नजाऊ विदेश

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

नजाऊ है छोरा विदेश आमालाई छौडेर
कसरी बस्नु घरमा हेर मन रुन्छ धर्केर
आमालाई रुवाइ जान्छौं नौ डाँडा काटेर
सागर सिँस्नु खाएर बस्नु माया–सख काटेर ।

दु:ख सु:ख एक आपसमा बाडेर
साहुकौ ऋण तिर्नु छ आमा
म जान्छु धन कमाउन विदेशमा
कमाइ ऋण साहुलाइ तिरौँला ।

 

Continue reading


रमेशचन्द्र घिमिरेका एकजोर बालकविता

Ramesh, Chandra, Ghimire,रमेशचन्द्र घिमिरे, pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

१.छुच्चो मुसो
थोत्रो गाना गाउँदै कुद्छस् घरको छाना–छाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

बस्ने घर छैन तेरो मेरो घरमा बस्छस्
राति–राति हल्ला गर्छस् दिउसो कुना पस्छस्
किताब काट्न, लुगा काट्न अघि सर्नुपर्ने
मेरो घरमा बसी मेरै अहिरो गर्नुपर्ने

मुलाको झैँ चाना पारी काट्छस् मेरो नाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

 

Continue reading


सहर जस्तै भैदिनी ।

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

बाल कबिताः 
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाटबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

 

Continue reading


टुहुरो म

Rajkumar, Dangi, Dangee, Sambhar, Raj, सम्भार राज, pallawa, पल्लव

सम्भार राज

म थिए तीन बर्षको हजुर भाइ थियो पेटमा
बुवालाई खोसी दैबले लग्यो पहिलो भेटमा
आमाको सिंदुर पुछियो हातका चुरा फुटेय
साहुलाई पनि जफत गरेने मौकाहरु जुटेय

हाम्रो घरमा रुवा बासी दुश्मनलाई भो हासो
#दैबले नि मौका परि थाप्न थाले पासो
#आफ्नै अंकल अन्टिहरु पराई भै जादा
कोहि भएन बोल्ने मेरो आमा साहुले लादा

 

Continue reading


अजम्बर गीत

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

रमाइलो थ्यो मौसम
मौसम सदावहार उफ्रन्थ्यो
वायुका हरियाली जोवनसँग
यता थे बटुवा, उता थे बटुवा
नजरानाका तत् तत् तन्कामा
जमराका पहेंला सहेलीसँग ।

आकाश खुल्ला थ्यो ।
पन्छीहरू उड्दथे बेगले
मैतालुका अजम्बर मोहमा
त्यहाँ तिमी थियौ टिकोमा
म टालोले आँशु पुच्छदथेँ
कोक्याइ कोक्याइ नजरमा,
उनीहरू पैदलका चापहरूसँग
गाइरहन्थे आशिर्वादको गीत ।

 

Continue reading


‘ब्वाँसाहरू’

Prakash, Pathak, Yogy, Yogee, Yogi, प्रकाश पाठक योगी, pallawa, पल्लव

प्रकाश पाठक योगी

ठीक-ठाक थियो देश लडाएछन्
बलै शान्ति भए पनि सडाएछन्
अनि र्‍याल काढ्दै बसेका ब्वाँसा
तँछाड-मँछाड गर्दै दौडी रहेछन्
कतै भागमा केही पर्दैन कि भनी
कतै भागमा केही……

जंगली ब्वाँसाहरू पनि भाग्दैछन्
घरासी ब्वाँसाहरू पनि लाग्दैछन्
निदाएका ब्वाँसाहरू पनि जाग्दैछन्
कठै ! आफ्नै आमाको खून चुस्न
तँछाड-मँछाड गरेर पछि लाग्दैछन् ।

 

Continue reading


एकता –जिन्दावाद

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

मिलेको राम्रो हो मिल मिल सखे भन्छ धनले
गरी हातेमालो चढ़ शिखरमा गन्छ जनले
बनी मौरी हामी पर पर पुगी कोशिस गरी
भरौं खाता हाम्रो रस मह चरी जाँगर भरी ।

अरे मावोवादी सनक अघिको दिक्क बरिलै
गरी लीला आयौ दनक अघिको दिक्क बरिलै
कुमाले एमाले घटक बहुतै काम छ कता ?
हिंडे खोज्दै रोज्दै नगर वनमा दाम छ जता ।

 

Continue reading


संस्कारमा नै अब रम्नुपर्छ

D k Yatri, Yatree, डी के यात्री, pallawa, पल्लव

डी के यात्री

उद्देश्यमा लम्कनु पर्छ पर्छ,
तारासरी चम्कनु पर्छ पर्छ/
विकार त्याग्दै सुन बढ्नुपर्छ,
संस्कारमा नै अब रम्नुपर्छ/१/

खोलेर हाँसौ मनको मुहान,
हाँस्दै नहाँसौ नभए विचार/
हटाइ मैलो तम फाल्नुपर्छ
संस्कारमा नै अब रम्नुपर्छ/२/

 

Continue reading


“तिमी र म”

Nirmohi, Vyas, निर्मोही व्यास, pallawa, पल्लव

निर्मोही व्यास

मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म
आज मेरो उँचाइलार्इ कल्ले सक्छ छुन !

