‘क्रान्ति गर्नेछु’

Amit, Sangroula, अमित संग्रौला, pallawa, पल्लव

अमित संग्रौला

आमा म क्रान्ति गर्नेछु
अब बन्दुक बोकेर होइन
कलम बोकेर क्रान्ति गर्नेछु
आमाको मुहारमा हाँसो ल्याउने छु
धेरै भयो आमाको आँखामा आँसु आइरहेको
रक्सी खाएर आमालाई पिट्नेहरूलाई
खबरदारी गर्नेछु हो म क्रान्ति गर्नेछु
गाउँ गाउँ डुल्नेछु हिड्नेछु आमालाई खुसी बनाउनेछु
तपाईंको स्नेह ममता निस्वार्थ माया
त्यसै त्यसै विलीन भएको छ माटोमा
यौवनका पिपासुहरू हो तिमीहरू सुन नामर्द लोग्नेहरू
तिमीहरूको अस्तित्व हराउँदै छ धर्तीमा
हो आमा म क्रान्ति गर्नेछु –

 

Continue reading


मल्ल अजा र म

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

मल्ल अजाका आँगनमा
उम्रिएका वनमाराहरूले
नराम्रोसँग ठुँगे
कोच्चिएका ,थेप्चिएका
सुन्दर गोरा अप्सराहरू
मल्ल अजाका तस्बिर खिचीरहेका थिए
मेरो मन अमलियोे !
मल्ल अजाका
विवेचना गर्न म उभिएको छैन
गोरा अप्सराहरू हेर्न
अजाकै सालिक अगाडि रहेको छु
उनका आँखाबाट बगेका आँसुका भेल
आँसुसँगै टाँसिएका धूलाका कणहरू
हाँस्न रोक्छ–

 

Continue reading


“सुचिकार”

Saugat, Sangram, सौगात संग्राम, pallawa, पल्लव

सौगात संग्राम

तिमि महान छौ
तिमिले सिएको ठाडो भोटोले
मैले मेरो बच्चापन कटाए
गाउभरिका सबैको लाज
तिमिले नै ढाकेको थियौ
तिमि एउटा युग थियौ
नरोई नरोई जानु है
तिमिलाई स्वर्गमा ठाऊ छ।

तिमिले छोएको खादा
आमाले कराउनु हुन्थ्यो
मलाई झन छोएर खान मन लाग्थ्यो
तिमि पनि नजिक नआऊ बाबु भन्थ्यौ
म झन नजिक आइदिन्थे
तिम्रो स्पर्समा पनि ममता थियो
तिम्रो बोलिमा पनि मिठास थियो –

 

Continue reading


मायाको नवीन धून

 

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

मायाको नवीन धून
मनमा प्रेम र समर्पणको
सगुन बोकेर
सुरुभएको तिम्रो मेरो
जीवनको सहयात्रा
भर्खर झै लागेपनि
पार भैसकेछ्न कयौं बसन्तहरू।

आँखा भरि सपना सजाउँदै
निष्ठाको फूलबारीमा
बिश्वासका बीउ बिजन छरी
जीवनको सामलतुमल
मिलाउँदा मिलाउँदै
पखेटा हाली उडिसकेछ्न–

 

Continue reading


मोसो पोतिएको समाचार

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आज
अस्वाभाबिक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नसा हैनन् शरिरका
र हुन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।
मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया-
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं- लाल लाल
साँच्चै अस्वाभाविक ।

 

Continue reading


बेलायती मौसम

Mira, Prasai, मीरा प्रसार्इं, pallawa, पल्लव

मीरा प्रसार्इं

मर्यादाको सीमा स्तम्भ नाँघेर
तिमीसामू आएँ
अप्रत्याशित तिमी बदलियौ
जस्तो कि
क्षणमै घाम लागेर
क्षणमै बादल लागेर
क्षणमै कुहिरो लागेर
र,

क्षणमै पानी परेर
बेलायती मौसम बदलिइरहन्छ
त्यस्तै तिमी पनि बदलिइरहन्छौ –

 

Continue reading


‘खाजा कि हुर्मत’ ??

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

अपाङ्गता !
तिम्रो विवशता थ्यो
मेरो बाध्यता थे
बेलाबेला तिमीलाई देख्थेँ
जम्कामा मुसुक्क हाँसिदिन्थेँ
तिमी अप्ठेरो मानि मानि
लजाउँथ्यौ र तर्किन्थ्षौ कुनैबेला
म रबाफले रेष्टुराँमा भन्किन्थेँ
तिमी टुक्रिएका हातहरू हल्लाउँदै
खरिएर भौतारिन्थ्यौ
मेरा सजल आँखाहरू
तिम्रा निश्चल नजरहरू
किन ? कता कता हरमउँथेँ
म तिमीलाई मन पराउँथेँ
तिमी मलाई मन पराउँथ्यौ ।

 

Continue reading


म त फ्याँकिएको हुतिहारा . . .

