शाहप्रति साँघुरो मन किन ?

Peshal, Aacharya, पेशल आचार्य , pallawa, पल्लव

पेशल आचार्य

आउँदा हरेक पुस २७ गते पृथ्वीजयन्ती पर्छ  । अहिलेका सरकारले सो जयन्तीका दिन राष्ट्रिय बिदा दिने कि नदिने भनेर विभिन्न कोण–प्रतिकोणबाट चर्चा र बहस सुुरू भइसकेको छ । कोही पृथ्वीनारायणप्रति अन्धभक्त भई ‘राष्ट्रिय एकता दिवस’ को घोषणा गर्नुपर्ने तर्क राख्दैछन् भने कोहीचाहिँ पृथ्वीनारायणको इतिहासलाई ‘नामेट गर्न’ नानीदेखिको बल निकालेर लागिपरेका छन् । यसरी पृथक् दुई कित्तामा बाँडिएका ती दुवैथरी अतिवादी मतावम्बीहरू हुन् । अतिवादले कहिल्यै र कसैको पनि भलो गर्दैन ।

 

Continue reading


फेसबुके पुस्ता

Maya, Devi, Sharma, मायादेवी शर्मा, pallawa, पल्लव

मायादेवी शर्मा

अचेल धेरैका हातमा मोबाइल देखिन्छ । मोबाइलमा नेट -अन्तर्जाल), नेटमा फेसबुक हुन्छ । अहिलेको युग फेसबुकको युग हो । केही वर्षपहिले मसित विदेशबाट आएको छोराले भनेको थियो-अमेरिकामा कहीँ गयो, एकैछिन कुरा गरिन्छ अनि कुरा गर्ने साथी मोबाइलमै घोप्टो परेको हुन्छ । कलेजमा पनि साथीको आडमा पुग्यो हेलो हाई हुन्छ अनि उही मोबाइलमा ।
अब त नेपालमा पनि त्यो चलन आइसक्यो । अहिलेका प्रायः छोराछोरीहरूले आफ्ना आमाबाबु र साथीहरूबाहेक अरूलाई चिन्न मुस्किलै पर्ला । उनीहरूले फेसबुकका चित्रलाई सहजै चिन्छन् । यसका राम्रा नराम्रा पक्ष भविष्यले देखाउला ।

 

Continue reading


बडप्पन किन भित्रियो ?

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

आफ्नो परम्परालाई कायम राख्र्दै असी, नब्बे वर्ष पार गरेका बुढाहरूले आडैमा बसेर सुरापान गर्ने सन्तानलाई के भन्न सकुन् र ? उनीहरूका पाला इतिहासको पानामा पुगिसके । आफ्नो पालामा श्रीमतीलाई एउटा धोतीमात्रै शरीरमा बेरेर दिनैभरि दाउराको धुवाँमा भान्सा कुराउँथे । कसैले ठूलो हिम्मत गरेर महिलाले यसरी नाङ्गै भएर भात पकाउनु राम्रो होइन । व्लाउज अथवा उनीको सुइटरसम्म त लगाउन दिनुप¥यो भन्यो भने त्यो व्यक्ति जात फलामा गनिन्थ्यो । पुरुषले भात खाएपछि चुठ्नलाई जुनसुकै अस्थामा पनि तातो पानी तयार पारिदिनु पनि महिलाकै कर्तव्य हुन्थ्यो । तर महिलालाई वषौंवर्ष तातो,चिसो, दुःख सुख कुनै कुरामा मतलवै नगरेर उमेर नपुग्दै कालको मुखमा धकेल्ने यो समाजका कतिपय पुरुष देखेर वाक्क लाग्छ । त्यस्तै मध्येका मर्दहरूले छोराले आचरण विरोधी काम गर्दा पनि टुलुटुलु हेरेर कुनै प्रतिक्रिया नदिएको देख्दा त घृणा नै लाग्दो रहेछ ।

 

