अविस्मरणीय वाराणसी यात्रा

Maya, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

मैले विगत तीन दशक यता हरेक वर्षश्राद्ध गर्ने सरजाम तयार पार्दै आएकी छु । आज बनारसको गङ्गाकिनारमा रहेको पञ्चगङ्गा घाटमा पितृदेव भइसकेका आफन्तलाई पूजा र पिण्डदान गरियो । हरेक कामको समय आउनु पर्छ । काम बन्दछ । हामी पतिपत्नी र लक्ष्मीकान्त गुरु चारदिन पहिले नेपालबाट वाराणसीतिर लागेका थियौं । बसमा चढी रमाइला दृश्यहरू हर्र्दै भैरहवा आफन्तकहाँ पुग्यौं । भोलिपल्ट खाना खाइवरी त्यहाँबाट बिदा भयौं । हामी तीनजना सुनौल हुँदै गोरखपुर आयौं । गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा घुम्यौं । त्यहाँबाट हामीहरू गोरखपुरमै रहेको संस्कृत महाविद्यालयमा पुग्यौं । हामी जति अगाडि बढ्थ्यौं उति रमाइलो हुन्थ्यो । अनेक क्षेत्रमा भारतले अभूतपूर्व विकास गरेको देखिन्थ्यो । हामी गीताप्रेस गोरखपुरको छापाखाना समेत भएको कार्यालयमा गयौं । गीताप्रेसको कार्यालयको भूमि र आकाशभरि आध्यात्मिक परिवेश भएको मैले पाएँ ।

 

Continue reading


नमस्ते साहित्य परिषद ओखलढुङ्गा र माने भञ्ज्याङ्को मीठो सम्झना 

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

नया जोश, जाँगर, उत्साहसाथ सन् 07.09.2016- को दिन गान्तोक, सिक्किमबाट लागेँ नेपालतिर पहिलो ओखलढुङ्गा यात्रामा। म हतारिएकी थिएँ ओखलढुङ्गा पुग्न। साँझ बिराटनगर आफ्नै दाजु तोया खतिवडाको घर पुगेँ। बिहान 5.30 बजीको बसमा जानुपर्ने जानकारी पाएँ’थें कवि गण्डकी पुत्रबाट। 8 तारिख हस्याङ्-फस्याङ् गर्दै दाजुसँग कञ्चनबारी चोकसम्म निक्लिएँ। मेरो दाजु हमेशा मेरो भलो चाहने मान्छे। बापछि बा कै ठाँउ लिनु भएकोछ। गण्डकी पुत्र र रमेश चन्द्र अधिकारी पनि आइपुग्नु भयो। केही समयको पर्खाईपछि ७ बजी बस आयो। हामी लाग्यौं गन्तव्यतिर। दुई घन्टा २० मिनटको यात्रा मिर्चैयामा ठोकियो। तराईको चिल्लो बाटो, सहज नै बन्यो यात्रा।

 

Continue reading


दाङदेखि मकवानपुरको पालुङ

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

नियात्रा
भदौ महिनाको पहिलो हप्ता फोनद्वारा तपाईंलाई सम्मानित गर्ने र्निणय भयो भन्ने खबर आयो । अत्यन्त व्यस्तताले छोपेको थियो मलाई । सरकारी विद्यालयमा कार्यरत मेरो जिन्दगी अन्य थुप्रै सङ्घसंस्थामा पनि मेरो सहभागिता साथै घरव्यवहार, बालबच्चाहरूको रेखदेख लगायतका कुराले गर्दा मेरो अति नै व्यस्त हुनु स्वाभाविकै हो । मेरा अविराम पाइलाहरू जीवनको अन्त्य घडीसम्म यसरी नै चलिरहनेछन् थाक्ने छैनन् कहिल्यै पनि । म यही चाहन्छु र भगवानसँग पनि यही प्रार्थना गर्दछु ।

 

