पल्लवको साहित्यिककुम्भ मेला र चितवनका तीनगजल सारथी

Kapil, Agyant, प्रा. कपिल अज्ञात, pallawa, पल्लव

प्रा. पिल अज्ञात

पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


नर्बेमा पहिलो पटक मोती जयन्ती मनाइयो

21845773_1480885545293274_579795048_o21868472_1480890191959476_1001733262_o

bishnu, maya, bibhu, विष्णुमाया विभु, pallawa, पल्लव

विष्णुमाया विभु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको बोडोमा १५२ औं मोती जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
आयोजकहरुले उत्तर युरोपियन देश नर्वेमा पहिलो पटक मोती जयन्ती मनाउँदै एक ऐतिहासिक कार्यक्रम गर्न सफल भएका हुन्।
युवाकवि मोतीराम भट्टको फोटोमा माल्यार्पण गरी सुरु गरिएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिब बरुण पौडेलले गरेका थिए भने संस्थाका सदस्य सुदिप क्रान्ति तिवारीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए।

बाँकी समाचार तथा फोटोहरू हर्न तल Continue reading  लेखेको ठाउँमा क्लिक गर्नुहोस ।

Continue reading



पल्लवको साहित्यिक कुम्भ मेला र चितवनका तीनगजल सारथि

Kapil, Agyant, कपिल अज्ञात, pallawa, पल्लव

कपिल अज्ञात

विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ‘पल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

Continue reading


कैलाश राई सम्मानित, एम.एस. खान अभिनन्दित

Sikkim

kuber, bhattarai, aavash, sikkim, कुवेर भट्टरार्इ ‘अावाष’, pallawa, पल्लव

कुवेर भट्टरार्इ ‘अावाष’

(गान्तोक, २० अगस्त २०१७ । २६ औं नेपाली भाषा मान्यता दिवसमा पाँचौं अभियान’ लोकार्पित)
पूर्व सिक्किमको राङ्कामा वर्ष 2007 को 6 अप्रेलमा स्थापित अभियान साहित्य समितिद्वारा नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा गाभ्नमा सक्रिय भूमिका निर्वाह गर्ने सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको स्मृतिमा 26औं नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गरियो। नेपाली भाषाको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने तथा सामाजिक कार्यकर्ता मोहन दुङ्मालीको अध्यक्षतामा सम्पन्न नेपाली भाषा मान्यता दिवस समारोहमा रूम्तेक-मार्ताम समष्टिका क्षेत्र विधायक डा. मिचुङ भोटियाको प्रमुख आतिथि रहेका थिए।

 

Continue reading


पल्लवका दुइ स्रष्टा भारतको लखनऊमा सम्मानित तथा पुरस्कृत !!

Pallawa-Sahitiyak-E-Patrika-Logo, पल्लव साहित्यिक र्इ–पत्रिका

पल्लव साहित्यिक र्इ–पत्रिका

IMG_3636IMG_3812IMG_3703IMG_3808IMG_3758लखनऊ दिनाङ्कः १५ श्रावण २०७४, तदानुसार (३० जुलाई २०१७) । भारत कै सुप्रसिद्ध उपन्यास सम्राट मुंशी प्रेमचन्द जयन्तीको सुरुआतमा प्रख्यात कवि शंकर जी सिंहको चतुर्थ कृति ‘स्मृतियों के दंश’ नामक काब्यसङ्ग्रहको विमोचन सहित स्रष्टा सम्मान तथा पुरस्कार हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो । त्यहाँको प्रान्तिय राज्यका राजपाल श्री माता प्रसाद जीको मुख्य अतिथि र स्वास्थ्यमन्त्रीका प्रतिनिधी र वयोवृद्ध प्रख्यात कविहरूको विशेष आतिथ्यमा चलेको अति नै सिष्ट, सब्य र भब्य कार्यक्रममा भरतका विभिन्न प्रान्तहरू र नेपालबाट आमन्त्रित अतिथिहरू हुनुहुन्थ्यो ।

 