आँखाखोल्दा पनि तिमी, चिम्लिराख्ता तिमी
जैले पनि जतो पनि झलझली तिमी
सारा धर्ती–आकोशभरि झकमक्क तिमी
कलेजीको पोखैभरि ढकमक्क तिमी

बादल फाटी आज सँगै झुल्के घाम–जून
आज मेरो उँचाइलार्इ कल्ले सक्छ छुन !

 

Continue reading


भावना मन्जुका कविता

Manuoo, Bhabana, Manju, भावना मन्जु, pallawa, पल्लव

भावना मन्जु

काँडाहरूका माझबाट नै गुलाब मुस्काउँछ
हिलोको माझ यो कमल पनि बसाउँछ
निहालीरहेछु आज कस्तो होला भोली
यकिन अवत: येस्तै मनुष्यको काहोनी ।

भगवानको सन्तान हामी बराबरी मन
यही अनमोल अनि सबसे अलग धन
नियतीलार्इ दोष नदिनु नैतिकता मान्नु
जन्मेको मर्नलार्इ हो येती सबले जान्नु ।

 

Continue reading


आमाको सम्झना

अमृता रामदाम की ममतामयी अामा

अमृता रामदाम की स्नेही सासु अामा

Amrita, Ramdam, अमृता रामदाम, pallawa, पल्लव

अमृता रामदाम

आमाको अमूल्य भारा मैले कटाउन सकिन
तिम्रो पीडाले मुटु फुट्दै छ खटाउन सकिन ।

तिम्रो काखमा बसी माया धित मार्न पाइन
घातीभयो समय अन्तिम स्वाश भेट्न पाइन ।

तिमी भन्दा ठूलो देवता कतै चिन्न सकिन
पैसामा जोखेँ तिमीलार्इ आयु किन्न सकिन ।

 

Continue reading


उडान र प्रवेश

Dr., Bidur, Chalise, डा. विदुर चालिसे, pallawa, पल्लव

डा. विदुर चालिसे

गाउँलेहरू थे
सुधा हरिणजस्ता
ती जय जयकार गर्थे
बारबार भोकका लागि
म दैलो खोल्थेँ र चिहाउँथेँ
तिनका महान नजरहरू ।

तिनलाई म दल भन्थे
र, प्रस्ताव राख्थेँ सगर्व
ती विगतका सजल थे,
बटुलबाटुल निर्दल पराग ।
प्रस्ताव परिभाषित हुन्थ्यो,
जमिन्दारीका अकरहरूमा !

 

Continue reading


मनै भित्रको दशैँ

Shakun, Gyawali, Kaski, शकुन ज्ञवाली, pallawa, पल्लव

शकुन ज्ञवाली

आयो दशैँ क्या खुसी ला’को छ
मन उडेर नेपाल मै गा’को छ ।
गोदावरी, मखमली फुले हुन
धानका बाला पँहेलै झुले हुन ।।

सयपत्रीमा डुल्दा हुन भुमरा
दशैँ घरमा राखे हुन जमरा ।
सबैले घर लिपपोत गरे हुन
करेङ कुरुङ मधेशमा झरे हुन ।।

 

Continue reading


म त फ्याँकिएको हुतिहारा . . .

Puspa, Joshi, kali, पुष्पा जोशी ‘काली’, pallawa, पल्लव

पुष्पा जोशी ‘काली’

म त फ्याँकिएको हुतिहारा बर्गको मान्छे अरे
त्यसैले त होला उनी चिल्ला गाडी चढ्छन
म उनैका तेहि चिल्ला गाडीको मर्मत गर्छु
उनी त्यही मैले मर्मत गरेका चिल्ला गाडी हुइकाउछन
म त्यही उनैका चिल्ला गाडी मुनि च्यापिदिन्छु
म त बहिस्कार भएको निच बर्गको मान्छे अरे
त्यसैले त होला उनी मन्दिर दर्शन गर्न जान्छन
म उनैका तेहि भगवानका मुर्ति बनाउछु
उनी त्यही मैले बनाएका मुर्तिलाइ भगवान ठानी ढोग्छन
म त्यही उनैका भगवानका मन्दिर बाट बाहिरिन्छु
म त इज्जत नै नभएको नाङ्गो बर्गको मान्छे अरे
त्यसैले त होला उनी प्रत्येक दिन नयाँ नयाँ काण्ड गरिरहन्छन ।

 

Continue reading


पर्खूँ कि के गरूँ ?