Continue reading


‘मेरो मानस पटलमा नुवाकोट’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

मानिस जन्मेर कैयौँ स्थान पुग्छ, कैयौँ मानिससँग भेट हुन्छ, कैयौँ अनुभूतिहरू बटुलिरहन्छ जीवनभर । हो, जीवनमा म पनि कैयौँ ठाउँ पुगेँ, कैयौँ मानिस भेटेँ, कैयौँ कुराको अनुभूति बटुलेँ । म पनि धेरै यात्रा गर्ने मान्छेहरू मध्य कै एक हूँ । साँच्चै नै भन्ने हो भने यात्रा नै मेरो जीवनको खुसीको क्षण हो । मेरो साहित्यिक प्रगतिको उर्जा र गोरेटो हो । मैले अक्षरको सुरुआत पनि यात्राबाट नै गरेकी हुँ र त्यहींबाट नै मेरो साहित्यिक आरम्भ पनि हो। जीवन यात्रा हो भन्नेहरूको यो भीडमा म पनि त्यही सोच्ने र बोल्ने गर्दछु । साँच्चै जीवन यात्रा रहेछ र यात्रा जीवन रहेछ ।

 

Continue reading


विद्या मन्दिरमा हामी

article photo

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

संस्मरण
मेरो मूल घर धादिङ जिल्लाको ढोला गाविस वडा नं.८, वरभञ्ज्याङ हो । यद्यपि, म धादिङ्गे चाहिँ होइन, नुवाकोटे नै हुँ । वि.सं.२०२७ सालतिर मेरा पिताजी सपरिवार धादिङबाट बसाइँ सरी नुवाकोटको बट्टार आएछन् । मेरा दर्ुइ दाजु र एक दिदी थिइन् । पिता धादिङमा भएका जायजेथा आफ्ना भान्जा पर्नेलाई सुम्पिएर बसाइँ हिँडेका रहेछन् । पिताजीलेे जसोतसो दुःख गरेर पछि बट्टारमा घर बनाएछन् । वि.सं.२०३१ असार २४ गते बट्टारकै घरमा मेरो जन्म भएको रे । बालापन सम्भिmँदा अहिले पनि रोमाञ्चित हुन्छु म । जब म ५ वर्षो भएँ तब पिताले मलाई घरनजिकैको भीमसेन प्राथमिक विद्यालयमा नाम लेखाइदिए । शुरू-शुरूमा विद्यालयमा पढ्न जान डराउँथेँ म । बहुत रुन्थेँ, कराउँथेँ ।

 

Continue reading


नुवाकोटको तारूकामा गोरूयुद्ध . . . . .

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

यात्रा संस्मरण· 
एकाबिहानै मोबाइलमा घण्टी बज्यो । परिचित नम्बरबाटै आएको रहेछ । तारूकाका मित्र अधिवक्ता गणेशमान प्रधानजीको । मैले फोन रिसिभ गरेँ । हामीबीच अभिवादन आदान-प्रदान भयो । ‘श्रीरामजी म व्यक्तिगत कामविशेषले तारूका आएको छु । भोलि विदुर -सदरमुकाम) आउँछु । भेट्नु पर्छ है ! अनि सीता दिदी नि बोल्नुहुन्छ रे ।’
सीता दिदीले भन्नुभयो, ‘बाबु नमस्कार !’ ‘नमस्कार दिदी !’ मैले नमस्कार फर्काएँ । दिदीले अलि निन्याउरो स्वरमा भन्नुभयो, ‘बावुको बुबा बित्नु भएछ, सुनेर साहै्र दुःख लाग्यो । भेट्न आउने मन त थियो तर कामविशेषले भ्याइँन । बुवाको आत्माले शान्ति पाओस् । शोकाकुल परिवारजनमा समवेदना । यो प्रकृतिको नियम नै हो, ढिलो चाँडो सबैले यो देह त्याग गर्नै पर्छ ।’ दिदीले सम्झाउनु भयो । मेरो मन त्यसै स्तब्ध बनेर आयो । आफूलाई सम्हालेँ ।

 