Continue reading


समान सम्मान

Maya, Devee, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

कुनै बिहान रेडियो नेपालबाट महिला अधिकारका बारेमा मन्तव्य आउँदै थियो । मन्तव्यको सार यस्तो थियो -नेपालका कतिपय गाउँमा छोरीलाई बाबुले, पत्नीलाई पतिले र बहिनीहरूलाई दाजुले घरमा बस्ने स्थान दिँदैनन् । उनीहरूले ती छोरी, पत्नी र बहिनीलाई बेचेर पैसा समाउँछन् ! कति चेलीहरू झुक्किएर भारतको वेश्यालयमा पुगेका हामीहरूले भेटाएका छौं । कतिपय चेली बेचिएर अरबमा पनि पुगेका छन् भन्ने सुनिन्छ । हामीले ती ठाउँबाट कति चेलीहरूलाई उद्धार गरेर ल्याउँछौं । उनीहरूका आफन्तलाई जिम्मा लगाउन खोज्दा ती चेलीहरूलाई लिन मान्दैनन् । त्यस्ता घटना हामीसित धेरै छन् । साथै, बेचिएका छोरीको नागरिकता बनाउनका लागि हाम्रो देशमा बाबु, श्रीमान् र दाजु यीमध्ये जसको संरक्षणमा ऊ बसेकी छ उसैको सिफारिस चाहिन्छ । त्यो सिफारिस बेचिएका चेलीलाई नदिएका घटना पनि हामीहरूले काम गर्ने क्रममा थुप्रै भोगेका छौं ।

 

Continue reading


अविस्मरणीय वाराणसी यात्रा

Maya, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

मैले विगत तीन दशक यता हरेक वर्षश्राद्ध गर्ने सरजाम तयार पार्दै आएकी छु । आज बनारसको गङ्गाकिनारमा रहेको पञ्चगङ्गा घाटमा पितृदेव भइसकेका आफन्तलाई पूजा र पिण्डदान गरियो । हरेक कामको समय आउनु पर्छ । काम बन्दछ । हामी पतिपत्नी र लक्ष्मीकान्त गुरु चारदिन पहिले नेपालबाट वाराणसीतिर लागेका थियौं । बसमा चढी रमाइला दृश्यहरू हर्र्दै भैरहवा आफन्तकहाँ पुग्यौं । भोलिपल्ट खाना खाइवरी त्यहाँबाट बिदा भयौं । हामी तीनजना सुनौल हुँदै गोरखपुर आयौं । गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा घुम्यौं । त्यहाँबाट हामीहरू गोरखपुरमै रहेको संस्कृत महाविद्यालयमा पुग्यौं । हामी जति अगाडि बढ्थ्यौं उति रमाइलो हुन्थ्यो । अनेक क्षेत्रमा भारतले अभूतपूर्व विकास गरेको देखिन्थ्यो । हामी गीताप्रेस गोरखपुरको छापाखाना समेत भएको कार्यालयमा गयौं । गीताप्रेसको कार्यालयको भूमि र आकाशभरि आध्यात्मिक परिवेश भएको मैले पाएँ ।

 

Continue reading


नमस्ते साहित्य परिषद ओखलढुङ्गा र माने भञ्ज्याङ्को मीठो सम्झना 

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

नया जोश, जाँगर, उत्साहसाथ सन् 07.09.2016- को दिन गान्तोक, सिक्किमबाट लागेँ नेपालतिर पहिलो ओखलढुङ्गा यात्रामा। म हतारिएकी थिएँ ओखलढुङ्गा पुग्न। साँझ बिराटनगर आफ्नै दाजु तोया खतिवडाको घर पुगेँ। बिहान 5.30 बजीको बसमा जानुपर्ने जानकारी पाएँ’थें कवि गण्डकी पुत्रबाट। 8 तारिख हस्याङ्-फस्याङ् गर्दै दाजुसँग कञ्चनबारी चोकसम्म निक्लिएँ। मेरो दाजु हमेशा मेरो भलो चाहने मान्छे। बापछि बा कै ठाँउ लिनु भएकोछ। गण्डकी पुत्र र रमेश चन्द्र अधिकारी पनि आइपुग्नु भयो। केही समयको पर्खाईपछि ७ बजी बस आयो। हामी लाग्यौं गन्तव्यतिर। दुई घन्टा २० मिनटको यात्रा मिर्चैयामा ठोकियो। तराईको चिल्लो बाटो, सहज नै बन्यो यात्रा।

 

Continue reading


दाङदेखि मकवानपुरको पालुङ

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

नियात्रा
भदौ महिनाको पहिलो हप्ता फोनद्वारा तपाईंलाई सम्मानित गर्ने र्निणय भयो भन्ने खबर आयो । अत्यन्त व्यस्तताले छोपेको थियो मलाई । सरकारी विद्यालयमा कार्यरत मेरो जिन्दगी अन्य थुप्रै सङ्घसंस्थामा पनि मेरो सहभागिता साथै घरव्यवहार, बालबच्चाहरूको रेखदेख लगायतका कुराले गर्दा मेरो अति नै व्यस्त हुनु स्वाभाविकै हो । मेरा अविराम पाइलाहरू जीवनको अन्त्य घडीसम्म यसरी नै चलिरहनेछन् थाक्ने छैनन् कहिल्यै पनि । म यही चाहन्छु र भगवानसँग पनि यही प्रार्थना गर्दछु ।