Puspa, Joshi, kali, पुष्पा जोशी ‘काली’, pallawa, पल्लव

पुष्पा जोशी ‘काली’

म त फ्याँकिएको हुतिहारा बर्गको मान्छे अरे
त्यसैले त होला उनी चिल्ला गाडी चढ्छन
म उनैका तेहि चिल्ला गाडीको मर्मत गर्छु
उनी त्यही मैले मर्मत गरेका चिल्ला गाडी हुइकाउछन
म त्यही उनैका चिल्ला गाडी मुनि च्यापिदिन्छु
म त बहिस्कार भएको निच बर्गको मान्छे अरे
त्यसैले त होला उनी मन्दिर दर्शन गर्न जान्छन
म उनैका तेहि भगवानका मुर्ति बनाउछु
उनी त्यही मैले बनाएका मुर्तिलाइ भगवान ठानी ढोग्छन
म त्यही उनैका भगवानका मन्दिर बाट बाहिरिन्छु
म त इज्जत नै नभएको नाङ्गो बर्गको मान्छे अरे
त्यसैले त होला उनी प्रत्येक दिन नयाँ नयाँ काण्ड गरिरहन्छन ।

 

Continue reading


कुमारी अर्चनाके हिन्दी तीन कविताएँ

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमरी अर्चना

१) “घर घर शौचालय हो जाये तो”
जॉनी ने कहा अपने मालिक से
मैं टहलने के लिए जा रहा हूँ
इधर उधर चलते चलते
सेर भी हो जाएगी
मैं हलका भी हो जाऊँगा!

तुम भी तो पहले मेरे जैसे
घर से कोसों दूर दूर
जाया करते थे टट्टी करने के लिए !

सेर कर अपने स्वास्थ के साथ
दोस्तों से गप्पे मारा कर
मन का बौझ भी उतारते थे
पर अब तुम दो कमरे के एक कोने में–

 

Continue reading


अजाका दन्त्यकथाहरू

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

पाटीमा आजभोली
अजाहरू छैनन् र दन्त्यकथाहरू पनि छैनन्
रक्तपिण्डहरू
दन्त्यकथा सुन्नै चाहन्नन्
कोही भनिरहेछन्
शान्तिको साम्राज्य
मलाई कत्ति स्वीकार छैन
मेरा अजा
दश औला जोडेर
अझै ध्यानमग्न छन्
दूधपाटीको किनारमा उभिएर
अजा ब्यूँझेको हेर्न चाहन्छु
किनभने
उनले बुनेका सुकुल ,चकटी मनपर्छ,

 

Continue reading


“प्रिय मान्छे”

Saugat, Sangram, सौगात संग्राम, pallawa, पल्लव

सौगात संग्राम

प्रिय मान्छे,
तिमि यो मान या नमान
मेरो प्रेम अधुरो रह्यो
तिम्ले मलाई स्विकार्दा
तिमिले नै माया स्वरुप दिएका
हृदयस्पर्सि बचनहरु
आज एका एक अनर्थ लागिरहेका छन।

मेरो दिलमा कहिल्यै
गुलाव फुल्न सकेन
जुन तिमिले मलाई दिएकि थियौ,

 

Continue reading


कविताको यात्रामा निस्कदै छु ……

Sarala, Joshi, शरला जोशी , pallawa, पल्लव

शरला जोशी

कविताको यात्रामा निस्कदै छु,
कतै ठेस लागेर लडे भने ..
अवश्य आफै उठ्ने प्रयत्न गर्ने छु !!
बृध्दाश्रम को यात्रा
कविता को अर्को अंश …..
म धेरै दु:खी हुन्थे
हरेक सॉझ मेरै कारण
छोरा बुहारी बॉझी रहदा
हरेक बिहान मेरै कारण
छोरा बुहारीको
ठाकठुक पर्दा
म धेरै दु:खी हुन्थे –

 

Continue reading


 कोहि त होला

Dipendra, Khadka, दिपेन्द्र खड्का, pallawa, पल्लव

दिपेन्द्र खड्का

कोहि त होला माया लगाउने
‘मै मोरीलाई डोली चढाउने’ २
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

बैश चढेर पो हो कि
काउकुति मनमा जाग्छ
बादल सरी यो मन
आकाशमा उडी जान्छ
कोहि त होला नजर लगाउने
मै मोरीलाई डोली चढाउने
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

 

Continue reading


प्रफुल्लता

Prabha, Acharya, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

मानविय गुण स्वभाव बेग्लाबेग्लै हुन्छ
तर पनि आवश्यक्ता सबैको मिल्दोजुल्दो हुन्छ
जहाँ जुनसुकै वस्तुमा नयन त्यहाँ परिरहेको हुन्छ
त्यो कुरालाई खोजिरहेको हुन्छ
जुन पाउनका लागि भौंतारिरहेको हुन्छ
चमेली र चम्पाको सुवास मनले खोज्छ
आँखाको नानीमा राख्न पाए हुन्थ्यो भन्छ
असल बन्न हरदम प्रयास गर्छ ।
क्षमता शक्तिलाई प्रर्दशन गर्छ
सहि ठाउँमा ल्याउन धेरै मिहिनेत गर्छ
जब प्रयोग र अभ्यासले बानी पर्छ ।

