भावना मन्जुका केही मुक्तकहरूः

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

दुखाएको मनलाई मनले नै दयालु मलम लगाउ
अन्याय ढल्न सकोस तेस्तो लौन कलम समाउ
अौल्याएर नबोल्नु कसैलाई कमजोरी ठानिकन
जन्मिदै कसैले जानेको हुन्न नाम हैन ईज्जत बचाउ ।

भावनाले जोडिएका सम्बन्धहरू काँहा लौ अन्त्य हुन्छन् र !
कदर नभए एक-अर्कामा कसरी दिलले दिल पो छुन्छन् र !
जति नै तुफान अनि सुनामीले किन नढाकोस जीवनमा यहाँ
आखिरमा सम्बन्ध समधुर भई छाड्छ नत्र नरूने कुन्छन् र !

 

Continue reading


करन बिवशका केही मुक्तकहरूः

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ!!

भाग्य मेटियो मेरो, ऊ पर सर्न थालेपछि
जिवन बेचियो आज, गुलामी गर्न थालेपछि
साच्चै मैले त तब मात्रै, यो जिन्दगी बुझेको हुँ
यी नयनबाट सधैं आँसु, थोपा झर्न थालेपछि !!

 

Continue reading


डिल्लीप्रसाद छत्कुलि ‘दीप’का केही मुक्तकहरू

Dilli, Prasad, Chhatkuli, Dp, डिल्लीप्रसाद छत्कुली ‘दीप, pallawa, पल्ल्व

डिल्लीप्रसाद छत्कुली ‘दीप’

चुरीफूरी बढ़ी नै हुन्छ! हल्का ख़ानदानी भएसी!
कति खेर पर्छ चल्छ बेमौसमी हावापानी भएसी!
अझैं कति ?घमण्ड गर्छौ आफू भित्र आफैलाई,,,
हेर चिन्दैन् कसैले तिमीलाई डढेर खरानी भएसी!

लुकीछुपी वैरीले देशको चित्र खिंचिसक्यो आज!
चारैतिर सीमाना नि धेरथोर मिचिसक्यो आज!
छिमेकीको रणनीति बुझ्न नपाउँदै मेरो देशलाई,
कहिलै उठ्न नसक्ने भारीले थिचिसक्यो आज!!

 

Continue reading


मैयाँ सुवेदीका केही मुक्तकहरू

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

कदम कदममा हार भएपछि थाहा भएन म के गरुँ ?
संसार देखि दिक्दार भएपछि थाहा भएन म के गरुँ ?
दुनियाँमा मान्छे सबै ज्ञानि बनुन भन्थ्ये म त
मनभरी कुविचार भएपछि थाहा भएन म के गरुँ ??

सुनेको छु समस्याका हुन्छ स्वरुप भिन्न सानू ।
संघर्षलाई साथै राखे हुन हुन्न खिन्न सानु ।
निस्चल ती आँखाबाट तप्प आँसु झार्यौ भने,
मन धुन्छ आँसुले त समाधान दिन्न सानु ।।

 

Continue reading


माया रार्इका केही मुक्तकहरू

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मातृभुमि छा्ेडि ठुलदाई प्रवास जानू भो
सम्झाना स्वरुप सबको स्पर्श लानु भो
सपनाहरु चाडै साकार पार्छु,भन्दै
आमाको हात समाई कसम खानु भो

-प्रदेश मा ठुलो भाइ गार्‍हो भन्दै छ।
ऋण चुक्ता गर्न नि साह्रो भन्दै छ।
फर्कि आउत साहुले छाड्दैनन् ।
धेरै मरुभूमि,घाम,पारो भन्दैछ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

दुःख पर्दाको जिन्दगीमा राहात पाएँ
कहिल्यै नभुलले मायाको खात पाएँ
मेरा लागि त्यहाँ बिरानो शहर थियो
त्यतिबेला मैले सहाराको हात पाएँ ।।

तिज आयो भन्दै मा तड्भड्क नदेखाउ नारी हो
आफ्नो सँस्कृती र परम्परा लाइ जोगाउ नारी हो
लाउने खाने रमाउने सबै सबैको रहर हुन्छ
दिदि बैनी साथी सँगीनी सँग रमाउ नारी हो !!