 

Continue reading


‘मेरो मानस पटलमा नुवाकोट’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

मानिस जन्मेर कैयौँ स्थान पुग्छ, कैयौँ मानिससँग भेट हुन्छ, कैयौँ अनुभूतिहरू बटुलिरहन्छ जीवनभर । हो, जीवनमा म पनि कैयौँ ठाउँ पुगेँ, कैयौँ मानिस भेटेँ, कैयौँ कुराको अनुभूति बटुलेँ । म पनि धेरै यात्रा गर्ने मान्छेहरू मध्य कै एक हूँ । साँच्चै नै भन्ने हो भने यात्रा नै मेरो जीवनको खुसीको क्षण हो । मेरो साहित्यिक प्रगतिको उर्जा र गोरेटो हो । मैले अक्षरको सुरुआत पनि यात्राबाट नै गरेकी हुँ र त्यहींबाट नै मेरो साहित्यिक आरम्भ पनि हो। जीवन यात्रा हो भन्नेहरूको यो भीडमा म पनि त्यही सोच्ने र बोल्ने गर्दछु । साँच्चै जीवन यात्रा रहेछ र यात्रा जीवन रहेछ ।

 

Continue reading


अहिलेको देशको आवश्यक्ता इच्छाशक्ति

Nishu, Joshi, Banke, निशु जोशी, pallawa , पल्लव

निशु जोशी

देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ? देश सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुपर्‍यो झन्दै ४ महिना । हरेक चिजको अभाव सृजना भयो । अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो । पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो ।

 

Continue reading


विद्या मन्दिरमा हामी

article photo

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

संस्मरण
मेरो मूल घर धादिङ जिल्लाको ढोला गाविस वडा नं.८, वरभञ्ज्याङ हो । यद्यपि, म धादिङ्गे चाहिँ होइन, नुवाकोटे नै हुँ । वि.सं.२०२७ सालतिर मेरा पिताजी सपरिवार धादिङबाट बसाइँ सरी नुवाकोटको बट्टार आएछन् । मेरा दर्ुइ दाजु र एक दिदी थिइन् । पिता धादिङमा भएका जायजेथा आफ्ना भान्जा पर्नेलाई सुम्पिएर बसाइँ हिँडेका रहेछन् । पिताजीलेे जसोतसो दुःख गरेर पछि बट्टारमा घर बनाएछन् । वि.सं.२०३१ असार २४ गते बट्टारकै घरमा मेरो जन्म भएको रे । बालापन सम्भिmँदा अहिले पनि रोमाञ्चित हुन्छु म । जब म ५ वर्षो भएँ तब पिताले मलाई घरनजिकैको भीमसेन प्राथमिक विद्यालयमा नाम लेखाइदिए । शुरू-शुरूमा विद्यालयमा पढ्न जान डराउँथेँ म । बहुत रुन्थेँ, कराउँथेँ ।

 

Continue reading


टाढा धेरै टाढा

Rambabu, Ghimire, रामबाबु घिमिरे , pallawa, पल्लव

रामबाबु घिमिरे

निबन्ध
हिजोभन्दा आज म एक दिन बढी बूढो भएँ अनि भोलि अर्को दिन । बूढो हुनु प्रकृति हो, जीवनको गति हो । त्यसो नहुँदो हो त म जत्रो जन्मेँ, त्यत्रै रहिरहन्थेँ । म बूढो हुन लागेँ । मेरो कालक्रमिक उमेर खासै धेरै नभए पनि शारीरिक उमेर धेरै नै भएजस्तो छ । किनकि, शरीर निकै कमजोर भएको छ । रोगको कुरै नगरौँ, कारण बुढेसकाल आफैँमा रोग हो । विज्ञान भन्छ, तीस वर्षपछि मान्छे बूढो हुन थाल्छ । त्यस हिसाबले म बूढो हुन थालेको धेरै भएछ । शरीरको कुरा गर्दा स्नायु सञ्जाल पनि कमजोर भएका छन् । स्नायु सञ्जाल भनेको शरीरलाई कसेर राख्ने जुइना हुन् । जुइना कमजोर भएपछि दाउराको भारी खुकुलो भएजस्तै शरीर पनि शिथिल भएको छ । शरीरले अराएको काम गर्न र खटाएको ठाउँमा जान इन्कार गर्न थालेको छ ।

 

Continue reading


सिक्किममा राम्ररी नियाल्दा

Bikash, Basnet, Sikkim, विकास बस्नेत, pallawa , पल्लव

विकास बस्नेत

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ । यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ । त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ ।

 

Continue reading


सुख के हो ??

