सिर्जना शर्माका केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

चलचित्रजस्तो होइन जिन्दगीको कथा बेग्लै
सहनुपर्ने रैछ आखिर भएजती ब्यथा एक्लै
कागजको त्यो फूलबाट सुगन्धको आस गर्छौ
मर्दा लान कस्ले सक्छ भन जायजेथा भलै !!

निभ्नै लागेको बत्ती यहाँ जगाउने कोहि छैन
शान्ति दीपमा तेल हाली बलाउने कोहि छैन
मेची – काली रोइरहेको नदेख्नेहरु खुदै
अन्याय विरुद्धमा आवाज उठाउने कोहि छैन ।।

 

Continue reading


बिन्दा खतिवडाका केही मुक्तकहरूः

Binda, Luri, Khatiwada , बिन्दा खतिवडा, pallawa, पल्लव

बिन्दा खतिवडा

यो मन्सिरमा लगन गाठो बाधेर लान्छु भन्छ
जन्ती ल्याउछु अग्नि साक्षी राखेर लान्छु भन्छ
बाबा आमा भन्छन अरे बुहारिको खाचो भयो
धम्काउदै जान्नौ भने तानेर लान्छु भन्छ ।।

दुख्छ मुटु झन झन खाने बेलामा
बुहारिले लाउछे वचन खाने बेलामा
आँखा तर्छे बुहारिले छोरो पस्छ कोठाभित्र
उल्टिए झै हुन्छ गगन खाने बेलामा ।।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ममताकी खानी भै’नौ घृणा गर्छ मनले ।
सधै आगो पानी भै’नौ घृणा गर्छ मनले ।।
दुनियाको हाँस्ने बाटो घर बिग्रदा आफ्नो ।
स्वार्थ त्यागी दानी भै’नौ घृणा गर्छ मनले ।।

घर मिलाउने नारी, बिगार्ने नि नारी नै हुन् ।
पुर्ण घरको भकारी, निखार्ने नि नारी नै हुन् ।।
महान ठानु या त दुष्ट, थरीथरी रूप भा’ का ।
दुख्दा मलम लगाई, चिथार्ने नि नारी नै हुन् ।।

 

Continue reading


हिमाल भट्ट अटलका मुक्तकहरूः

Himal, Bhatta, Atal, हिमाल भट्ट अटल, pallawa, पल्लव

हिमाल भट्ट अटल

जब तिम्रो अर्कैसङ्ग माया जाल हुनेछ ।
बुझ्नु तिमि त्यहिदिन मेरो काल हुनेछ ।।
घाटमा तिमि उपस्थित भयौ भने प्रिया ।
पल्टाएर हेर्नु कात्रोभित्र हिमाल हुनेछ ।।

तिमिलार्इ पाउने अलि अलि, आस हुँदै छ ।
त्यसैले आजभोली मेरो दिन, खास हुँदै छ ।।
तिमि नै भन प्रिया मलाइ, म के गरु अब ।
भनिदेउ किन मलाइ यस्तो, आभास हुँदै छ ।।

 

Continue reading


सुमन सनम घिमिरे का केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

केहि नदिने याहा माहान ती दानी भेटे
फुलमा भन्दा पनि पत्थरमा लगानी भेटे
मान्छे त्यसै जडिया हुदो रहेन्छ
फुलले नै उसलाई दुखायको काहानी भेटे ।

जिन्दगीमा मेरो कहिँले जय भएन
दसको नोट राखे तर सय भएन
जीवनमा जस्तोसुकै कष्ट परे पनि
जस्तो परिस्थितिमा पनि भए भएन ।

 

Continue reading


सरोज तिम्सिना”अमुर्त” का केही मुक्तकः

Sawrose, Timsina, सरोज तिम्सिना"अमुर्त", pallawa, पल्लव

सरोज तिम्सिना”अमुर्त”

देश बेच्ने दलाललाई कानुन रहेनछ यार
पुर्णिमा को रातमा पनि जुन रहेनछ यार
मिचिदै छ सीमा किन चुप छ्न् गोर्खाली
शरिरमा वीर नेपालीको खुन रहेन्छ यार ।

नेपाली को जीउने आधार बिक्रीमा छ।
हाम्रो संस्कृती दशै तिहार बिक्रीमा छ।
अरे पालैपालो सबै मिली भ्रष्टाचार गर्ने
हो बेकामे नेपाल सरकार बिक्रीमा छ ।

 

Continue reading


ऋषिराम खनालका केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

श्लोक,
पैलेका हनुमानले दनदनी लंकैजलाए तर
ऐलेका हनुमानले दिनदिनै रित्तोबनाए घर
कस्लेपुन्य गरे तथापि कसले हर्दैछ पापीमन
यात्रागर्न भयो बडाकठिनयो तानेर तिम्रा रथ ।

ऐलेको तिहार आएछ गएछ
सबैका निधार खाली भएछ
ब्यूझेंम सारा झिलिमिलि देखें
धत् ! यो त सपनापो रहेछ ।

 