Continue reading


‘नुवाकोट साहित्य महोत्सव’२०६३तिर फर्केर हेर्दा

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

यात्रा-संस्मरण
दिनप्रति दिन जसरी समय परिवर्तन हुन्छ त्यसरी नै सबै रहन-सहन र चाल चलनहरू परिवर्तन हुनु स्वभाविकै हो । जुनसुकै गाउँ-घर, नगर वा जिल्लामा परिवर्तन र अन्य विकास गर्नको निमित्त त्यहाँका मानिसहरूमा केही न केही जन जागरुकता र उत्सुकता बढेर आउँछ भने त्यो परिपुर्ती पनि हुन सक्छ । यसरी कुनै पनि क्षेत्रलाई अगाडि बढाउन त्यहाँको स्थानिय वासिन्दाको क्रियाकलापले अग्रणी भूमिका खेलेको हुन्छ । जहाँका व्यक्तिहरू एकआपसिय हातेमालो गर्दै अघि बढ्छन् भने अवश्य पनि त्यस क्षेत्रले लक्ष्य हासिल गरी आफ्नो गन्तव्यमा पुग्दो रहेछ भन्ने कुरा मैले महशुस गरेको छु । यसै सर्न्दर्भमा म हालैमात्र भव्यताकासाथ सु-सम्पन्न भएको ‘नुवाकोट साहित्य महोत्सव’-२०६३,लाई यहाँ जोड्न चाहन्छु ।

 

Continue reading


‘कस्तो लाग्यो कसरा ?’

Nirmohi, Vyas, निर्मोही व्यास, pallawa, पल्लव

निर्मोही व्यास

दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो अवसर सजिलै र तात्तातै जुरेको नभएर लामो समयदेखिको व्यग्र प्रतीक्षा र प्रयासपछि बल्ल हात लागेको थियो । यो मिति थियो २०५५ साल वैशाख ४ गते शुक्रबार ।

 

Continue reading


रोमाञ्चक गोसाइँकुण्ड यात्रा

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

मिति ठ्याकै याद भएन, त्यस्तै २०६० सालतिर हुनर्ुपर्छ । काठमाडौँबाट मेरा अनन्य मित्र हरिचन्द्र खड्काजीले फोन गरे, ‘दाइ ! मेरो अकस्मात योजना बन्यो गोसाइँकुण्ड जाने । मसहित रमेश, नवराज र प्रेम भोलि बिहानै काठमाडौँबाट माइक्रोमा आउँदैछौँ । तपाईं र हरि ठीक भएर बस्नू होला । भ्याउँदिनँ भन्न पाउनुहुन्न नि दाइ ।’ हरिचन्द्रजीको यस्तो कुरा सुनेर म अप्ठेरोमा परेँ । मैले उहाँको आग्रहलाई नकार्ने कुरै भएन । मौन स्वीकृत जनाएँ । हामी गोसाइँकुण्ड जाने भयौँ ।

 

Continue reading


दोलखा र पुत्ररत्न दर्शन

Kapil, Agyat, कपिल अज्ञात  , pallawa, पल्लव

कपिल अज्ञात

पुत्र पुत्रजस्ता भएर निस्किए किन्तु म पिता पिताजस्तो हुन नसक्नुका पछि आफ्नै व्यथा–कथा छन् । पिताको सोझो अर्थ रक्षा गर्नु हो र ध्वन्यार्थमा उचित शिक्षादीक्षा दिएर सक्षम बनाउनु पनि हो । शिक्षादीक्षाको लागि राम्रो परिवेश चाहिन्छ, त्यस्तो परिवेश मैले दिएको छु भनेर पूर्णतया दावा गर्न म सक्तिन । म विश्व विद्यालयको प्राध्यापक भए पनि पुत्रका लागि निरीह अभिभावक जस्तो भएँ । कारण, मैले पुत्रले अपेक्षा गरेको विषय स्वदैशमैं उपलब्ध गराउन सकिन । यिनै हीनता र अभावले लपेटिएर पनि मैले जीवनमा आफैसँग वैचारिक विद्रोह गर्नु पर्‍यो ।

 