Ramesh, Chandra, Ghimire, रमेशचन्द्र घिमिरे ,pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

दिन ढल्दै गयो, साँझ पर्न लाग्यो फर्कूँ कि के गरूँ ?
अाउँछ्यौ कि भन्ने अाशामा अझै पर्खूँ कि के गरूँ ?
दायाँ र बायाँ जाँ बस्छ्यौ त्यहीँ बस्ने ठाउँ खाली छ
जतन गरि राख्या छु दिल पस्ने ठाउँ खाली छ ।

मुखले बोल्न नमिल्ने मनको भाषा छ मसित
थाके नि नजर भेट्नलाई झिनो अाशा छ मसित
बादलले किरण छरेर बाटो देखाउन ख‍ोज्दै छ
जूनको ठुन्को बिस्तारै मुन्टो उठाउन खोज्दै छ ।

 

Continue reading


“मेरो गाउँ बिरानो सहर”

Lilu, Magar, लिलु मगर, pallawa, पल्लव

लिलु मगर

भौतारी दै आएछु,यो बिरानो सहरमा
आसा अनि भरोसा पूरा गर्नको लागि
दोबाटोमा छुत्तिएर आएछु बिरानो सहरमा
हरेक जिन्दगीका पाठहरु पढ्नको लागि,

जब छोडियो मेरो घर ताधिदै गए म
घरको छानाबाट परेवा हेर्दै थियो,
झन ताधा गए खै कसरी बिलिन भए म
नजाउ भन्दै परेवाले बिन्ती गर्दै थियो,

 

Continue reading


 कोहि त होला

Dipendra, Khadka, दिपेन्द्र खड्का, pallawa, पल्लव

दिपेन्द्र खड्का

कोहि त होला माया लगाउने
‘मै मोरीलाई डोली चढाउने’ २
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

बैश चढेर पो हो कि
काउकुति मनमा जाग्छ
बादल सरी यो मन
आकाशमा उडी जान्छ
कोहि त होला नजर लगाउने
मै मोरीलाई डोली चढाउने
मिठो मिठो माया गरेर
सुटुक्कै भगाउने

 

Continue reading


मनमै छ्न

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

रुन्छु अझै एक्लै तस्बिर तिम्रो हेरिहेरी
आउदै जाँदै दियौ तिमिले घाउ फेरिफेरी
थाम्न सक्दिन आँसु यी केही गरि मैले
के के थियो र गल्ती कुन्न्नी भनेनौ नि तिमिले ।।।।

मेरो देउता भाग्य बिधाता तिमी हौ भन्दै
पिएर नै बसे आँसुहरु तिमी प्राण भन्दै
कतिखेर तिमी त बसाइ सरे छौ नि अन्तै
खोल्छु पुराना बाकसहरुलाई याद छ्न तै।।।।

 

Continue reading


पं. श्रीकृष्णेन्द्र (ईन्द्र) पाँडेका दुइ टुक्रा

 ‎Indra, Pandey‎ , श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे , pallawa, पल्लव

श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे

१) तराई मेरो पहाड मेरो
तराई मेरो पहाड मेरो
हिमाल मेरो देश् ।
बहुजाती बहु भेष् संस्कृती मेरो
नेपाल मेरो देश् ।।

कोई्लीको गीत छहराको संगीत्
गुञ्जिने मेरो देश् ।
गुँयेली प्याउली गुराँसहरु
फूल्दिने मेरो देश् ।।
छहरा पहरा लहराहरुले ,
मन् छुने मेरो देश् ।
युग् युग देखि स्वर्गै सरिको
मन् धुने मेरो देश् ।।

 

Continue reading


रमेशचन्द्र घिमिरेका दसैँ सम्बन्धी दुई टुक्रा

Ramesh, Chandra, Ghimire,रमेशचन्द्र घिमिरे, pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

१. गरिबको दसैँ
हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

ठूल्छोरालाई जाँगे छैन स्यान्छोरीलाई जामा
धोती फाट्यो किन्देऊ भन्छे छोर्छोरीकी आमा
आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

 

Continue reading