शाया मोक्तान थिङ को केही मुक्तकहरूः

Shaya, Moktanthing,शाया मोक्तान थिङ, pallawa, पल्लव

शाया मोक्तान थिङ

गरिबी को कारण उपचार बिहिन बिरलै जनता मर्छन
मोजमस्ती नेताकै रुघा लाग्दा बिदेशमा उपचार गर्छन
जिउन कठिन छ गरिबी को जीवन मर्न पनि त गार्‍हो
कठपुतली बनाइ नचाए जनता नै चुनावमा पाउ पर्छन ।

ओइली सकेको फुलको डाली भाँचेर के फाइदा
सङ्गाल्दा सङ्गाल्दै पोखिजाने माया साँचेर के फाइदा
फर्किन्छ कि तिम्रो मन भनी बाटो कुर्दा कुर्दै पनि
ब्यर्थ हुन्छ भने मेरो कुराइ , म बाँचेर के फाइदा ???

 

Continue reading


आशा लिम्बु का केही मुक्तकहरूः

Asha, Limbu, आशा लिम्बू , pallawa, पल्लव

आशा लिम्बुू

छोरी,पत्नी,बुहारी.आमा,सासूमा विभाजित छ नारी
कष्टमय जिम्मेवारी वहनभित्र आजित छ नारी
मन् सदा समर्पित मैदानमा जिताएर अरुलाई
उमङ्ग खुसीको युद्धबाट सधै पराजीत छ नारी I

प्रथमत: नारी उत्पीडन बन्द हुनु पर्छ
पुरुष महिलाको हक अखण्ड हुनु पर्छ
दायित्व निर्वाह बराबरी छोरीछोरालाई
भेदभावका भेदीहरूलाई दण्ड हुनु पर्छ I

 

Continue reading


कल्पना घिमिरेका एक दर्जन मुक्तकहरूः

Kalpana, Ghimire, कल्पना घिमिरे, pallawa, पल्लव

कल्पना घिमिरे

कोमल मन ममताको खानी बनेर
आराम गर्न पल्टिँदा सिरानी बनेर
उदाउनु छ झलमल्ल सत्यकर्म गरी
पाशाङ, सीता, भृकुटी झैँ बिहानी बनेर ।

दमन होइन समस्याको हल हुनुपर्छ
सबै बसि निर्णायक छलफल हुनुपर्छ
बिभेदकारी नीति लाई पाखा लगाउन
आपसमा शिक्षक हरू सबल हुनुपर्छ ।

 

Continue reading


सन्ध्या सापकोटा का एक दर्जन मुक्तकहरूः

Sandhya, Sapkota, सन्ध्या सापकोटा, pallawa, पल्लव

सन्ध्या सापकोटा

लाग्छ यिनै चिज बारम्बार न’भइदियोस् ,
जिन्दगी फसाउने कारागार न’भइदियोस् ।
सधैं भरि पारदर्शी भएर टल्कने र फुट्ने ,
ऐना सँग तुलना मेरो निधार न’भइदियोस् ।

पुरुषले झैं मातापिता पाल्न सक्छिन् नारीले ,
प्रगतिशील पाइलाहरू चाल्न सक्छिन् नारीले ।
नारीलाई कहिल्यै कमजोर नठान्नुस् समाजमा ,
अन्धकारमा ज्ञानको ज्योति बाल्न सक्छिन् नारीले ।

 

Continue reading


उमा दाहालका केही मुक्तकहरूः

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

बिजुली चोरलाई पक्रिएर राम्रै काम गरयौ
भ्रष्टाचारको बीउ चै हरेक संस्थानमा छरयौ
कमिसनको खेल पनि चाडैं बन्द गरे हुन्थ्यो
नातावाद र कृपावादको बिकास तिरै सरयौ ।

हिलो सगै रमाएर कमल भई फुले
तेहि फुलको सुगन्धमा मौरी बनी डुले
तिम्रो चोखो माया बिशाल थियो त्यहाँ
तेसैले त त्यहीँ फुलको सोभा बनी भुले ।

