अरुणोदय

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

गाढा निशा भै कमजोर, क्लान्त
छायो उज्यालो सब दिग्दिगन्त ।
पूर्वी दिशामा नव कान्ति छायो
मुस्कान छर्दै रवि रश्मि आयो ।।

देखे खुलेको जब सूर्यलाई
पन्छी रमाए तब गीत गाई ।
मान्छे बिछ्यौनासित प्रीत छाडी
छन् जोशिला बढ्न भनी अगाडि ।।

 

Continue reading


साहित्य साधना

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

जो बुझ्लान् घरमा रमी मनमनै साहित्य राम्रो भनी
त्यो सारा परिवार हर्ष मन ली बाच्लान् रमाई रही
चाख्लान् ती बहुतै मिलाप मन ली साहित्य धारा रस
आनन्दी मनले डुबेर सबले लेख्लान् कविता तब ।

पर्ने छैन तनाव शान्त घर त्यो प्रेमी रहे काव्यमा
साराका मुखमा गमेर रहला त्यै काव्य नै साधना
जस्का छन् नबुझी रिसाउनु सबै लेख्दा कथा सुन्दर
केहो ? लेखन खै ! सहेन मनले उर्ली अझै गर्गर ।

 

Continue reading


खाडीमा कस्तुरी खोज्न

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

बाटामा बुङ्ग छारोछ आँखा देखिन्न डम्म छ
उकालो भिर देखिन्न जति देखिन्छ सम्म छ

कुहिरोले छ ढाकेको आकाश पनि गुम्म छ
चेतना शक्ति मान्छेको किन हो कुन्नि शून्य छ

पहाड भत्किएकोछ पैरो झर्दैछ बर्बरी
मधेश देश बन्दैछ अर्कैको बुईमा चढी

 

Continue reading


“शिक्षा महिमा”

Nabin, Anupam, Rawat , नवीन अनुपम रावत , pallawa, पल्लव

नवीन अनुपम रावत ,

लेखिन्छन् इतिहासमा कलमले, नौला अनौठा कुरा
हामी साक्षर भैदिए जगतमा चल्छन् स्वयं पाखुरा
खै यो चल्छ र जिन्दगी नि कसरी लाग्दैन केही भर
यस्तो बुझ्नु तथापि यो जगतमा शिक्षा बिना के छ र !

हामी नै नपढेर यो बखतमा के हुन्छ संसारमा ?
बिद्या ज्ञान र यो कुरा बृहत नै भैदिन्छ आकारमा
छोरा बुद्ध र ब्यास डक्टर बनी, हुन्छन् उज्याला घर
हे ! मान्छे बुझ यो कुरा जगतमा, शिक्षा बिना के छ र !

 

Continue reading


छन्दको सुगन्ध

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

(छन्द दिवसको शुभकामना)
हाम्रा वैदिक संहिता सकलमा मन्त्रादिमा छन्द छ
हाम्रा लोक कला गला बगलका यन्त्रादिमा छन्द छ ।
तारा, जून र सूर्य झैँ गगनको त्यो व्याप्तिमा छन्द छ
खोलामा जलमा विशाल थलमा हे-यौँ भने छन्द छ ।।

पन्छी मुक्त उडान, बाल मनको चाञ्चल्यमा छन्द छ
उफ्रिन्छन् मृगका बथान तिनको उफ्राइमा छन्द छ ।
हावाले तरुपात हल्लिन गए त्यो नृत्यमा छन्द छ
साना बालकका अनेकथरिका ती कृत्यमा छन्द छ ।।

 

Continue reading


‘तिमी नि फर्क देश मै’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

टिपी गुराँस लेकको दलेर रंग ओठमा
छ सम्झना रमाइलो थियो उही धुलोटमा ।
डुली कुना र कन्दरा रमाउँथें म देशमा,
छ शानदार खोर भित्र ज्यान यो विदेशमा ।

मधेशका पहाड़का सबै मिले त साथमा
निदाउथें म ढुक्क भै मिठो हरेक रातमा ।
कुँडिन्छु देश यो हुँदा सधै गरीब हालमा
फसाइयो सधै निजी अनेक स्वार्थ जालमा ।

 

Continue reading


छन्दमोह

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

रोऊँ आँसु झरेन छन्द नभए सुक्खा भए लोचन
खाऊँ गाँस उठेन छन्द नमुछे खल्लो बन्यो भोजन
हो यो भ्रान्ति कि छन्द नामक नशा या व्यर्थ बेकाम हो ?
बौलाहा-पन हो कि अन्धपन हो या रोग हो राम यो ?