Continue reading


संवेदनाको सागरमा

Dr. Ved, vyas, Nirmohi Vyas, निर्माेही व्यास, pallawa, पल्लव

निर्माेही व्यास

आज २०५४ साल कार्तिक १४ गते बिहीबार । मैले तिमीलाई गुमाएको पच्चीसौँ दिन । महाशून्यमा तारका झिल्मिलाएको र धरतीभरि दीपमाला जग्मगाएको लक्ष्मीपूजाको ठूलोसाँझ । करेसामा भरेली भएर मग्मगाएका तिउरी, पारिजात, बेली, चमेली, मखमली, गुलाफ, गोदाबरी र रजनीगन्धाका मोहक सौन्दर्य र मादक सुगन्धमा घँुक्किँदै, छरछिमेकबाट हावाले उडाएर ल्याएको सेल र अनर्साको सुवासमा भक्कानिदै सुकुमारी भैलिनीनानीहरूको सुरिलो गानसँगै छचल्किँदै छु म अटेसमटेस भएर । कुनै दिन तिमीले जतनसाथ आँगनका डिलभरि लहरै रोपेका सयपत्रीका अनगन्ती बिरुवाहरू आज झ्याम्म परेका रहरलाग्दा बैँसालु बोटहरूमा फेरिइसकेका छन् र यिनका हाँगाहाँगामा टुप्पैसम्म ढकमक्क फुलेका छन् ।

Continue reading


सुदुर पश्चिमाञ्चल कैलाली देखी प्युठान खलङ्गा हुँदै अर्घाखाँचीको यात्रा. . . ।

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

विश्वको उच्च शिखर सगरमाथा एवम् विभिन्न हिम शृङ्खलाहरूले भरिभराउ सु-सोभिमान सुन्दर देश हाम्रो नेपाल । उत्तर-दक्षिणको दूरीमा ही साँघुरो भए पनि पूर्वमेची पश्चिममा महाकालीसम्म फैलिएको छ । आफ्नो देशको भौगोलिकता दूरीलाई मिलाएर पाँच विकास क्षेत्रमा विभाजन गरिए छ । जस मध्येको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने थुप्रै जिल्लाहरूभित्र पर्ने कैलाली जिल्ला स्थित धनगढी र त्येस्का आसपासका छिमेकी जिल्लाहरूमा रहेका केही गजलकारहरूको जमात मिलेर एउटा साहित्यिक संस्था गठन गरेका रहेछन् । उक्त संस्थालाई सुदुर पश्चिमाञ्चल गजल मञ्चको नामबाट चिन्न सकिन्छ । उक्त संस्थाले १४२ औँ मोती जयन्तीको शुभ अवसर पारेर ‘नेपाली साहित्यमा छन्द मार्गी कवि गोविन्दराज विनोदी’लाई सुदुर पश्चिमाञ्चल गजल मञ्चले अभिनन्दन गर्ने कार्यक्रम राखेको रहेछ । यो खबर सुनेर मलाई साह्रै खुसी लागिरहेको थियो । त्यसै अवसरमा भनौँ मिति २०६४ भाद्र २६ गते मलाई मेरा अग्रज कवि गोविन्दराज विनोदीको फोन आयो ।

Continue reading


मेरो पर्वतको यात्राको सङ्छिप्त एक स्मरण

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

फागुनको महिना लाग्दा पनि, तर्राईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए ।  एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर र्सर्ूय भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा  मोवायलले सङ्गीत भर्‍यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारी बाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो ।

 

Continue reading


विचरा मेरो प्राज्ञिक चेत

Krishna, Wasti, कृष्ण वस्ती,pallawa, पल्लव

कृष्ण वस्ती

तीस बर्षअघिको विराटनगर आजभन्दा कतिपय विषयमा नितान्त फरक थियो । त्यो बेलाको विराटनगरका धेरैजसो घरमा गाई पाल्ने चलन थियो । डेरामा बस्नेले किनेर दूध खानु स्वाभाविक थियो तर घर हुनेले सकेसम्म गाई पालेरै दूध उपभोग गर्थे । तराई मूलका किसान-मजदूरका घरमा गाई-गोरू र भैंसीका ठूलाठूला गोठ हुन्थे । यस्ता गोठवाला घरका पुरुषहरु रातभर चनाखो हुन्थे किनकि सीमापारी भारतीय भूभागबाट चोरहरु आएर गाईबस्तु चोरेर लैजान्थे । सीमापारि चोरहरुको थातथलो थाहा पाएपनि केही लाग्दैनथियो । किनकि तिनीहरुको पारिपट्टी विशाल गाँउ थियो र त्यो विदेशी भूमि पनि थियो ।

 