 

Continue reading


आस्था निरौलाका एक दर्जन मुक्तकहरूः

Aastha, Niraula, आस्था निरौला, pallawa, पल्लव

आस्था निरौला

सयौ जुनि सम्म तिम्रै हुँ भनि परिभाषा गर्न खोज्दा
साँचो प्रेम विस्वासमा अडिन्छ भनि आशा गर्न खोज्दा
खै कुन्नि कतिबेला छोडेर गयौ पत्तै पाइन निस्ठुरी
तिम्रो त्यो मन के रहेछ भनि जिज्ञासा गर्न खोज्दा ।
मुक्तक-१
शहिद रोएका छन् देशमा सीमाना मिचेको देखेर
दुई पैसाको लोभमा नेताहरू बिकेको देखेर
ती वीर पुरूषले जोडेको प्यारो नेपालमा आज
दिन प्रति दिन भष्ट्राचार र बलात्कार बढेको देखेर ।
मुक्तक -२

 

Continue reading


कल्पना पौडेल ‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

अबिरल बगिरहे यि अश्रुधारा तिमी गए देखी आँखाहरु बाट
तर यादहरुलाई निस्किन दिहिन मुटुको कुना कुनाहरु बाट
जीवन छ र पो अनुभुती छ मलाई साह्रै तिम्रो खाँचो छ प्रिय
बुझे मैले जसरी तिम्ले पनि बुझ न जलिरहेका चिताहरु बाट ।
(१)
विनासकारी भूकम्पले देश भरी नै बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
हाम्रो लागि २०७२ इतिहासमा कालो साल भयो ।
(२)

 

Continue reading


संगी अधिकारी पोखरेल का केही मुक्तक:

Sangee, Sangi, Adhikari, Pokharel, संगी अधिकारी पोखरेल, pallawa, पल्लव

संगी अधिकारी पोखरेल

घर याद आउँछ आमा, आफ्नै शहर याद आउँछ !
भाग्य टिप्न आतुर फगत, त्यो रहर याद आउँछ !
जब-जब धड्किन्छ दूर जगत् मा देश सँगै परिवार;
तब हुटहुटीमा हेलिएको, छली पहर याद आउँछ !

यादहरूको गाँठो बढ्छ मुटु बिझाउँछ !
चिमोट्छ तिम्रै झझल्कोले गह भिजाउँछ !
शुन्य छ घर, मौन छन् बा र बहिनी यहाँ ;
आँखा सधैं अनिदो छन् छोरा रात निदाउँछ !

 

Continue reading


उर्मिला पोखरेल का केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa, पल्लव

उर्मिला पोखरेल

हे भ्रष्टहरू हो मर्दा खाली हात जानू पर्छ !
सुन,पैसा हैन आखिर अन्न नै खानु पर्छ !!
किन गर्छौ धोका,अधर्म बुझन बुझ आखिर;
आफू मरेर जादा पाप हैन पुन्य लानु पर्छ !!

नेताहरूको चाकडि र चाप्लुसीमा अपराधी मिसिए हजुर !
सर्वसाधारण जनताहरू गहुँको घुन जस्तो पिसिए हजुर !!
हजारौं हजर मारिएर गणतन्त्र ल्याउन त ल्याए तर के गर्नु?
ति जनता नै अन्याय र अत्याचारको भारीले थिचिए हजुर !!

 

Continue reading


शिव कार्कीका केही मुक्तकहरूः

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

सँधै सँधै एकान्तमै कल्पनाको खेती
गरी हिड्छु आज भोली म त मरीमेटी
नचाहीने लगानीनै बिउँ अनि मलजल
न सरकारको कर तिर्नु छ न कसैलाई भेटी ।

सोह्रै सिंगार सजिएर घुम्टो भित्र लजाउँदै
मै बसुला आगनीमा आऊ है डोली सजाउँदै
इ्न्द्रेणीका सातै रंग सँगै मिठो माया मिसाई
आऊ है मेरो दिलको राजा पञ्चेबाजा बजाउँदै ।