Continue reading






भलाकुसारी

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

अन्तर्वार्ताकी पात्रः शान्ति अधिकारी

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

प्रस्तुतीः अरूणनदी खत्री

मध्य पश्चिमाञ्चल, डोल्पाको बैजवारा निवासी बाबा पदमहरी अधिकारी र आमा अम्बिका अधिकारीका कोखबाट जन्मिनु भएकी शान्ति अधिकारी -पोख्रेल) को इनरुवा, सुनसरी निवासी गोपाल पोख्रेल सँग वैवाहिक सम्बन्धमा वाधिनु भएकी हो । शान्ति अधिकारीको पुख्र्यौली घर भने तार्कु खहरे, लमजुङ्ग हो । राष्ट्र सेवक भनौँ वा जीविको पार्जनका शिलशिलामा हालको बर्साई कोहलपुर, बाँके रहेको छ । उहाँ सगुन र शिशिर पोखरेल दुइ सन्तान की धनी हुनुहुन्छ । आफू नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुरमा सेवारत हुनुहुन्छ । हालसम्म उहाँका ‘ शान्ति वाटिका गजल संग्रह- २०७०’ प्रकाशन भैसको छ भने हाल अर्को नूतन कृति प्रकाशनको तयारीमा जुटिरहनु भएको छ ।

 

Continue reading



चितवनका दुर्इ समेत तीनलार्इ नइ पुरस्कार !!!

गायत्री श्रेष्ठ

गायत्री श्रेष्ठ

Sarashwoti RijalAmardhwoj Khati

Narendra, Raj, Prasai, नरेन्द् राज प्रसार्इ,pallawa, पल्लव

नरेन्द् राज प्रसार्इ

काठमाडौं बाहिरका तीन साहित्यकार मध्य चितवनका दुर्इ जाना गायत्री श्रेष्ठ, सरस्वती रिजाल र रूपन्देहीका अजम्बरध्वज खातीलाई नइ पुरस्कार !!!

नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने रुपन्देहीका श्री अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

 

Continue reading



हार्दिक साधुवाद पोखरा थोक साहित्य सङ्गम परिवारलार्इ !!!

img_1743img_0117img_0141img_1744

Pallawa, Sahitya, Pratistha, Logo, पल्लव साहित्य प्रतिष्ठान, pallawa, पल्लव

पल्लव साहित्य प्रतिष्ठान

(पोखराथोक साहित्य सङ्गममा गोर्खे साइँलो सँगै अन्य तीन सम्मानित र वाटिका विमोचन !!!)
२०७३, पुष–१५, गते शुक्रबार पाल्पा, तानसेन । पोखराथोक साहित्य सङ्गमले आफ्नो बार्षिकोत्सवको समय पारेर तीन जना स्रष्टाहरूलार्इ विभिन्न शिर्षकका सम्मानहरू प्रदान गरेको थियो । जसमा ‘हरिहर रेग्मी स्मृति कोश’ नामक संस्थाकै प्रमुख राष्ट्रिय साहित्य सम्मानबाट ‘पल्लव साहित्य प्रतिष्ठान’–चितवनका संस्थापक अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)लार्इ, ‘डुकुलराज–लोकमाया काफ्ले स्मृति कोश’ नामक राष्ट्रिय साहित्य सम्मानबाट पुरूषतर्फ ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ स्याङ्जाका सचिव मिलन समिर तथा महिलातर्फ पोखराथोक पाल्पा कै स्थानिय नारीहस्ता जानका नेपाल समेत हामी तीनजनालार्इ फूलमाला, अविर टीका, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

 

Continue reading


नर्इ जोडीले भारती खरेल पुरस्कार प्राप्त गरेकोमा हार्दिक बधार्इ !!!

narendra-indira-prasainnarendraindira-prasain

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

भारती खरेल प्रतिष्ठानले आज राजधानी काठमाडौंमा एक भब्य समारोह माझ भारती खरेलको ७९ औं जयन्ती मनायो।

समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी तथा भारती खरेल प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलले २०७३ सालको साहित्य साधना क्षेत्रको भारती खरेल पुरस्कार साहित्यकार नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईलाई संयुक्त रुपमा प्रदान गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।
नेपाली भाषा साहित्यको विकास, विस्तार र सम्वर्द्धन अतिरिक्त साहित्य सिर्जना, समीक्षा र सम्पादनका साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापना र यसका माध्यमबाट देश, विदेशमा नेपाली भाषा साहित्यको प्रचार, प्रसार र स्तरोन्नतिमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानार्थ प्रसाई दम्पतिलाई भारती खरेल पुरस्कार प्रदान गरिएको हो ।

Continue reading