 

Continue reading


पं. श्रीकृष्णेन्द्र (ईन्द्र) पाँडेका दुइ टुक्रा

 ‎Indra, Pandey‎ , श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे , pallawa, पल्लव

श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे

१) तराई मेरो पहाड मेरो
तराई मेरो पहाड मेरो
हिमाल मेरो देश् ।
बहुजाती बहु भेष् संस्कृती मेरो
नेपाल मेरो देश् ।।

कोई्लीको गीत छहराको संगीत्
गुञ्जिने मेरो देश् ।
गुँयेली प्याउली गुराँसहरु
फूल्दिने मेरो देश् ।।
छहरा पहरा लहराहरुले ,
मन् छुने मेरो देश् ।
युग् युग देखि स्वर्गै सरिको
मन् धुने मेरो देश् ।।

 

Continue reading


अनुभुती

Amit, Sangroula, अमित संग्रौला, pallawa, पल्लव

अमित संग्रौला

महसुस गरेर हेर्छु
मेरो यही आत्माभित्र
म कति आनन्दित हुन्छु
प्रफुल्ल हुँदै आत्माको नजिक पुग्छु
सक्तिन कहिल्यै क्रोधमा गर्न काम
मेरो आत्माको अनुरागी बनेर
नल्याउ ती कुराहरु जसले
मेरो मनलाई ठेस पुर्याउछ
चाहन्छु म सधैभरि
देशमा शान्ति कायम होस र
मानव सेवामा जीवन समर्पण गरुँ ??

 

Continue reading


“नंगी ही हूँ मैं”

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमरी अर्चना

नंगी ही हूँ मैं
कम कपड़ो में
बिन कपड़ो के
तो क्या हुआ
जब पुरूष हो सकते है
तो स्त्री क्यों नहीं?
वैसे तो हर कोई नंगा आता
और नंगा ही जाता है
बस नाम का कुछ बित्तों का
सफेद कफ़न जाता है
वो भी शरीर के साथ
आत्मा तो नंगी की नंगी रह जाती!

 

Continue reading


कमल

भलै” हिलो मै फुल्छ कमल …
तर्कि तर्की हिड्छ मान्छे तर

Sangii, Adhikari, Pokhrel, संगी अधिकारी पोख्रेल , pallawa, पल्लव

संगी अधिकारी पोख्रेल

आखाहरु त उस्मै लोलाएकै हुन्छन्
छुनै त गाह्रो टिप्नु कसरी
टाढै रहेर पनि कल्पनामा सांध्दै
ति परेलिले उसलाई बोलाएकै हुन्छन् ।।

भलै” हिलो मै खिल्छ कमल …
पबित्र मनले सजाएकै हुन्छ
कतै गितमा गुन्जिन्छ त
कहिँ शब्दहरू मा उनिन्छ
सिंचिन्छ आफै सवरिन्छ पनि
बस् मनका भाकाहरु त आखिर कजाएकै हुन्छ ।।

 

Continue reading


श्रीकृष्णेन्द्र (ईन्द्र) पाण्डे का तीन कविता

 ‎Indra, Pandey‎ , श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे , pallawa, पल्लव

श्रीकृष्णेन्द्र (ईन्द्र) पाण्डे

१) मेरो देश अहा छ सुन्दर …
(चित्रको बालक प्रति संरचना)
मेरो देश अहा छ सुन्दर अति , लोभ्याउने छन् छटा।
छन् पाहाड तराई औ प्रिय हिमाल्, छन् औषधीका बुटा।।
हाम्रा लागि फले यहाँ फलहरू, मीठास स्वादै गरी।
हाम्रै लागि बने कुवा र नद औ, फूल्मा सुवास्ले भरी ।।

लालीमा छरिंदो गुराँस भिरमा, फूल्दै गरेको यहाँ ।
बासेका सुमधुर् छ कोयलहरू, गुन्गुन् त भौंरा जहाँ ।।
हावाले नभमा र भुमी तटमा, दिन्छन् सितल्ता पन ।
मेरो देश रमाइलो रमणिय, आनन्दको दर्पण ।।

 

Continue reading


मर्मिडकि चेहरा

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

म समुद्र थेँ
समुद्र विहिन थेँ
तिमी समुद्र थ्याै
समुद्रमा थ्याै
हामी परी थियाैँ
तिमी जलको, म थलको !

म हेर्दथेँ तिम्रो चेहरा
उही चेहरा एेनामा
अाफैलाई देख्दथेँ घरिघरि
बालुवाको खगर छेउ
समालिन्थेँ अाफैमा
मृत नालाको खँगारभित्र
र, उड्दथेँ हिमालको काखमा ।

 

Continue reading