“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

 

Continue reading


भो अब म लेख्दिन कविता !

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

समय बोल्नुपर्छ कविताले
बन्द द्वार खोल्नुपर्छ कविताले
खै ?
न त बेलालाई बोल्न सके
न त दैलालाई खोल्न सके
केवल शब्दको रास भो साथी !
म अब लेख्दिन कविता ।
बाधालाई ठेल्नुपर्छ कविताले
अड्चनलाई पेल्नुपर्छ कविताले
तर खै ?

न त पन्छाउन सके बाटाका पहिरा
न त भत्काउन सके नाकाका तगारा
केवल मसीको नास भो साथी !
म अब लेख्दिन कविता ।

 

Continue reading


मिलन खतिवडा का जोर कविता

Milan, Khatiwada, मिलन खतिवडा , pallawa, पल्लव

मिलन खतिवडा

१) “गरिबीले लेखेको किताब”
पहिलो पानादेखि अन्तिम पानासम्म
दुख र पीडा लेखिएको किताब
गरिबीले लेखेको किताब
पहिलो पानामा जब एक गरिबको जन्म हुन्छ
च्यातिएको मैलो पुरानो थाङ्नोमा सुतिरहदा
दुलै दुलो परेको छानोबाट
गर्मीमा घामका किरणले गिज्याउछ्न्
जाडोमा सितका थोपाले गिज्याउछन्
अनि बर्षातमा पानीले
दोस्रो पाना बाल्यकाल बडो कठोर छ
धनिका छोराछोरीले
फेरि फेरि जुत्ता लगाउदा
ऊ चुडिएको हात्तीछाप चप्पलमा
प्याट प्याट आवाज निकाल्न प्रयास गर्छ  ।

 

Continue reading


“तलब”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

म हरेक पटक तलब थाप्न जाँदा
आँखाबाट आँसुका धारा बगाउँछु
किनकी
मेलै मेरा आमाबुबालाइ
त्यो च्यात्तिएको सिरक ओढेर
पुसमाघको जाडोमा काँप्दै सुतेको देखेको छु,

अनि मलाइ त्यो दिन पनि याद छ
जुन दिन आमाले मलाइ
टीका लगाएर बिदाइ गर्दा
आँखाबाट तप्प तप्प आँसु झारेकी थिइन,

तर मैले उनलाइ आँसु नझार भन्न सकिन–

 

Continue reading


“रातो कागज”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

एकदिन,
म घुम्दैफिर्दै एउटा गाउँमा पुगेँ
गाउँको न त नाम नै थाहा छ मलार्इ
न त जिल्ला नै,

पुगेँ म सोही गाउँको एउटा निर्जर चउरमा
र हेरेँ नियालेर ती लडेका छानोहरुलार्इ
अनि फेरि हेरेँ ती बाझोँ खेतहरुलार्इ,

कवि त होइन म तर
मेरो मगजमा कविता फुर्यो र
म कविता लेख्न तयार भएँ तर अफसोच
गोजिमा कलम मात्र रहेछ कागज बिना नै,

 

Continue reading


“फुर्सद”

Trilochan, Subedi, त्रिलोचन सुबेदी, pallawa, पल्लव

त्रिलोचन सुबेदी

हतार
उस्लाई हुन्छ
जस्लाई पाउनाका लागि काल पनि
निराहार ब्रत बसिरहेको हुन्छ
जो मृत्युका लागि छट्पटाईरहेको हुन्छ
हतार उस्लाई हुन्छ जो दुर्घटनामा परेकोहुन्छ
रगतले उस्लाई छोडिरहेको हुन्छ
उस्ले रगत खोजिरहेको हुन्छ
स्वास लिनलाई मान्छेले
कहिल्यौ हतार गर्दैन –

 

Continue reading


जयन्ती मगर सरगम जोर कविताः

जयन्ती मगर सरगम

१) ‘हो छोरी! अब जन्मिनुपर्छ तिमी’
छोरी !
मलाई सुन्दैछौ तिमीले ?
नहतारिनु तिमी अहिल्यै
तिम्रो आगमनमा उघारिनेछ
क्षितिजको पर्दा
डग्मगाउँनेछन् पहाडका छाती
र खुल्नेछन् हिमालका सौन्दर्य
बलात्कार गर्नेछन् तिमीलाई
तिम्रो चित्कारको बेवास्ता गरी
छियाछिया पार्नेछन् तिम्रो यौनांग
लुछ्नेछन् तिमीलाई गिद्धहरुले लुछेसरी
हुनेछन् तृप्त तिम्रो रगतका धाराहरूमा–

