गोम बिक्रमका पाँच मुक्तक

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक- १
सीधा- सादा जनतालाई, मुटुभित्रको काँडो भा’छ
पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा’छ
देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी
हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा’छ ।

मुक्तक-२
घरको सानो किचलोले, पनि बालिए टायरहरू
विरोध, बन्द, कर्फ्यु लागे, भए हवाई फायरहरू
वेथिति यति बढ्दै भए, खराब कुरा चढ्दै गए
सबको भण्डाफोर गर्न, खटिनु पर्यो सायरहरू ।

 

Continue reading


सिर्जना शर्मा का केही टुक्राहरू

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

अचेल हजारौं सपना बुन्दै घरमा पाइला टेक्छु
सन्तान भेट्ने आशमा बा को आखामा खुसी भेट्छु
मलाई मेरा दाजुहरूको सम्झना बेहद हुन्छ साथी
जब म घरको आगनको डिलमा सयपत्री देख्छु !!

लागेको थिएन यस्तो जात्रा गर्न सक्छौ
पठाइदिन्छु को संग वार्ता गर्न सक्छौ ?
कति सजिलै मलाई बिर्सी दिनु भन्यौ
के मेरो सिङ्गो मुटु फिर्ता गर्न सक्छौ ?

 

Continue reading


लक्ष्मण पौड्याल का केशी मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

जीवनको लक्ष्यमा नपुगि बिचैबाट नफर्क
समस्या धेरै आउँछन् तर कतैपनि नतर्क
यी दुई कुरालाई मनमा धारण गऱ्यौ भने
जित अवश्य तिम्रो हुनेछ कसैसँग नझर्क ।

तिम्रो साथमा हुँदा आफूलाई भुली दिन्छु
रहेका दिन सम्पूर्ण तिमीसँग डुली दिन्छु
कतै दिई हाल्छ्यौ कि धोका भन् डरले
खुला हृदयले तिम्रो काखमा झुली दिन्छु ।

 

Continue reading


शान्ति अधिकारी पोख्रेल का केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

साथ दिन्छु भन्छन् जङ्घार काट्न नसक्नेले
जिन्दगीमा आउने दु:ख साट्न नसक्नेले
रुपको बयान कति कति तनको प्यास मेट्न
लाउछ्न् धक्कु कुनै कुरा आट्न नसक्नेले ।।

सधै भरी कसले कसलाई के दिन सक्छ र ?
मनमा माया भा’को मान्छे तर्किन सक्छ र ?
सोचे जस्तो नहुँदैमा संन्सार डुब्यो भन्नेहररू
स्वम उसले अरुको गुन सम्झिन सक्छ र ?

 

Continue reading


Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

१. मुक्तक
भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ!!

२.मुक्तक
भाग्य मेटियो मेरो, ऊ पर सर्न थालेपछि
जिवन बेचियो आज, गुलामी गर्न थालेपछि
साच्चै मैले त तब मात्रै, यो जिन्दगी बुझेको हुँ
यी नयनबाट सधैं आँसु, थोपा झर्न थालेपछि !!

 

Continue reading


मोहन चतुर्वेदी का केही मुक्तकहरूः

Chaturvedi, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

मन हो शान्ति मन हो कान्ति मन नै सुन्दर
मन हो क्षान्ति मन हो भ्रान्ति मन नै सुन्दर
समुद्र मथे जे पनि मिल्छ दानव देवता
मन हो क्लान्ति मन हो क्रान्ति मन नै सुन्दर ।

मनको कुरा मनमै जम्छ आतुर सम्ममा
मनको छुरा मनमै गड्छ आतुर सम्ममा
आत्मवत् भन्ने उक्ति पुस्तकमा मात्र पढ्ने?
मनको धुरा मनमै घुम्छ आतुर सम्ममा ।

 

Continue reading


राजन गिरीका केहीमुक्तक हरूः

Rajan, Giri, राजन गिरी, pallawa, पल्लव

राजन गिरी

चिया नमिल्दै भुर्इँ मा गिलास फुटे पछि
मायाँ बसेको रेल आँखा अघि छुटे पछि
दिलै मान्दैन निकै याकुल ब्याकुल हुन्छ
बर्शौँ पछि मायाँको त्यो जन्जिर टुटे पछि ।।

साथी
तिम्रो पाएँ जिन्दगीमा असल साथी बन्न
सक्ने भए भन्थ्येँ तिमीलार्इ मुटु खोलेर भन्न
उजाड त्यो मरुभूमि को धर्ति भिजे जस्तै
भा’छ तर सक्या छैन यि खुसि हरू गन्न ।।

 

