‘स्वयंभित्रको शक्तिमा रम्न पाऊँ’

Kalpana, Kafle, कल्पना काफ्ले, pallawa, पल्लव

कल्पना काफ्ले

बिरानो छ माटो बिरानो छ पानी
म रच्दैछु यौटा बिरानो कहानी
बिरानो बनेको छु आफैँ यहाँ म
खुशी या गुनासो सुनाऊँ कहाँ म ?

न देखिन्छ कोही चिनेको मुहार
परार्इहरू छन् सबै वारपार
रुने छन् न कोही न हाँस्ने खुशीमा
म एक्लो छु एक्लो छु यो जिन्दगीमा ।

 

Continue reading


रामराज तिमिल्सिना का केही ट्रक्राटुक्रीहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
मुठ्ठी पो कस्सियो भन्छ लाने छ ऊ मरेपछि
लाखौं भोका बनाउँदै खाने छ ऊ मरेपछि

मै खाऊँ न भनेक‍ो छ खोस्दै छ ऊ भए जति
कर्मले भन्छ नर्कमा जानेछ ऊ मरे पछि

धनी बन्दै घमण्ड त पालेको छ समाजमा
पैसाकै छोप्पिने कात्रो छाने छ ऊ मरेपछि

 

Continue reading


शिशिरको माया मीठो

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

शिशिरको माया मीठो वैशाखको पानी
आरु फुल्न थाले सखा चुलबुले नानी
धर्ती मेरो फुल्ला अब जाडो घट्दै जाला
पियारीको गला राम्रो साइतको माला ।

डाँडाकाँडा रुखासुखा पतझर बेला
वैरागी भै हिडेका छन् मायाकै छ खेला
न्याउलीको न्या हो न्या हो मायालुको आँखा
उजाड नै मीठो लाग्छ शिशिरको पाखा ।

 

Continue reading


गृहिणीसित संवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

मैत्रेयी अनि याज्ञवल्क्य ऋषिले जस्तो गरेथे अघि

यो संसार असार हो र यसको आकार निःसार हो
भित्री तत्त्व विचार गर्न नसके शिक्षा निराधार हो
के हो त्यो अघि धीर दार्शनिकले खोजी गरेथे जुन
यी न्याना दिनमा बसेर गृहिणी ! गर्दै रहौँ गुन्गुन

धेरैपल्ट प्रमाणपत्र बटुले सम्मान पाए ठुला
औँला माथि लगाउँदै पनि गरे व्याख्यान झन् दर्बिला
अर्काका मतमा दिए विमतिका आधार चर्का पनि
ल्याए पक्षविपक्षवाद कतिले आफ्ना र अर्का भनी

 

Continue reading


रामराजा तिमिल्सिना का केही रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) मेरो नुवाकोटमा
निन्द्रामा म थिएँ उठेँ हजुरको त्यो साथ पाए पछि
लेखेँ शब्द विचार भित्र मनका , निन्द्रा ब्युँझाए पछि
मेरै निम्ति समाउँदै दुख हरू , जो पाउँदै चोटमा
खल्लो स्वागत पोष्टराज गुरुको, मेरो नुवाकोटमा

यौटा साधक हुन् वडा गजलका , ती छन्द अन्वेषक
पुर्खाको इतिहास जीवन दिने , हुन् काव्य संरक्षक
लाखौँ छन्द बहर फुले कलमले, ती फूलका बोटमा
त्यो सम्मान दिने कथावत भयो ,मेरो नुवाकोटमा

 

Continue reading


चिरञ्जीविका जोर गीत

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गीत- १,
(ढली गइन पिपलु त)
ढली गइन पिपलु त, एक्लो भयो बर !
यो बर को मन बुझाउने, अब को नै छ र ?

पूर्वे आँधी उनी छेक्थिन,
पश्चिमे चल्दा मैले!
एक अर्काको भर थियो,
दुख पर्दा जहिले !!
सम्झी सम्झी पिपलुलाई, मर्ने भयो डर !
यो बर को मन बुझाउने, अब को नै छ र ?

 

Continue reading


चिन्ता भयो हे हरे !!

Badri, Prasad, Dahal, बद्री प्रसाद दाहाल , pallawa, पल्लव

बद्री प्रसाद दाहाल

चिन्ता भयो हे हरे !
छोटा औ कसिला छ पाइँट कठै, अग्ला त जुत्ता अझ।
ढोका झ्याल मनग्य छन् वसनमा, हिँड्नै महा-सङ्कट।।
भ्वाँङै ठाउँ- कुठाउँमा शरम भो, टाल्नै नमिल्ने हरे ।
ऐले फेसन एम्बुसै सरह भो, कस्तो हुने हो भरे ??