Maya, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

छिमेककी मीनाले स्याँ स्याँ गर्दै सुन्तलीको घरको ढोका खोली । आफ्नो पातलो शरीर कुर्चीमा थचक्क पारी । उसले आश्चर्यपूर्ण मुद्रामा भनी-हेर्नुहोस् न दिदी ! मेरा बाबाले त विवाह गर्नुभएछ ! उसले लामो सास फेरी । उसका शरीरका लुगा लुछुप्प भिजेका थिए । सुन्तली एकैछिन त ट्वाँ परेर उसलाई हेरेको हेर्‍यै भई । उसले अब के बोल्नुपर्छ – तपाईंका बाबाले अर्को विवाह गरेकोमा बधाई भन्न आँट आएन । सुन्तलीले तपाईँका बाबाले राम्रो गर्नु भएन भन्न पनि भएन । छोराछोरीसित तेरो बाबाले ठीक काम गरेन भनेको अरूको मुखबाट सुन्न गाह्रै लाग्छ । त्यसैले ऊ केही नबोली बसी रही । मीना केके बोल्दै थिई ।

 

Continue reading


युवा-जमात विदेशिँदै छ

Maya, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा ,  pallawa, पल्लव

मायादेवी शर्मा

आकाश धुम्मै थियो । आज पनि एकजना असल र सहयोगी मित्र सपत्नीक अमेरिका उड्दै छन् । उनले हाम्रो परिवारको चासो राख्छन् । अरूलाई पनि हामीलाई जस्तै गर्दा हुन् । कान्ता बिहान उनलाई भेट्न र बिदा गर्न स्याउ लिएर उनकोे आवासमा गई । कान्तालाई देख्नेवित्तिकै दुवै जनाले एकै स्वरमा भने-हामी आउनुपथ्र्यो हजूरलाई भेट्न ! हिजो राती नौ बजेतिर तपाइँको कोठाको बाहिर आएका पनि थियौ, सुतिसक्नुभयो कि भनेर बोलाउन सकेनौंँ । आज जानु पर्नेथियो । हजूरको अगाडि लाजै मर्नु भयो । हामीहरूले मान्नुपर्ने तपाइँ नै आउँदा त बोल्नै अप्ठ्यारो लाग्यो !

 

Continue reading


नुवाकोटको तारूकामा गोरूयुद्ध . . . . .

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

यात्रा संस्मरण· 
एकाबिहानै मोबाइलमा घण्टी बज्यो । परिचित नम्बरबाटै आएको रहेछ । तारूकाका मित्र अधिवक्ता गणेशमान प्रधानजीको । मैले फोन रिसिभ गरेँ । हामीबीच अभिवादन आदान-प्रदान भयो । ‘श्रीरामजी म व्यक्तिगत कामविशेषले तारूका आएको छु । भोलि विदुर -सदरमुकाम) आउँछु । भेट्नु पर्छ है ! अनि सीता दिदी नि बोल्नुहुन्छ रे ।’
सीता दिदीले भन्नुभयो, ‘बाबु नमस्कार !’ ‘नमस्कार दिदी !’ मैले नमस्कार फर्काएँ । दिदीले अलि निन्याउरो स्वरमा भन्नुभयो, ‘बावुको बुबा बित्नु भएछ, सुनेर साहै्र दुःख लाग्यो । भेट्न आउने मन त थियो तर कामविशेषले भ्याइँन । बुवाको आत्माले शान्ति पाओस् । शोकाकुल परिवारजनमा समवेदना । यो प्रकृतिको नियम नै हो, ढिलो चाँडो सबैले यो देह त्याग गर्नै पर्छ ।’ दिदीले सम्झाउनु भयो । मेरो मन त्यसै स्तब्ध बनेर आयो । आफूलाई सम्हालेँ ।

 

Continue reading


सोमबार

Chhabi, Sapkota, छबिलाल सापकोटा '' रातामाटे ", pallawa, पल्लव

छबिलाल सापकोटा ” रातामाटे “

निवन्धः
बिदाको दिन सिद्धिन नपाउदै पुन: क्यालेंडर हेर्ने बानी सारा बिदा भोगीहरुको संयुक्त्त क्रियाकलाप नै रहेछ | आँखामा लगाम लगाएर हप्तौ नोकरीमा जिबन गुजार्नेलाई बिदाको महत्व र यसको उपयोग कस्तो हुन्छ भन्ने कुरा जति नोकरीका पहरेदार लाई थाहा छ त्यति गैर व्यक्तिलाई थाहा नहुनु स्वाभाविक नै हो | दिनभरीको थकानलाई ओछ्यानमा पल्टाएको शरीर बाट टाउको उठाउदै सिरानी मुनि राखेको बार्षिक डायरी नियाल्न मन लाग्यो | हरेक महिनामा आठ वटा समयतालिकामा बाढेको जिन्दगिमा छब्बीस दिन त सबै आइजन आइजन मा बित्ने रहेछ | बाँकी रहेका चार दिनले जिन्दगीको यथार्थ महशुस गर्न पाउदो रहेछ |