 

Continue reading


निकुञ्ज अभ्यासमाला: ३६५

निकुञ्ज अभ्यासमाला: , pallawa, पल्लव३६५

निकुञ्ज अभ्यासमाला

विषय :- श्रुत्यनुप्रासमा स्वतन्त्र लेखन
छन्द:- स्वेच्छिक
सङ्कलन: पारसनाथ आचार्य
यता फर्कने छन् उता फर्कने छन्
जता हेर कर्तव्यमा तर्कने छन्
विना वृष्टिकाे गर्जने व्याेम जस्ताे
कुनै चर्कने छन् कुनै झर्कने छन् ।।
-हाेम सुवेदी

हेरेर कविता लेखूँ केरेर कवि ता हुने।
घेरेर भाव के लेखूँ फेरेर भाव के हुने।।
सुनेका कविता हुन्छन् चुनेका सविता बनून्।
बुनेका कविता माला उनेका कविता भनून्।।

 

Continue reading


कला भण्डारी का केही मुक्तकहरूः

Kala, Bhandari, कला भण्डारी, pallawa, पल्लव

कला भण्डारी

भो भो मलाई चाहिदैन, तिम्रो सुनको चुरा
मेरो सामु आई तिमी, नगर भो ठुलो कुरा
गरिबीमा हुर्कियकी मलाई यस्तै ठिक छ
धनको घमण्ड गरि, चलाउँछौ मलाई छुरा

साँचो माया गर तिमी जहाँ पनि टिक्छ
बोल्नेको त ए हजुर पिठो पनि बिक्छ
घमण्डले भरिएर ठुलो कुरा गरि नभन
अनपढै भएर नी सुनेपछि जस्लेनि सिक्छ ।

 

Continue reading


देवी त्रिपाठी कान्छी का केही मुक्तक हरूः

Devee, Tripathi, DT Kanchhi, Pokhara, देवी त्रिपाठी कान्छी, pallawa,पल्लव

देवी त्रिपाठी कान्छी

मुटुमाथि ढुङ्गा छ नै, ढुङ्गामाथि आफू
कस्तो धनी बन्नुपर्ने हो बुङ्गामाथि आफु
जिन्दगीको तालतलैया तर्न सक्छु कि नाइ??
अरु कोहिको जिन्दगीको डुङ्गामाथि आफू ।

पहिलाप्रथम आफू पनि सुल्टिएर हेर
जन्ताका पिर जन्तासितै गुजुल्टिएर हेर
यस अघिका सारा कुरा उल्ट्याउदै जाने भए
आफ्ना पनि काम कार्वाही उल्टिएर हेर ।

 

Continue reading


गोम बिक्रमका केही प्रेमील मुक्तकहरूः

Gom, Bikram, Palpa, गोम बिक्रम,pallawa, पल्लव

गोम बिक्रम

मुक्तक-१
एकान्तमा कल्पी बसेँ, तिम्रै तस्विर आउन थाल्छ
निरश लाग्दो जिन्दगीमा, पनि उमङ्ग छाउन थाल्छ
जुध्दा नयन डर लाग्छ, सम्झौता गर्न कर लाग्छ
एकीकरण गरुँ मुटु, बेग्लै माया लाउन थाल्छ ।

मुक्तक-२
आफ्नै मुहार हेरि-हेरि, बितायौ कति पलहरू
पर्खिन्छ कहाँ जवानीले, बै‌सले गर्दा छलहरू
सधै खुशी नि रहँदैन, कर्म आफ्नै हातमा छैन
अधुरै होलान् सपनाहरू, आँखामा छाए बादलहरू ।

 

Continue reading


रामराजा तिमिल्सिना का केही रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) काव्य
यात्रा यो वनभोज रम्य हुन गो साथी र सङ्गी मिल्यौँ
च्वाडी पब्लिक ब्याजको सफलता सो सार गर्मी निल्यौँ
मायाँ प्यार बसाउँदै हृदयमा नाच्यौँ र गायौँ रम्यौँ
मीठो वात गर्यौँ नितान्त अधुरा मायाँ लगायौँ जम्यौँ