Continue reading


काशीराम बजगाईका केही मुक्तकहरूः

Kashiram, Bajagain, काशीराम बजगाई, pallawa, पल्लव

काशीराम बजगाई

त्यो छातीको खाल्टोमा बस्न जल्लाद आउनेछ
न मृत्यु आउनेछ न जिन्दगीमा स्वाद आउनेछ
समयको चोकमा यस्तो बिन्दु आउनेछ त्यसपछि
तिमीलाई पाइला पाइलामा मेरो याद आउनेछ ।

आफूलाई पाखापखेरू डाँडाकाँडामा गाब्नेछु
देशलाई मुटुमा राख्नेछु आँखामा गाब्नेछु
मरेको लासमाथि झण्डा ओडाउनेहरू हो
देऊ मेरो हातमा म सिमानामा गाब्नेछु ।

 

Continue reading


हिमाल हिमालका केही मुक्तकहरूः

Himal, Himal, हिमाल हिमाल, pallawa, पल्लव

हिमाल हिमाल

जाउ मलाई छोडि जाउ केही भन्दैन म!
महल मै नजर लगाउ केही भन्दैन म!
मेरो माया तिम्रो लागि तितो लाग्छ भनेपछि,
जाउ अर्कै संग गएर रमाउ केही भन्दैन म!

फुल भएर काँडालाई बलात्कार नगर्नु!
पशुको जस्तो कहिल्यै व्यबहार नगर्नु!
कहिल्यै निको नहुने रोग लाग्न सक्छ!
जबरजस्ती कसैलाई प्यार नगर्नु !

 

Continue reading


देवरज जोशीका केही मुक्तकहरूः

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

कोपिला नै निमोठे फूलको सुवासन खोज्नु कहाँ?
भ्रुणमा नै हत्या गरे छोरीको कुलासन खोज्नु कहाँ?
छोराछोरीमा फरक देख्ने प्रवृत्ति नै कुसंस्कार यहाँ
छोरी विना त हुदैन सृष्टि फेरि झुलासन खोज्नु कहाँ?

सन्तोषमा हामी दम्पती आनन्दित जन्म छोरी रत्नमा
छैन कुनै विषाद मनमा सानन्दित जन्म छोरी रत्नमा
आएकति विचार फरक भएन रे कूल थाम्ने रत्नवीज
वृद्धाश्रम वास आज तिनै लालन्दित जन्म छोरी रत्नमा ।

 

Continue reading


मिरा तिमिल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

पपी, टमी, किङकङ, खैरे रमाउँदै होलान्
समाई तिनका घाँटी माला पैर्याउँदै होलान्
सम्झदै होलान् आज ईश्वर नै हौँ कि त हामी
भोलि एक गास कुर्नु बिर्सी रमाउँदै होलान।।

फर्म मै जानु पर्ने भो गाई पुज्न पनि अब
गाउँ पस्नु पर्ने भो महत्व बुझ्न पनि अब
आमा त फाल्न खोज्दै छन् यहाँ गाई कस्ले पाल्ने
अभियानै चाल्नु पर्ने भो सुज्न पनि अब।।

 

Continue reading


निस्चल मगर “कल्पीत” र अर्जुन बिसी “अन्जान” का मुक्तक दोहोरी

Nischal, Magar, Sahitya Premee, Prmi, Premy, साहित्य प्रेमी निस्चल मगर, pallawa, पल्लव

निस्चल मगर

आउछन् अनि यी हात समाएर जान्छन्
देखावटी झुठो माया जमाएर जान्छन्
अरे कसरी बिश्वास गरुँ म तिमीलाई
खेल्नु खेल्छन् मन सङ्ग रमाएर जान्छन्
निस्चल मगर “कल्पीत”

म तिम्रै हु प्यारी सङ्का नगर भो।
एकदिन फोन नगरे आँखा नतर भो।।
रमाउन आएको हैन तिम्रो जिन्दगीमा ।
ठन्डा दिकाक गरि सोच पर नसर भो।
अर्जुन

 

Continue reading


शान्ति अधकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

तिरस्कारको आगो भित्र जलाएर छाड्यौ ।
कुन स्वार्थले दिलको चित्र जलाएर छाड्यौ ।।
दिए माया गरे बिश्वास सबै चक्नाचुर पार्दै ।
जिन्दगीलाई किन मित्र जलाएर छाड्यौ ।।

कस्तो थियो तिम्रो बिगत भनी खोज्दिन।
जिन्दगीमा चोर पुलिस बनी खोज्दिन ।।
बिश्वासमा अब माया लगाउछौ भने ।
भुलिदिन्छु म आफैलाई पनि खोज्दिन ।।

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

पुजारीको बस्त्रधारी दैत्य पस्न थालेपछि
मन्दिरमा देउता हैन ढुङ्गा बस्न थालेपछि
नैतिकताको लिलाम बिक्री अनि शुरूवात भो
आफन्तले झुक्याएर छुरा धस्न थालेपछि ।