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

यता टाल्यो, उता प्वाल समस्याको गाँठो मान्छे
दुख पर्दा रूने हैन, उल्टै हाँस्छ बाठो मान्छे ।
ठुलो सानो हुन्न कोही, सबै देख्नु बराबरी
जन्मे पछि ढिलो चाडो हुन्छ सबै माटो मान्छे ।

ढुङ्गा जस्तो बज्र भाछ कुल्चिएर छाति हजुर
कय्यौं हण्डर ठक्कर अनि खायो लात्ती हजुर ।
अत्याचार अनि दमनको सिमा नाघे पछि
कमिलाले जरूर ढाल्छ मै हु भन्ने हात्ती हजुर ।

 

Continue reading


विजय ज्ञवालीका केही मुक्तकहरूः

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

सोझो बन्दै बाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
बिस्तारै उदाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
यि ढोगीहरु अझ संस्कारको पाठ सिकाउछन यार
पर्दा पछाडी नाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन ।

सधै हतार सधै ब्यस्त मशिन भो मान्छे
आफ्नै दुनियामा मस्त मशिन भो मान्छे
बिदा हुनु छ एकदिन खाली हात सबै तर
सम्पत्ति कै रोगले ग्रस्त मशिन भो मान्छे ।

 

Continue reading


शान्ति अधकारिका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

बिकृती हो फैलिदैछ शहर सगै गाउमा नी ।
नसोचेको कुरा हुन्छ तपाई हाम्रो ठाँउमा नी ।।
परिवर्तन कहाँ हुन्छ खोक्रा नारा घन्काएर ।
मै हुँ भन्ने घमण्डले पर्ला शिर पाउमा नी ।।

किन दुख्छ होला मेरो घरिघरी मन ।
बग्दा आँशु बनि दिन्छ खोला सरी मन ।।
सक्ने जती गरेकै थेँ आफ्ना अरुलाई ।
सम्झनेले नसम्झदा भयो झरी मन ।।

 

Continue reading


सुमन सनम घिमिरेका केही टुक्रा

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बिना कारण आँसु झार्नु पर्दैन भन्दिय
अनि तिम्ले कहिले हार्नु पर्दैन भन्दिय
बाचुन्जेल खुट्टा तान्ने ती आफन्त हरूले
अब म मर्दा नुन बार्नु पर्दैन भन्दिय ।।

दुईदिने प्रेमकोलागि जन्मौको प्रेम छोड्नेहरू
अशक्त आमाबुबा छोडी बाटो अन्तै मोड्नेहरू
आफुलार्इ खुबै नै बिद्वान सम्झनेहरू यहाँ
आमृतको आस गर्दै बिष विरूवा गोड्नेहरू ।।

 

Continue reading


अर्जुन बिसी “अन्जान”का चार मुक्तक

Arjun, Bc,Anjan, अर्जुन बिसी "अन्जान", pallawa, पल्लव

अर्जुन बिसी “अन्जान”

म जिन्दगी को अन्तिम सफर मा भेटिन सक्छु।
समवेदना पत्रीका को खबर मा भेटिन सक्छु।।
मलाइ अन्तिम बिदाइ गर्न आउछौ भने प्रीय।
फुल अबिर सहित नदिको बगर मा भेटिन सक्छु।।

आज भोलि एक्लै एक्लै रुने बनायौ।
यी आँसु ले आँखा हरु धुने बनायौ।।
गयौ तिमी मलाइ भुल्ने बहाना गरेर।
चाहाना नभएरै पराइ को हुने बनायौ।।

 

Continue reading


अर्पणा “सर्बिन”का केही मुक्तकीय टुक्राहरू !!

Arpana, Kc, Sabina, अर्पणा "सर्बिन", pallawa,पल्लव

अर्पणा “सर्बिन”

आज एउटा मित्र हराएका छन्
खोज्दै छु सबै तिर खै कता छन्
सायद बिर्सिए होला मलाई
तर फर्केर हेर्दा, मन भित्रै छन् !

पनामा आइ बाबा!! दिल यो माग्यौ
समीप हुँदै हुँदै तिमि अन्तै लाग्यौ
खोजिरहेछु वरिपरि तिमीलाई नै
थाहा छैन लुसुक्क किन छोडेर भाग्यौ ।

 

Continue reading


अनिता अर्याल नेपालका केही मुक्तकहरूः

Anita, Aryal, Nepal, अनिता अर्याल नेपाल, pallawa, पल्लव

अनिता अर्याल नेपाल

रोपेको छु खाडीमा पैसा फल्ने एउटा बूटो
तेसैले त मेरी आमा ज्यान डडेर भाछ ठूटो
बुहारीलाई भन्दिनु है जति मोज गरे नि हुन्छ
झारिराछु अनगिन्ती पठाउँने छु मूठो मूठो ।

हजूर आमा गाँउनु हुन्थ्यो विरह तीजका गीतमा
स्वतन्त्रता खोज्नु हुन्थ्यो आमा गाँउदै सबका हीतमा
हामीले पनि जनताका आवाज मिसार्इ गीत गायौं
संस्कृति जोगाउ है छोरी नभुल्नु नि पश्चिमा रीतमा ।