Continue reading


मिना श्रेष्ठ ‘सबिना’ का केही मुक्तकहरूः

Sabina, Mina, Meena, Shrestha, मिना श्रेष्ठ ‘सबिना’, pallawa, पल्लव

मिना श्रेष्ठ ‘सबिना’

म तिम्रो मन मा बस्न सकिन भने हटाउदा हुन्छ
फेसबुकमा पनि बस्न लाइक नहुदा घटाउदा हुन्छ
जति बेला मेरो खाचो पर्छ सम्झनु तिमिले मलाइ
फ्रेनलिस्ट मा राख्न योग्य छुइन डाडै कटाउदा हुन्छ ।

गन्तव्य को यात्रामा तिम्रो मन बाट घटेको छु
तिमी जस्तै निसठुरि यो ठाउमा भेटेको छु
अटाउन सकिन आज तिम्रो मुटु सानो रैछ
हजारौं खुसी लाई आज मैले रेटेको छु ।।

 

Continue reading


बिर्खे अन्जानका कही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कैले यता ढल्की बोल्छौ,कैले उता टल्की बोल्छौ
जस्ले हाल्छ मीठो घाँस उस्कै पक्ष पल्की बोल्छौ
न्याय निसाफ धर्म सबै दिएर नै तिलाञ्ली
जता चल्छ हुरी उतै आगो जस्तै सल्की बोल्छौ ।

मौका छोप्दै अग्रगामी पाइला मेरो रोक्न खोज्छन्
भेट्यो भने ज्यू हजुर मित्र सबै बोक्न खोज्छन् ।
भन्न मात्रै तेरो निम्ति ज्यानै दिन्छु भन्छन् तर
आँखा छल्दै तिनै ब्यक्ति कन्चट ताकी ठोक्न खोज्छन् ।

 

Continue reading


सृजना कोइराला का एकदर्जन मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

१.
माइलौँको यात्राको सुरुवात पाइलाबाटै गर्नुपर्छ
कुराले हुँदैन कायापलट काममै अघि सर्नुपर्छ
अमूल्य जीवनलाई सार्थक बनाउनका लागी
धर्तिरुपी यो सुन्दर बागमा सत्कर्महरू छर्नुपर्छ ।
२.
सुन्दर फूल फुलाउनु छ यही स्वदेशी माटोमा
अविनासी सिमारेखा कोर्नुछ दुस्मनको बाटोमा
दैवको अज्ञात खेलसँग रत्ती डर मान्ने छैन
स्वाभिमान डग्ने छैन जीवनको कुनै पाटोमा ।

 

Continue reading


सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma, सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

पाइला टेक्नुपर्ने रहेछ साथी भिरमा पनि
बाधेर हिडेकी छु कफन आज शिरमा पनि
जिन्दगी जिउँदै गर्दा मैले मुस्कुराउन सिकें
जसरी आमा मुस्कुराउनु हुन्थ्यो पीरमा पनि !!

अचेल हजारौं सपना बुन्दै घरमा पाइला टेक्छु
सन्तान भेट्ने आशमा बा’को आँखामा खुसी भेट्छु
मलाई मेरा दाजुहरूको सम्झना बेहद हुन्छ साथी
जब म घरमा आगनको डिलमा सयपत्री देख्छु !!

 

Continue reading


अम्बिका अधिकारी का केही मुक्तकिय टुक्रहरूः !

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

बोलेको छु मिठो वोली पाप छैन जिन्दगीमा
माया प्रिती लाउन कर काप छैन जिन्दगीमा
भिख मागी हीड्दा तिमी मजाक उडाउंथ्यौ
अव आशा मारेको छु स्राप छैन जिन्दगीमा ।

स्वार्थिहरूले आफ्नै सम्बन्धमा चोट पुर्‍यउँदा रहेछन्
आफ्नैदुनो सोझ्याउँन आफन्तमा खोट पुर्‍यउँदा रहेछन्
सधैँ सम्मान गर्दा गर्दै अपमानको भारी बोकाएर
सदैव आफ्नै मा रुवाउँने अठोट पुर्‍यउँदा रहेछन् ।।

 

Continue reading


शान्ति अधिकारी का केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

हेर्ने मन नहुँदा नि नजर जुध्यो म के गरौं
जवानीको हावा भन्थेँ आँधी उठ्यो म के गरौं
तड्पाएको आरोप लाग्ला भनी रोके आफूलाई
सपनीमा उठाउन सम्झना पुग्यो म के गरौं ।।

कुरा मात्र धेरै भयो काम गरौं अब
निरासाको खेती हैन आसा छरौं अब
यस्ले अनि उस्ले गर्ला भन्ने बानी त्यागी
उदाहरण बन्न आफै अघि सरौं अब ।।

 