हावाले तृण हल्लिए पनि उतै तानिन्छ लोभी मन
धारामा जल खोलिँदा पनि उतै देखिन्छ छन्दाऽनन
या मण्डूक टरर्र कूप जलमा गाऊन् सँगै पौडिई
“जन्म्यो नूतन छन्द” ठान्छ मनले ! दौडिन्छ भाषा लिई

 

Continue reading


जङ्गी तगारो

Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

यहाँ फाँट बाँझै छ नाङ्गो छ डाँडो
बजारी कुरा मात्रले भर्छ भाँडो
न सङ्लो छ पानी न खाना छ शुद्ध
सदा मौनता साध्न सक्छन् प्रबुद्ध ।।

कतै छैन विश्वास सद्भावनामा
पराधार झल्कन्छ अायोजनामा
न ता वृत्तमा स्वच्छ हावा बहन्छ
न यो जिन्दगी जिन्दगी झै रहन्छ ।।

 

Continue reading


केही दृष्टान्त

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

अहङ्कार बढे मान्छे आफैं खाडल पर्दछ
बढी पाके कुही दानो फ्यात्त फत्केर झर्दछ !!

मोह बोकी गरे यात्रा चितामाथि चढाउँछ
बत्तीमा पुतली हेर फस्दै पङ्ख डढाउँछ !!

नहेरे गुरुले गल्ती शिष्य सत्यार्थ छल्दछ
ठ्वास्स ठोसे अगुल्टामा आगो दन्केर बल्दछ !!

 

Continue reading


कस्तो स्वाधिनता ??

Rajan, Dhakal, राजन ढकाल ,pallawa , पल्लव

राजन ढकाल

सोच्थे देश अहो यो गौरव थलो गोर्खालिको हो भनी
विश्व देख्ने जहाँ थिए नयन झै सर्बोच्च शिखर पनि
गोर्खाली विरको चिनो समानको सानै भएता पनि
के हेप्छौ तिमी हौ गुलाम जगको ठुलै बनेता पनि ।।

आफ्नु रुप देखिन्छ दर्पण सरि पल्टाउ पानाबरु
गोर्खाली खुकुरी झिकी नउजिउन यी कालू पाण्डे हरू
हेप्नुको पनि हुन्छ साँध र सिमा यो त अति नै भयो
हाम्रो लुट्न खोज्यौ फगत जिवनभर आफै लुटिदै गयौ ।।

 

Continue reading


चुनाव

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बिँडै हो वल ती खुडा र खुकुरी कुन्दो छ बन्दूकमा ।
त्यस्तै भोटदिने रहन्छ वलमा सर्वोच्च नेतृत्वमा ।।
कस्ले गर्दछ व्यर्थ मान उसको कामै चलायो गयो ।
हामी चैँ अबुझै बनी हरघडी उफ्रेर के काम भो ।।

गोरूका वलले तनाउछ हलो गुण्डा दियो खानमा ।
घोडा बोक्दछ थाम्छ भार उसले दाना छ सम्मानमा ।।
यो चाला नबुझी बुझेर कतिले व्यर्थै जवानी गयो ।
शक्ती बास बसेपछी मनुज हो शिक्षा विनाकाम भो ।।

 

Continue reading


‘शंका,’

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

शंकाले जल्छ लंका पल पल मनले सोच्न थाल्नेछ कच्चा ।
भत्के ! हल्का मनैका घर महल सबै गिर्न थाल्नेछ पक्का ।।
फुल्छन् पाखा-पखेरा तरह-तरहका फूल लाली गुराँस ।
अफ्ठेरोमा फलेको सुमधुरफलले दिन्छ धेरै मिठास ।।

उल्टो उल्टो कुराले स्वजनसुजनमा पार्छ फाटो मजाले ।
शंका-शंका जुधेमा रवि-शशि-मुखमा लाग्छ टाटो मजाले ।।
कस्तो आयो जमाना सकल जगतमा छैन संतुष्ट मान्छे ।
राम्रै बोल्दा त उल्टै मति-विमति दिदै बन्छ झन् रुष्ट मान्छे ।।

 

Continue reading


दम्भ

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मगमग धरतीमा बाँड्दछन् पुष्प गन्ध
पवन दस दिशामा चल्दछन् मन्दमन्द
न कुसुम अनि हावा भन्दछन् “श्रेष्ठ हामी”
किन मनुज वितण्डा, दम्भका छन् सुनामी ?