गल्छी वाटर किङ्डमै वगरमा जम्मा भयौँ जे जति
साटासाट गर्यौँ वियोग र ब्यथा भो प्यारको सम्मति
बाँचे सम्म अनन्त काल यसरी लाईन्छ मायाँ भन्यौ
साथी साथ सँधै सँधै हृदयमा चाहिन्छ मायाँ भन्यौं

 

Continue reading


उमा दाहाल का केही मुक्तकहरूः

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

पिउन सम्म पिए प्यारी तिम्रो सम्झाना धेरै आयो
हामी बिचको गहिरो माया आज उस्ले नै पायो
जागीर पाउने आसमा तिमी शहर तिर पसेउ
जागीर दिने बाहानामा उस्ले तिम्रो जवानी नै खायो ।

कान्छी अब बाउ आमाको आँखा छली भागौं
सधै भरि मान्छे लगाई कति तिमिलाई मागौं
गरीब र धनी बिचको यो गहिरो खाडललाई
समानताको ज्योति बाल्दै हामी दुवै जागौं ।

 

Continue reading


पृथक कृष्ण कुँवर का केही मुक्तकहरूः

Kunwar, Pirthak,, Krishna, पृथक कृष्ण कुँवर , pallawa, पल्लव

पृथक कृष्ण कुँवर

सपना लाखौंका देखि यथार्थ सयमा राखेर
जिउन कठिन छ हेर जिन्दगी भयमा राखेर
स्वार्थि छ दुनियाँ, जहिले निर्णय गर्छ यसरि
अरुको हार आफुलाइ सधैं विजयमा राखेर ।

गएदेखि सोधेनौ है के छ तिम्रो खबरसम्म
कुनैदिन त तिमी नै थ्यौ मुटुदेखि नजरसम्म
साउन बन्दै गए आँखा हजार प्रश्न गरिरहेँ
मौन रह्यौ एउटा पनि नदिएर उतरसम्म ।।

 

Continue reading


कृष्णादेवी शर्मा श्रेष्ठ का केही मुक्तकहरूः

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ)

हाँसो अनि रोदन त जीवनको पर्याय हो
हर्ष अनि दुःखलाई सम्झाउने सहाय हो
कैले हाँस्नु कैले रुनु जीवनका दुई पाटा
जीवलाई चलाउने कानुनको अध्याय हो।

पीडाहरू मनभित्र आकाशका ताराजति
आँखाबाट बर्सिदिन्छन् मेची काली ईन्द्रावती
भीडबीच मान्छे एक्लो अन्त्यकाल भएपछि
माया भन्दा घृणा गर्ने हुँदारैछन् कति-कति ।

 

Continue reading


रामराजा तिमिल्सिनाका केही मिक्स रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) काव्य
’नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने’
को को छ हात त उठाउनु है भनेर
नेपाल साथ नटुटाउनु है भनेर
धोको छ है मुलुकको सरकार बन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने

साना किसान महिला जनजाति हेर्ने
यो देशमा दलितले पनि सास फेर्ने
पात्रै बनून् जनक झैँ हलिया निखन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने ।

 

Continue reading


ऋषिराम खनालका केही टुक्राटुक्रीहरू

Rishiram, Khanal, ऋषिराम खनाल,pallawa, पल्लव

ऋषिराम खनाल

थोरै रचना, छन्दः मालिनी
जतिजति वर हुन्छौ त्यतिनै मन् रमायो
जतिजति पर हुन्छौ त्यतिनै मन् डरायो
भनअब म गरुँ के? ओठले बोल्न खोज्यो
मधुर वचन वाणी भित्र भित्रै हरायो ।

परपर किन सर्छौ चित्त दी मन् भगाई
नजिक नजिकसर्दै आउ यी मन् बुझाई
छ मनभरि आशा काखमा साथ बस्ने
दिनदिन हुनथाल्यो तप्तपी आँसु खस्ने ।

 

Continue reading