 

Continue reading


‘बुझ्दैनन् मेरो कविता…’

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

लाली गुराँसलाई मधेशको
टंटलापुर घाममा
फुलाउन खोज्नेहरू,
सुनाखरीलाई
मधेशको कालो ठूटोमा
फक्राउनखोज्नेहरू,
हाँसको बथानमा
बकुल्लो मिस्नखोज्नेहरू,
कोठे लुंगी लगाएर
काँड़े तारबाट छिर्नेगरेको
रेल लाइनको दुइपट्टि टुक्रुक्क बस्ने,
हात टेकेर भात खाने,

 

Continue reading


‘टल्कने चम्चा’

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

मानिसहरूको भीडमा
मानिसहरू थे चापाचाप बीच
उच्च रक्तचापका मनोरोगीहरू
ढलिरहेथे अप्रत्याशित निर्णयहरूसँग
अाँखा रसाइरहेथ्यो, स्वर बर्बराइरहेथ्यो
मुहारमा पोतिएका फुस्रिला कलेवरसँग !
इमान्दारको व्यथा !
उदाश बन्थ्यो जिन्दगीको
अाशातित भविश्यहरू.सँग
चम्चाहरू बजिरहेथे, बजिरहेथे –

 

Continue reading


“युगका स्वरहरू”

Uttam, Limbu ,उत्तम लिम्बू, pallawa, पल्लव

उत्तम लिम्बू

चुल्ठोमा सिउरेर चमेली
गुराँस आफ्नै मात्र नभन्नु
छातीमा राखेर पहाड
हिमाल आफ्नै मात्र नभन्नु
हत्केलामा बोकेर माटो
देश आफ्नै मात्र नभन्नु ।
देश नभएर पनि
खुशी छन् बादलका लस्करहरू
देश नभएर पनि
स्वतन्त्र छन् चराका हुलहरू
देश नभएर पनि
हाँसेका छन् फुल नभनिएका फुलहरू ।

 

Continue reading


भीरको छवि

Prakash, Koirala, प्रकाश कोइराला, pallawa, पल्लव

प्रकाश कोइराला

मरेकोलार्इ के मार्छौ ?
कात्रो वा माटो पाउँछौ ?
जन्मभूमि रिसमा चुप छ
ज्यूँदो वा मूर्दा के गाड्छौ ?
धत् ! जूनखोर !!
सडेकोलाइ के मार्छौ !!

मान्छे तिम्रो टट्टु हुन सक्छ
तर मान्छेको प्रयोग नगर्नु
किनकी मस्तिष्क गधा हुँदैन
गधा तिम्रो मस्तिष्क हुँदैन
डुबेकोलाइ के डुबाउछौ ?

 

Continue reading


नारी वेदना

Bhawani, Timalsina, Neupane, भवानी तिमिल्सिना न्याैपाने, pallawa, पल्लव

भवानी तिमिल्सिना न्याैपाने

तिमी बातबातमा
मलाई तर्साउदै
लात बर्साउँदै
भन्छौ थुक्क पशु !
तर तिमिलाई थाहा छैन होला
सायद,
तिमीभित्र एउटा यस्तो पशु छ
जो विनाकारण
विना गल्ती
मसँग सिँगौरी खेल्न आईरहन्छ
अब भन म पशु कि तिमी ?

 

Continue reading


*टुटेको प्रेम*

Suman, Hulaki, सुमन हुलाकी, pallawa, पल्लव

सुमन हुलाकी

मेरा हरेक हरफहरू तिम्रै
आवाज भये झै
मेरा ओठहरूको प्रतेक
चाल तिम्रै पुकार भये झै
खास ती तिम्रा शब्दहरू
मेरै लागि समर्पित हुन्थे भने।
आ आफ्नै ठाउमा अर्जुन र कृष्ण
बनी बसेका तर
कहिले पनि महाभारत रच्न नसक्ने सुर्य र चन्द्र जस्तो
जीवन हाम्रो कदापी
हुदैन थियो होला।।

 