Continue reading


प्रकृतिको अनेक सौन्दर्य घान्द्रुकमा

Kopila, Gulab, ऋतु सेन्चुरी, pallawa,पल्लव

रीतु सेञ्चुरी

यात्रा संस्मरण:
नारायणगढको पुलचोकबाट म र केही मेरा मिल्ने साथीहरु रात्रिबसमा चढेर बिहान करिब चार बजे नयाँपुल पुग्यौँ । बसले सुनसान बाटोमा हामीलाई छोडिदियो । त्यही सडकमा हामी अलमलमा थियौँ, हामी कहाँ बास बस्ने भनेर । फेरि, उज्यालो पनि हुने बेला भैसकेको थियो । बाटोको किनारमा झोला मिलाएर केही अगाडि बढ्यौँ । बाटोको माथि एउटा गेट भएको टिनको होटलजस्तो घर अँध्यारोमै देख्यौँ र त्यही बाटोबाट हामीले होटल मालिकलाई बोलायौँ । होटल मालिक टर्च लाइट बालेर आइपुगेपछि हामीले सोध्यौँ– बास छ कि छैन ? उनले भने– कोठाहरु त पाउनाहरुले भरिएका छन् । त्यही पनि तपाईंहरु यतिबेला कहाँ जानुहुन्छ, जसोतसो यहीँ व्यवस्था गरिदिन्छु । त्यति भनेपछि हामी पछि लाग्यौँ र एउटा सानो कोठामा सुत्ने व्यवस्था मिलाएर हामी त्यहीँ बस्यौँ । जताततै रक्सी र जाँडका भाँडाहरु राखेको त्यो कोठामा रक्सी र जाँडको गन्धले बसिनसक्नु थियो ।  तैपनि, बस लागेर थकित शरीर कहाँ पल्टिऊँजस्तो भैरहेको थियो ।

 

Continue reading


म अनि मेरो सामाजिक संजाल (Face book ) यात्रा स्मरण :

Elame, Gurumali, Sainlo, ईलामे गरुवाली साईलो, pallawa, पल्लव

ईलामे गरुवाली साईलो

मैले आज भन्दा करिवन ४ साल अगाडी यस नाट्यशालामा प्रवेश गरेको हुँ..बाल्यकालदेखिनै म साहित्य प्रेमी हुँ ,,,तर बिबिध कारण (कारण थाहा छ त् केवल करुण थापा [गजल गो ]लाई थाहा छ ,,,अब मेरो परिचय :- जन्म भूमि सुदुर पूर्ब ईलाम जिल्ला ,,,जितपुर …२ ..बर्तमान दानाबारी -१ गरुवा ईलाम …गजल /अर्थात् साहित्य प्रति मोह ,,,,२०४६ जान आन्दोलन …( द्रस्त्ब्य :- श्री कन्काई उच्च मा बि दानाबारी गरुवा इलाम दित्तीय ( कविताको नाम :प्रवासी दाजुलाई चेलीको आवान ……)मैले जब शुरु गरे अन्धधुन्ध गरे ,,,जसमा मैले भन्नै पर्छ केहि अग्रजको नाम जस्मा सदा बहार (चाहे त्यो बुढो ,केटि केटा ..जे सुकै भए पनि समान ब्यबार गर्ने बिराटनगर बासी भक्ती प्रसाद पौड्याल …(सर नमन) ::: सबै भन्दा पहिले गजलको काफिया ,रफिद ,शेर .आदि को परिचय दीने ‘जेठा दाई प्रखर ‘को नाम मैले लिने पर्छ ,,,तर आजकल उहाँ बिलिन हुनु भो……त्यस पछी मेरा आत्मीय मित्रहरु बाट जुन शिक्षा पाए त्यो अतुलनीय छ ! म यहाँ हरु सबैको आगनीमा क्रमश गए …उहाँ हरु..डा.घनश्याम परिशर्मी,रबि प्रन्जाल.पोस्ट राज आचार्य ,जीतु खड्का गाउले,Indra Narayan चोंग्बंग ‘Gorkhesailo(ऋषिप्रसाद मिछाने )–

 

