तिम्रो साथ टुटे पनि भुल्न सक्छु संसारमा
बालुवाको टापु बीच फुल्न सक्छु संसारमा
मायालाई छोड्न सक्ने निष्ठुरी म कति रुनु
मग्मगाउँदो फूल बनी डुल्न सक्छु संसारमा ।।
हर ठाउँमा श्रम शोषण किन हुन्छ यहाँ
न्यून तलब पसिनाको खोली मन् रुन्छ यहाँ
मात्र निमुखो चुसी उँभो लाग्ने हो र दुनिया?
कात्रोमा बगली भरी लाने भन कुन्छ यहाँ?