्ताए भने रहरैरहरमा जन्माउनेहरू पनि उत्तिकै छन् । केही व्यक्ति र सम्बद्ध साहित्यिक पत्रिका यसरी गाँसिएका छन् कि उनीहरूको सम्पूर्ण परिचय नै सिक्काका दुई पाटाझैँँ लाग्दछन् । भानु, अभिव्यक्ति, रचना यसमा अग्रणी नाम हुन् र पनि भवानी घिमिरेको निधनले ‘भानु’ मा आइपरेको सङ्कट शुभेच्छुकहरूबाट जेनतेन टरिरहेको छ । नगेन्द्रराज शर्मा ‘अभिव्यक्ति’ र रोचक घिमिरे ‘रचना’ बूढोपुस्ताका साहित्यिक पत्रिकाका रूपमा निरन्तर यात्रारत छन् । रोचक घिमिरेलाई त समकालीनहरूको जमघटमा हस्यौलीको पात्र बनाइएको पनि सुनिन्छ – यो रोचक र ‘रचना’को उमेर त उस्तैउस्तै पो छ त ! आमाको काखमै हुँदैदेखि पत्रिका प्रकाशन/सम्पादन थालेर अचम्मै पारेको छ यसले ।

 

Continue reading


भूपी शेरचनबारे मेरो अन्तिम संस्मरण

Dhruba, Chandra, Gautam, ध्रुवचन्द्र गौतम, pallawa

ध्रुवचन्द्र गौतम

भूपीका बारेमा यो मेरो अन्तिम संस्मरण हो किन भनेँ ? भूपीबारे मैले आजसम्म यति लेखेँ कि यस लेखपछि लेख्ने कुरा बाँकी रहने देख्दिनँ । लेख्न नमिल्ने कुनै-कुनै कुरो भए अर्कै हो । भूपीको लेख्नुअघि बारेको प्रक्रियासम्म पनि लेखिसकेँ । उनी कविताको कुनै विषय फुर्दा त्यसलाई खेलाउँदै, हुर्काउँदै एक घन्टा वा बढी पनि घुम्न निस्िकन्थे । घुमेर र्फकंदा उनको कविताको मोटामोटी खाका तयार हुन्थ्यो । यो लेखिसकेको छु । त्यसैगरी उनका अन्य बानीबेहोरा, संगतका कुरा आदि पनि लेखिसकेको छु । उनी तास खेल्न हाम्राे दाइ धच गोतामेको डेरामा आउँथे । फ्लस चल्थ्यो त्यसबखत । हारेपछि, निस्केर गई ब्यागभरी नोट भरेर ल्याउँथे र फेरी खेल्न बस्थे, यो पनि लेखिसकेको छु । कहाँसम्म भने, भूपीको निधनको धेरै दिनपछि एकपटक कान्ति भाउजूसित भेट्नुपर्‍यो भनेर म र सापकोटा उनको घर गयौँ, त्यसै दिन श्राद्ध परेको रहेछ । हामीलाई ख्वाएरै पठाउनुभयो कान्ति भाउजूले, योसम्म पनि लेखिसकेको छु । भूपीले घँैटोभित्रको वटवृक्ष्ा वास्तविक रूपमा पूरा गर्न पाएनन्, यो आइसकेको छ ।

Continue reading


‘निष्ठूरी’ नयाँघरेका नाममा

– बसन्तकुमार बस्नेत

इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन
मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेको छैन
कुरा काट्नेहरु यहाँमात्रै कहाँ छन् र होलान् त्यहाँ पनि
अक्षरको बात लाग्ला भनेर तिमीलाई दुई हरफ पत्र पनि लेखेको छैन ।

नयाँघरे दाजु,
त्यसो त मै पनि कहाँ चारखोलमा छु र । तिमीले माइक्रोड्राइभरको स्टेयरिङ् र ब्रेकसँग तोकिमागेको अठारहजार जाबोको सडक म पनि नाप्दैछु । समयको जेब्राक्रसिङमा उभिएर जिन्दगीको एउटा खड्गो फत्ते गर्न तिमीले हिजोआजहुँदो बस्ने गरेको सहर भोग्दैछु । परदेशिएको मेरो दाजु, तिमीलाई रमेश पौडेलकृत मुक्तकको घुँयेत्रो हिर्काएर यो पत्र आँट्दैछु । तिमीसँगै भएर पनि तिम्रो हुननसकेको यो काठमाण्डौं सहरमा म आज अलिअलि इलाम भएर लेख्दैछु ।

Continue reading