Continue reading


कृष्णचन्द्रको सम्झना

Dhruba,Chandra, Gautam, डा. ध्रुबचन्द्र गौतम, pallawa, पल्लव

डा. ध्रुबचन्द्र गौतम

संस्मरण
कृष्णचन्द्रसिंह प्रधानबारे सम्झना गर्दा धेरै कुरा एकैपटक आउँछन्, जसलाई मैले व्यवस्थित गर्नु छ। वीरगन्जमै हुँदा कृष्णचन्द्रको नाउँ सुनेको हुँ। वीरगन्जमै हुँदा पढेको पनि हुँ। भेटघाट भने धेरैपछि मात्र भएको हो। कवि, निबन्धकार, समालोचक सबै रूपमा कृष्णचन्द्रलाई पढेकै हुँ। पछि उनको निबन्धकार, समालोचक व्यक्तित्व चहकिलो भएर आयो। यो निर्णय गर्न कठिन छ, यी दुईमा पनि उनको कुन रूप बढी सार्थक छ ? अरूलाई सोध्यो भने, उनलाई मूलतः समालोचक मान्नेको संख्या बढी आउला। त्यतातिर म जान चाहन्नँ। म संस्मरणतिरै जान्छु।

 

Continue reading


परशु प्रधान र म

Parashu, shrestha, परशु श्रेष्ठ, pallawa.com, पल्लव

परशु श्रेष्ठ

पत्रकारितामा सक्रिय ममा जोस, जाँगर र लगावको खाँचो थिएन । धरानबाट निस्किने एक दैनिक पत्रिकामा सम्वाददाताकोरुपमा प्रत्येक दिन सामान्यतया कम्तिमा बाह्र घण्टा खटिनुपथ्र्यो । न अहिले जस्तो मोवाइल फोन, न त मोटरसाइकल । धरानभरि जता गए नी पैदल यात्रा गर्नुपथ्र्यो । निकै टाढा जानु परे वा फर्केर कार्यालयमा अरु काम गर्नुपर्ने भए मात्र कहिले काहिँ यातायात खर्च मिल्थ्यो । न खाजाको टुंगो, न पानीको । तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरी माओवादी विरुद्ध सैनिक परिचालन गरेकाले परिस्थिति अत्यन्तै जटिल थियो । जताततै मरेको, मारेको, अपहरण गरेको, घाइते भएको, बम पड्केको जस्ता भयानक् घटनाहरुमात्र सन्चारमाध्यमहरुमा छाइरहन्थे । स्थलगत रिपोर्टिङ्को क्रममा कुन बेला दुर्घटनामा परिने हो भनेर मन सधैं त्रसित रहन्थ्यो ।

 

Continue reading


हिस्सीदार मुहार

Nirmohi, Vyas, निर्मोही व्यास, pallawa, पल्लव

निर्मोही व्यास

यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म टोलाएर हेरेकोहेर्‍यै भएँ र आफ्नो किशोरकालीन प्रारम्भिक दिनको एउटा प्रसङ्ग झल्झली झल्किन थाल्यो मेरो स्मृतिको रङ्गीन पर्दामा सवाक् चलचित्र भएर । अनि त ओहो ! कस्तो काटीकुटी मिल्ती हँ ! भन्ने हर्षर विष्मयमिश्रति सुरम्य अनुभूतिको कञ्चन तलाउमा डुबुल्की मार्दै त्यहाँ उभिएको उभियै सुदूर अतीतको सुमधुर यात्रामा राम्रैगरी हराउन पुगेँ म केही बेर अचम्मैसित ।

 

Continue reading


इख

Gita,Thapa,geeta, गीता थापा, pallawa, पल्लव

गीता थापा

मेरो श्रीमानको पेशा फोटो खिच्ने। मेरो पेशा भात पकाउने। खुवाउने। जुठा भाँडा माझ्ने। लुगा धुने। छोरा छोरी हेर्ने। घर साफशुत्र राख्ने। कहिलेकहीं काम विशेषले पसलमा गयो भने न ग्राहकले पुछ्ने। न काम गर्नेले टेरपुच्छर लाउँने। न श्रीमानले मेरो घरको कामको मूल्याङकन गर्ने। साँझमा काम सकेर यसो टिभी अगाडि टुसुक्क बसेको देख्यो भने पनि-कति हेर्न सकेको यो टिभी?दिनैभरी घर बसेर हेर्दा पनि नअघाएकी। आफू यहाँ काम गर्दा गर्दा हत्तुहैरान भएर आ’को छु। वास्ता छैन। सास नफेरी घर भित्र हड्डी मकाउदा पनि श्रमको मूल्याङकन नहुदा मेरो पारो सय डिग्रीमा पुग्थ्यो।

 

Continue reading