यता आँखा नझिम्क्याउ मुटु ढुक्कढुक चल्न थाल्छ
हेरी मलाई बोलेपछि सिङ्गो शरीर गल्न थाल्छ
प्रेम कुवा लुकाएनी सेतो हिमाल देखिपछि
सीमा नाघ्छ धैर्यताले भित्रै आगो बल्न थाल्छ ।

 

Continue reading


देवराज जोशीका एकदर्जन मुक्तकहरूः

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

सुर्य पुर्ववाट उदाउछ भन्नू पर्दैन कसैले
उदायपछि अस्ताउछ पढ्नु पर्दैन कसैले
जन्म मरण निश्चित सत्य लुकाई लुक्दैन
दैव लेखा भौग्नु नै छ मेट्नु पर्दैन कसैले।।

समुन्द्र नै उभाए नि आउछ लौटा भरीमात्र
भाग्य जति भए नि पाउछ लौटा भरीमात्र
न वल गरेर हुन्छ न कर डौका दूध अड्दैन
चुली हुदैन पानी त अटाउछ लौटा भरीमात्र ।।

 

Continue reading


जानूका का केही मुक्तकहरूः

Jankka, Khatiwada, Januka, जानुका खतिवडा, pallawa, पल्लव

जानुका खतिवडा

सूर्यले सप्तरंगि किरण छरि टल्काएको छ हिमाल
बेला बखतमा बज्रपातले हानि ढल्काएको छ हिमाल
सात वटै रङ फिजाई पोतिएको हिमाल देख्न पाउँदा
सुन चाँदि हिरा मोति जोडे झै झल्किएको छ हिमाल ।

शिसा जस्तो जिन्दगी यो फुटे पछि थाहा पाए
तिमीसगको चोखो माया छुटे पछि थाहा पाए
दुनियाँले कुरा काटे, हल्ला गरे ,गाउँ भरि सधै
तिम्रो नाता अन्तै तिर जुटे पछि थाहा पाए ।

 

Continue reading


सुमन सनम घिमिरेका केही

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

डिम्पल होला भनेको घाउ परेछ
मलाई उल्लु बनाउने दाउ परेछ
छोरी होला भनेर गफ गरेको
लौन बास्तबमा उसको बाउ परेछ ।

खित्का छोडी हास्ने बानी मन्द बनायौ
सुन्दर त्यो सुगन्ध पनि गन्ध बनायौ
अरुले देख्छ्न लुकेर आउ भन्थेउ
लुकि छिपी आउने बाटो बन्द बनायौ ।

 

Continue reading


दुर्गाप्रसाद ग्वालटारेका केही मुक्तकहरूः

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

सासै जाला जस्तो हरे ! चर्को ठेलमठेलमा
बरू सहज हुन्थ्यो होला, पस्दाखेरि जेलमा
हवाइजा”जमा उड्नु पर्ने, देखिस् तिरिमिरी
बरू सहज हुन्छ होला, रक्सौलको रेलमा ।

सानो-ठुलो
ठूलो छ एक कणको पनि सानु अंश
ठूलो छ एक अणु सक्दछ पार्न ध्वंस ।
पृथ्वी समेत पनि केबल एक गुच्चा
ठाने त सानु जगतै पनि हो समुच्चा ।।

 

Continue reading


गङ्गा अचार्यका केही मुक्तकहरूः

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

पसिनाको सिँचाइ गरि माटोसँग प्रीत लाउँदा
त्यै माटोमा गुन्गुनाउँदै जीवनका गीत गाउँदा
लता, वृक्ष, फूलसँग जोडिएर होला मन
आफै भित्र हराउँछु यिनको साथमा मुस्कुराउँदा ।

बिहानीमा चिसो चिसो बतास पो आयो
पक्कै पनि धौलागिरी हिमालले पठायो
आफ्नो काखमा हुर्काएको सम्झिएर होला
यसपाली त भेट्न आऊ भन्दै झक्झकायो ।

 

Continue reading


विश्व मल्ल ‘समर्पित’का डेढ दर्जन मुक्तकहरू

Viswo, Biswo, Malla, Samarpit, विश्व मल्ल 'समर्पित', pallawa, पल्लव

विश्व मल्ल ‘समर्पित’

तिमीनै हौ मेरो लागि खास, तिमी बिना बाँच्दिन म त।
हुन्छु जिउदै मरे जस्तै लास,तिमी बिना बाँच्दिन म त।
धड्किदै धड्किदैन धड्कन , बग्दैन रगत नसाहरुमा।
रोकिन्छ चल्दैन मेरो सास , तिमी बिना बाँच्दिन म त।

माया लिने र दिनेहरुलाई ,बिर्सिन नसकिदो रहेछ ।
किन हो सम्झिनेहरुलाई , बिर्सिन नसकिदो रहेछ ।
आखिर भुल्न पाए पनि हुन्थ्यो , ती निष्ठुरीहरुलाई।
झन तिनै बिर्सिनेहरुलाई , बिर्सिन नसकिदो रहेछ ।

 

Continue reading