नद कलकल गर्दै गीत गाएर जान्छन्
मधुकर रस चुस्तै प्रीत लाएर जान्छन्
कणसित कण मिल्दै बन्दछन् “बज्र” ढुङ्गा
तर किन जन गिर्दै नित्य बन्छन् लफुङ्गा ?

 

Continue reading


‘‘जीवन ’’

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

प्रभु ! जीवन फूल कि पत्थर हो ?
कि त यो “जिउँदो” चिनिने भर हो ?
नमिठो सपना कि त ठक्कर हो ?
कि त यो भ्रमको विषसागर हो ?

यदि जीवनको विधि हुन्छ भने
किन जीवन उच्च र निम्न बने ?
जब जन्म हुँदा सम हुन्छ कला
तर भिन्न बने किन भूमि-तला ?

 

Continue reading


नेपाल हाम्रो घर

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

फुल्ने फूल सुनाखरी मखमली जाई गुहेँलीहरू।
गाई गीत अजम्बरी वन चरा डाँफे मलेवाहरू।।
हाम्रो सत्य समाज लोक लयमा मीठो बनी गुञ्जने।
झन् माटो मलिलो भयो जमिनको खाधान्न नै उब्जने।

डाँडा चाैर सधै असाध्य हरियो देखिन्छ प्यारो वन।
नेपाली हुन सक्नुमा मनुजका निक्कै सफा जीवन।।
भाषा सस्कृति धर्म लोक नृत्य छन् लाखौँ कला झल्कने।
ठूल्ठूला छ हिमाल पर्वतहरू निक्कै यहाँ चम्कने।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


वियोग

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छ आत्मा नेपाली रगत छ विदेशी बगरमा
प्रिया खोज्छिन् तातो प्रियतम फस्यो खण्डहरमा
अँगालाको न्यानो रहर नपुगी जर्जर भयो
चखेबी छे एक्ली फिटफिट चखेबा पर भयो !!

किनाराले थापे सलिलसित बग्थें म सलल
ममा बाढी आए बगरसित गर्थेँ खलबल
म आँधीका धक्का पनि सहन गर्थें शिखर झैं
बगैंचाले डाके भुनुभुनु चहार्थें भ्रमर झैं !!

 

Continue reading


फर्की आऊ

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

जान्छौं बाहिर काम गर्न किन हो बाँझो छ नेपालमै।
गर्नैपर्छ छ उब्जनी जमिनमा नेपाल संसारकै।।
चाले हात हुँदैन के इलममा आधार बाँच्ने हरू।
हुन्छन् त्रास र कष्ट बाहिर निकै फर्केर आऊ बरू।।

गर्दैमा धन लोभ जीवन सदा लाचार साँच्चै हुने।
के भो लक्ष्य भविष्य बाहिर गए हो चन्द्रमा ती छुने।।
साहूको करले विदेश रहँदा बाँच्ने कि मर्ने डर।
छन् कालो अझ गाउँठाउँ सबमा फर्की उज्यालो छर।।

 

Continue reading


आह्वान

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

तिम्रा खुट्टा अझ नकुँजिऊन् छाडिद्यौ लोकलाज ।
आओ अग्ला शिखर, मसँगै बुर्कुसी मार आज ।
ए पानीहो! किन बरफझैँ जम्दछौ बग्न छाडी
बग्दै जाओ समयजसरी चढ्नुपर्दैन गाडी ।

बुन्दै केही सरस सपना जून फुल्ने निशामा
आए बाँड्दै किरण हँसिला सूर्य पूर्वी दिशामा ।
जल्दाबल्दा जलह्रदहरू देखिएझैँ धपक्क ।
ए पन्छी हो ! नडुल यसरी, हेर सारा थपक्क ।

 

Continue reading


खै त खै ! भन्दिनू . . . . . .

Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अश्रुको तालमा पौडँदा हे प्रिय ।
प्रेमको जालमा दौडँदा हे प्रिय ।।
बुझ्न को सक्छ यो दर्द यो मर्म यो ।
निश्ठुरी निश्ठुरी रौरगी कर्म यो ।।

आततायी हरू घुम्दछन् रोडमा ।
पौरखी हात हुन् भन्दछन् जोसमा ।।
प्रेमको मूल्य को बुझ्दछन् क्रोधमा ?
मोहका पारखी के हुनन् होसमा ।।

 

Continue reading