धूलो व्याप्त हिलो र काइ ढलले, बाटा भए जोखिम ।
अग्ला हील अडिन्न चिप्लन गए, कस्ता भयौँ सोखिन।।
चस्मा छेक्छ प्रकाश केश फिँजिदा, बाटै अँध्यारा भए ।
लड्लिन् फेसनकी परी अकबरी, चिन्ता भयो हे हरे ।।

 

Continue reading


पिडा मेरो देश को

Shribhakta Achut Wagle, श्रीभक्त अच्युत वाग्ले, pallawa, पल्लव

श्रीभक्त अच्युत वाग्ले

खुला आकाश तुंवालोमा पसेर लट्पटिदै छ
जीवन यात्रा भरी कालो धुँवाले राज गर्दै छ
कसि अहँकारको डोरि अहँ घाँटी निमोठ्दै छ
बनेको छ भुमी जर्जर अनौठो बिज रोपेछ

फसल पाकी नसक्दैमा कुहि झर्ने रोग लागेछ
यहाँका खेतबारिमा बिषै बिष ले राज गर्दै छ
यहाँ छाप्राहरू सिधै महलमा कुंच गर्दैछन
यहाँ खश्रा कुरा जल्दै मसिना मन्त्र जप्दैछन

 

Continue reading


नाममा के छ खै ?

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

नाममा के छ खै ? नाम सङ्केत हो
नाम नै कर्म हो कर्म नै राम हो ।
नाममा जीवनी नाममै चिन्तन
कामका पाखुरा नाममा कीर्तन ।।

नामले सृष्टिको दृष्टि नै फेर्दछ
कामले नामको अर्थ पर्गेल्दछ ।
कर्मको धर्म हो नाम अर्थ्याउने
कामले नाममा प्रीति अग्ल्याउने ।।

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१)
वाइड् वडी सुन तस्करी हो
पिएर होली मुन नक्कलीको
छ निर्मलाको खल न्याय दाता
निन्दा गरौं है यमराज खाता

साँच्चै कह्यौ गीत सुनाउँदै जो
खले खरावी यमराज त्यै हो
गाऊ सुनाऊ न दुखिन् माता
निन्दा गरौं है यमराज खाता

 

Continue reading


पार्वती भट्टका केही रचनाहरू

Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

जन्मदिनको लाखौंलाख शुभकामना..!
ठुलो भन्दा पनि असल बन्ने चाहाना बनोस्
हरेक जन्मदिन खुशी साट्ने बाहाना बनोस्
सरल,स्वच्छ ,स्वस्थ र दीर्घायु बनिरहनु तिमी
यही नै हामीले व्यक्त गर्ने शुभकामना बनोस् …..!

मुक्तक…….
यदाकदा आउने गर्छन् यी प्रणयका दिवसहरू
गुलाव भरी छाउने गर्छन् ती विचरा ! विवशहरू
ऋतु जस्तै घुमिफिरि वर्षदिनमा मात्र एक दिन
प्रेमका भाका गाउने गर्छन् प्रणयका दिवसहरू।

 

Continue reading


पीडा !

 

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

बुझिन मैले के भयो आज कलमले लेख्दैन
पीडाले आज छट पट भयो कसैले देख्दैन
यो मेरो मन उडेर गयो त्यो पारी पाखामा
भेटिन मैले परिको रूप रूखको डालिमा !!१!!

सूर्यलाई मैले हात जोडी भने तिमिले देख्यौकी
नदेख्ने ठाउँ थिएन उस्को मलाई नै ढाँट्योकी
अँध्यारो भयो त्यो पाखा बिच देख्दिन उनिलाई
चन्द्र लाई पनि बिन्ति नै गरें बचाउ उनिलाई !!२!!

 

Continue reading


यथार्थ !!

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

शिर शिर गरि चल्दछ हावा शरिरमा छोएर
अदृश्य रूपको महसुस गर्छु सितल पाएर
स्वासको गति चलाउँछ त्यसले आत्मामा बसेर
प्रणको स्वरूप लिएर बस्छन् जीवमा पसेर !!

आकाश माथी बसेर हेर्ने ती ईश्वर रूप हुन
सूर्य र चन्द्र दिन रात सधै हेरेर बस्दैछन
सक्दैनौ छल्न तिनको आँखा प्रकृति तिनै हुन
कु-कर्म सारा लेखेर राख्ने निर्णायक तिनै हुन !!