 

Continue reading


युवा-जमात विदेशिँदै छ

 

Maya, Sharma, Lamichhane, Kathamandu, मायादेवी शर्मा , pallawa, पल्लव

मायादेवी शर्मा

आकाश धुम्मै थियो । आज पनि एकजना असल र सहयोगी मित्र सपत्नीक अमेरिका उड्दै छन् । उनले हाम्रो परिवारको चासो राख्छन् । अरूलाई पनि हामीलाई जस्तै गर्दा हुन् । कान्ता बिहान उनलाई भेट्न र बिदा गर्न स्याउ लिएर उनको आवासमा गई । कान्तालाई देख्नेवित्तिकै दुवै जनाले एकै स्वरमा भने-हामी आउनुपथ्र्यो हजूरलाई भेट्न ! हिजो राती नौ बजेतिर तपाइँको कोठाको बाहिर आएका पनि थियौ, सुतिसक्नुभयो कि भनेर बोलाउन सकेनौं । आज जानु पर्ने थियो । हजूरको अगाडि लाजै मर्नु भयो । हामीहरूले मान्नु पर्ने तपाइँ नै आउँदा त बोल्नै अप्ठ्यारो लाग्यो ! कान्ताले उनीहरूलाई रोक्दै भनी -यस्तै हो हिँड्ने दिन । हतार हुन्छ ।

Continue reading


‘नुवाकोट साहित्य महोत्सव’२०६३तिर फर्केर हेर्दा

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

यात्रा-संस्मरण
दिनप्रति दिन जसरी समय परिवर्तन हुन्छ त्यसरी नै सबै रहन-सहन र चाल चलनहरू परिवर्तन हुनु स्वभाविकै हो । जुनसुकै गाउँ-घर, नगर वा जिल्लामा परिवर्तन र अन्य विकास गर्नको निमित्त त्यहाँका मानिसहरूमा केही न केही जन जागरुकता र उत्सुकता बढेर आउँछ भने त्यो परिपुर्ती पनि हुन सक्छ । यसरी कुनै पनि क्षेत्रलाई अगाडि बढाउन त्यहाँको स्थानिय वासिन्दाको क्रियाकलापले अग्रणी भूमिका खेलेको हुन्छ । जहाँका व्यक्तिहरू एकआपसिय हातेमालो गर्दै अघि बढ्छन् भने अवश्य पनि त्यस क्षेत्रले लक्ष्य हासिल गरी आफ्नो गन्तव्यमा पुग्दो रहेछ भन्ने कुरा मैले महशुस गरेको छु । यसै सर्न्दर्भमा म हालैमात्र भव्यताकासाथ सु-सम्पन्न भएको ‘नुवाकोट साहित्य महोत्सव’-२०६३,लाई यहाँ जोड्न चाहन्छु ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्तिबद्ध कुर्सी र मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रो बृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


कालो धन

Vhima, pande , Dang, भीमा पान्डे, pallawa  , पल्लव

भीमा पान्डे

ब्याङ्ग्य निवन्धः 
सिमसिम आकाशवाट बर्सिएको पानीको अमृतरुपी थोपा बिषामृतको एक रिमझिमे बर्षाको रुपमा देख्ने म। कत्रो असमान हामीमाथि?भगगवान निष्ठुरी भैदियो र कालो अन्धकाररुपी जालोले ढाकिदियो।आकशवाट खसेका ती दाना शीतलता प्रदान गर्नुको सट्टा बिपरितार्थ बन्ने ती असमानतारुपी दाना शुभदिनको अवसरमा चमक दिनुको सट्टा कालरात्रिको एक कुनामा पिल्सिएको छ। मानौ मात्र त्यो गरीब दुखीको लागी पिल्सिएको छ। लक्ष्मीको सराप पनि त्यो होईन, कर्मको फल पनि त्यो होईन।नेपाली भूमिमा रगत र पसिना बगाएको कमर्ठ पौरखी पनि भन्न मिल्दैन त्यसलाई ।

 

Continue reading