Continue reading


हिरा खड्का अधिकारी का केही मुक्तकहरूः

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

रातले खोज्छ सधैंभरी पूर्णिमाको जूनलाई
बतास आई लगे हुन्थ्यो मेरो खबर उनलाई
किन किन माया टाढा हुँदै गयो आजभोली
कुन जुक्ति लगाउँ मैले उनको मन छुनलाई ।।

एकाबिहानै नभेटाउने खबर पठाएछ
बन्द खाममा अक्षरको जहर पठाएछ
भत्काएर विश्वासका महल जति सबै
केवल उसले घातै घातको घर पठाएछ ।।

 

Continue reading


रूपा रिसालका का केही टुक्रा

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

गीति कविता :
वर्षमा दिनको वडा दशैंले हर्षोल्लास ल्यायो,
पारी घरको डाँडामा हेर दाजुभाउजु बोलायो !!

सुनसान रहने छहराले पानी मीठो पल्कायो,
वर्षमा दिनलाई नविर्सने माया पिरती सजायो !!

दिनहुॅ लात्ती हान्ने पृथ्वीलाई पिङले बिसायो
नातागोताको आदर स्नेहभाव दिलमा समायो !!

 

Continue reading


लक्ष्मण पौड्याल का केही मुक्कतकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

तिम्रो बाटो हेर्दा हेर्दै तन्तुहरू थाकिसके
देख्दिन कतै तिमीलाई नयन पाकिसके
भो अब चै प्रतीक्षा गर्दिन तिमीलाई सानू
अनुहार सबै यहाँ दाह्रीहरूले ढाकिसके ।

यो संसारमा तिमी रमाएर के गर्छौ
दुनियालाई ठग्दै कमाएर के गर्छौ
एक दिन सबै छोडी जानु पर्ने छ
केही क्षणको लागि जमाएर के गर्छौ ।

 

Continue reading


बिर्खे अन्जान का केही मुक्ताहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

मौन बस मनको बह फोएपछि केके हुन्छ
ममताको स्पर्शले धोएपछि केके हुन्छ ।
सल्बलाउँछन् हातहरू धैर्यताको बाँध फुट्छ
नबोलाउँनू नजिक कैले छोएपछि केके हुन्छ ।।

नानाभाँती कुरा अनि शङ्का मात्रै गरिरन्छे
भेटेपछि माया होइन आँखा मात्रै तरिरन्छे ।
सङ्घर्ष हो जिन्दगानी कैले उस्ले बुझ्ने होला
घुक्कघुक्क कोक्कीएर आँसु मात्रै भरिरन्छे ।।

 

Continue reading


टेकनारायण रिमाल”कौशिक” का आधा दर्जन मुक्तकः

Tek, Narayan, Rimal, Kaushik, टेकनारायण रिमाल ‘कौशिक’, pallawa, पल्लव Manma,

टेकनारायण रिमाल ‘कौशिक’

नमस्कार
नमस्कार सबै मेरा देव-पितृ-गुरुकन
नमस्कार सबै मेरा आफन्त र अरुकन
यी दुवै हात जोडेर मुस्कुराएर प्रेमले
नमस्कार सबै मेरा फेबु मित्रहरूकन ।।१।।

जायज़
आमा राष्ट्रपति प्रफुल्ल मनले आशीष दिन्छिन् लिनू
नाना भाँति भनी विवाद गरिने कौटिल्य छाडीदिनू
आमाका अगि टेक्न जायज घुँडा राजा भए तापनि
नाना शास्त्रहरू पढी बुझिलिनू आचारमा बाँधिनू ।।२।।

 

Continue reading


गजल

Saraswati, Pant, सरस्वती पन्त, pallawa, पल्लव

सरस्वती पन्त

स्याउ बेचेर सराब किन्ने मै त हु,
असल त्यागेर खराब किन्ने मै त हु ।

जब गोरस बेस्वादिलो लाग्न थाल्यो,
स्वादिलो पान पराग किन्ने मै त हु ।

टिक्नसके त फाइदा छ राजनीतिमा,
देश बेचेर नी जहाज किन्ने मै त हु, ।

 

Continue reading


मोहन राज खनाल का केही मुक्तकहरूः

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

हाम्रो गौरव नेपाल जस्तै बर्मेलीको आगनमा
हाम्रो सौरव हिमाल जस्तै बर्मेलीको आगनमा
स्वच्छ शान्त बुद्ध भूमी स्वयंभूको दर्शन
हाम्रो गौरव श्री नाथ जस्तै बर्मेलीको आगनमा ।

हाँसे पनि हामीनैंहौं रोए पनि हामी
नाचे पनि हामीनैंहौं गाए पनि हामी
सुख दुख तातो छारो जीवनी माया
लाए पनि हामीनैंहौं छाए पनि हामी ।

 

Continue reading