 

Continue reading


भो, सम्झना यो किन . . . . . ??

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

भो, सम्झना यो किन– १,
नाता नैकटको छ सुन्न रसिलो-बानी उता मेलको
सारा देह मुसारदै खुशखुशी-क्या खेल यो खेलको ?
टीका टाँस्न हतार पाउ तलमा-ढोग्ने भएका मन
भित्री चाल अझै उता अरु उता-भो,सम्झना यो किन ??

गर्नैपर्छ भने खुला रहि गरे-कोट्याउने को छ र
नाना नाटकका हिडे भ्रमणमा-पत्याउने को छ र ?
निर्लिप्ती सब चाल ढाल तनको-पर्दा छ खुल्ने छिन
जम्मै ह्वाङ्ग हुनेछ साइत कडा-भो,सम्झना यो किन ??

 

Continue reading


मिरा तिमिल्सिना ‘धरा’का केही मुक्तकीय टुक्राहरूः

Mira, Meera, Timilsina,,मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

तिम्रो साथ टुटे पनि भुल्न सक्छु संसारमा
बालुवाको टापु बीच फुल्न सक्छु संसारमा
मायालाई छोड्न सक्ने निष्ठुरी म कति रुनु
मग्मगाउँदो फूल बनी डुल्न सक्छु संसारमा ।।

हर ठाउँमा श्रम शोषण किन हुन्छ यहाँ
न्यून तलब पसिनाको खोली मन् रुन्छ यहाँ
मात्र निमुखो चुसी उँभो लाग्ने हो र दुनिया?
कात्रोमा बगली भरी लाने भन कुन्छ यहाँ?

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
म पुर्खा सदा सम्झिने गर्छु आमा
म त्यै वीर भै लम्किने गर्छु आमा

म सेना सिपाही म मा राष्ट्र बाँच्छ
म वैरी सिधै झम्टिने गर्छु आमा

म यौटा धरा पुत्र नेपालकै हूँ
म जो शत्रु छन् छप्किने गर्छु आमा

 

Continue reading


प्रभाती लमजुङ्ग

जहाँ टेकेर यी दृश्य लिएको छु मनोहर
यहाँ नै त रह्यो मेरो पहाडी घर सुन्दर ।।

बिहानी घामको झुल्का पर्यो श्वेत हिमालमा
पहिले म जहाँ हुर्केँ चञ्चले बाल्य कालमा
काँधमा हिउँ बोकेर बसेका श्रृङ्खलाहरू
छाडी सौन्दर्यको खोज गर्न जाऊँ कहाँ अरू ??

 

Continue reading


युवा आह्वान

Paras, Nath, Acharya, पारसनाथ अचार्य, pallawa, पल्लव

पारसनाथ अचार्य

आमा रुन्छिन् धुरुधुरु सधैं चोटले छट्पटाई
हे तन्नेरी किन पर अझै बस्दछौ लर्बराई।
हाम्रो माटो परपर सरे लान्छ सीमा बटारी
छिट्टै आओ मुलुक परको शत्रुलाई पछारी ।।१

खोलौँ आँखा शुभसमयमा एक भै जग्मगाऔ
नेपाली हौँ भुवनभरमा सूर्यझैँ झल्मलाऔ ।
जाली झेली छलकपटका चाललाई पछार्न
जागौँ लागौँ नवयुवक हो देश हाम्रो सपार्न।।२

 

Continue reading


सृजना सरोवर का केही टुक्राः

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

छन्द – चम्पकमाला
ऽ।। ऽऽऽ ।।ऽ ऽ
हेर न उ त्यो आकाश खुलेको ।
वाग पुतली रम्दै छ भुलेको ।
फूल छ फुलेको यौवन उस्तै ।
प्रेमिल इसारामा छ भुलेको ।

सारस र क्वैलीले धुन गाए।
पल्लव पताका झन् मुस्कुराए ।
साथ बनियो मीठो पन माया ।
आज रचियो यो प्रेमिल गाना।

 

Continue reading


रामराजा तिमिल्सिना का छ टुक्रः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

(एक )
नाङ्गै न बन्नू कपडा फुकाली
छाडा नलाग्नू लफडा निकाली
मान्छे हरू हो गति छाड्न हुन्न
यै धर्म तिम्रो मति छाड्न हुन्न

पूर्खा नसम्झे पनि पाप लाग्छ
वेदार्थ बिर्से पनि श्राप लाग्छ
स्व: धर्म को सम्पति छाड्न हुन्न
पूर्खा पिताको मति छाड्न हुन्न

 

Continue reading