 

Continue reading


श्रीकृष्णेन्द्र (ईन्द्र) पाण्डे का तीन कविता

 ‎Indra, Pandey‎ , श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे , pallawa, पल्लव

श्रीकृष्णेन्द्र (ईन्द्र) पाण्डे

१) मेरो देश अहा छ सुन्दर …
(चित्रको बालक प्रति संरचना)
मेरो देश अहा छ सुन्दर अति , लोभ्याउने छन् छटा।
छन् पाहाड तराई औ प्रिय हिमाल्, छन् औषधीका बुटा।।
हाम्रा लागि फले यहाँ फलहरू, मीठास स्वादै गरी।
हाम्रै लागि बने कुवा र नद औ, फूल्मा सुवास्ले भरी ।।

लालीमा छरिंदो गुराँस भिरमा, फूल्दै गरेको यहाँ ।
बासेका सुमधुर् छ कोयलहरू, गुन्गुन् त भौंरा जहाँ ।।
हावाले नभमा र भुमी तटमा, दिन्छन् सितल्ता पन ।
मेरो देश रमाइलो रमणिय, आनन्दको दर्पण ।।

 

Continue reading


सुमन सनम घिमिरेका भानात्मक टुक्राहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बोल्ने मात्र हैन अब कामको खाचो छ
ती गरिब जनतालाइ मामको खाचो छ

नेपाल आमा लुट्ने लुटेरा धेरै भए याहा
यो आमाको इज्जत बचाउने रामको खाचो छ

गरिबको खुन चुशी मोज गर्नेहरु देखेको छु
फेरि देश लुटेर छिमेकीलाई भोज गर्ने देखेको छु

 

Continue reading


गणेश उपाध्यायका केही टुक्राहरू

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

परदेसी छोरो सम्झी रुन्छौ अरे
आसु्ले मुख धुन्छौ अरे
छोराको यादमा तड्पिदै
पुरानो साडि तुन्छौ अरे

छोरो पढाउन बजारतिर झर्यौ अरे
अर्कैसङग माया जालमा पर्यौ अरे
परदेसी श्रीमानलाइ धोका दिएर
नाठोसङग बिहे गरौ अरे

 

Continue reading


शान्ति अधिकारीका मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

माथि जाने चाहनाले तल झरौली ।
घर न घाट भयौ भने कसो गरौली ।।
मै हुँ जान्ने सुन्ने अनि मै हुँ ठुलो भन्ने ।
घमण्डले भविष्यमा एक्लो परौली ।।

बोल्ने भए राम्रै बोलौँ दुख्ने गरी हैन ।
त्यही बोलिले ठाडो शिर झुक्ने गरी हैन ।।
मान्छेको त्यो मनै त हो कतै दुख्ला भनी ।
थोरै बोलौँ जिन्दगीलाई पुग्ने गरी हैन ।।

 

Continue reading


गजल

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

हिराको दाँजोमा सुन फिक्का देखिन्छ
र तिम्रो अगाडी जून फिक्का देखिन्छ

गुरूङसेनी जस्तो तिमी हुनै सक्दिनौ
सृङ्गार गरेनी बाहुन फिक्का देखिन्छ

सर्सर्ती राष्ट्रहरू नियालेर हेर्दा खेरी
गरीब देशको कानुन फिक्का देखिन्छ

 

Continue reading


गम बयमबु मगरका मुक्तकहरूः

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

उस्ले पनि हिस्सा पायो झुट हो भन्ने आँट हुँदैन।
आत्मै देखि सत्यता अपनाए पो कुनै ढाँट हुँदैन।।
जाली फटाह दुई नम्बर कै हालीमुहाली देशमा।
ईमान्दारलाई चाँडो उकास्ने पैसाको गाँठ हुदैन।।

हो नी सत्यतामा कहिल्यै पनि छल हुँदैन।
पक्कै बिना बोटको कुनै पनि फल हँदैन।।
हेर्नु धर्मात्मीलाई पो पुण्य पापीलाई शुन्य।
रिस,रागले कहिल्यै समस्याको हल हुँदैन।।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरू:

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

असलफूल टिप्नलाई पहरामा चड्नुपर्ला
फूलमौरी र भमराका अघिअघि बड्नुपर्ला
ख्यालगर फूलटिप्ने सौखिनका मालिकहरु
राम्रोछांन्दा भिरबाट चिप्लिएर लड्नुपर्ला ।

उकाली चढेकाहरुले थकाए
अगाडी नबड्नेहरुले सताए
कसैले उठाए कसैले बसाए
म अन्जानलाई बिपत्ता रुवाए ।

 

Continue reading