Continue reading


स्वर्ग हेर्न आऊ

DP, Pokhrel, डिपी पोख्रेल, pallawa, पल्लव

डिपी पोख्रेल

मलाइ मरेर स्वर्ग जानू छैन
किनकि म स्वर्गमा जन्मिए
यहि स्वर्गमा पढे बढे
म यहि स्वर्गमै हुर्किए ।

डाडा, पाखा, खोला, नाला
अनि सुन्दर हिमाल हेर्न आऊ
जीउँदै स्वर्ग देख्ने रहर भए
आउ मेरो नेपाल हेर्न आऊ

 

Continue reading


“म डुब्दो घाम हुँ”

Saugat, Sangram, सौगात संग्राम, pallawa, पल्लव

सौगात संग्राम

म क्षितिजमा छु
तिम्रो र मेरो छुट्ने बेला भैसकेको छ
ओहो!तिमि त अझै टाढा रहेछौ
मलाई सजिलै भुलिदेऊ
म डुब्दो घाम हु।

तिमि आफैमा एउटा सुन्दर फूल हौ
तिमिलाई कहिल्यै
तातो किरणहरूले नछोओस
छोएपनि दाग नलगाओस
दाग लागे पनि
घायल नबनाओस
घायल बनाए पनि
म जस्तो नबनाओस
म त जति जल्नु जलिसकेको छु
किनकि
म डुब्दो घाम हु।

 

Continue reading


गुहार देऊ गुहार !

Loknath, Bhushal, Ghayal Shree, Sahitya, Aangani, लोकनाथ भुषाल ‘घायलश्री’ , pallawa, पल्लव

लोकनाथ भुषाल ‘घायलश्री’

साहित्य आँगनी 
जन्मेको केही महिनामा
आमा मरिन्
म टुहुरो मात्र भइँन
समाजको आँखी पनि भएँ
समाजले भन्यो- मेरै कारणले आमा मरेकी रे !
कसरी ?
म त मूल्याहा पो रहेछू !
मेरो नामै राखियो “मूल्याहा”
मेरो नाम बिगार्ने अधिकार कस्ले दियो समाजलाई ?
गुहार देऊ गुहार !

 

Continue reading


खेती गर्नेहरू

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

व्याकुल चरा झैं
भौंतारिएर हिंडे थे
ती दुष्टमतिका पतिताहरू
आकाशका सन्ध्यासम्म ।
हरेक वर्ष वर्षिन्थ्यो वर्षा
हावा हुरी आउँथे हरेक साल
सज्जन मानिसहरूका बीचमा ।
मौसम हुन्थ्यो, फेरिन्थ्यो आफै
खेतिपाती गर्नेहरूको नामबाट
हाट बजारका बजारूहरू सँग ।
खेतिपाती गर्नेहरू !

 

Continue reading


रवि र कवि’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

हे रवि!
तिमी,माथि आकाशमा छौ
म,तल पृथ्वीमा
तिमी जे देख्छौ
म देख्दिन
म जे देख्छु
तिमी देख्दैनौ
देख्नुपर्छ तिमीले
जे म देख्छु
देख्नुपर्छ मैले पनि
जे तिमी देख्छौ
रवि !

 

Continue reading


“छोरी”

Buddhi, Sagar, बुद्धि सागर , pallawa, पल्लव

बुद्धि सागर

नाम : छैन
उमेर : तीन महिना
ठेगाना : गर्भ
समाजले छोरी भनेकी
म चाहेर पनि जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै
पत्तो लगार्इ दियो
कि म छोरी भन्ने
अनि त घरमा कलह
आमालाई त सायद म प्रति
प्रेम नै थियो होला
तर बुवा आमै माथि खनिन्थे–

 

Continue reading


‘उ मेरी फेस्बुक कि पृयसी’

जीवन भट्टराई

जीवन भट्टराई

प्रतेक पल मोबायल को सिसा मा टल्कन्छे
प्रतेक रात को मासमास मा छाउँछे
कतै पिर मा पो परि कि लाग्यो खुलदुली
आईन आज भएँ धरासाही
उ मेरी फेस्बुक कि पृयसी।।

अनि,
मध्य रात मा बिउँझिन्छु
ठोकिन्छ्न मोबायल मा नजर
हेर नजर भरी उसकै प्रतिबिम्ब
अहो मेरी जीवन कि हितैसी।
उ मेरी फेस्बुक कि पृयसी।।

 

Continue reading