‘प्रतीक्षाको घडीमा’

Kamala, Khadka, कमला खड्का, pallawa, पल्लव

कमला खड्का

‘प्रतीक्षाको घडीमा’
किनारामा बसेर प्रतीक्षा गर्दै छु म
तिम्रो आगमनको
त्यो प्रेमिल माहासागरका तरङ्गहरू
हेर्दै
एउटा चखेवाको प्रेमिकाले
रात पछि बिहानै भेट्न आउने
प्रेमीलाई पर्खे जस्तै
अलिपर एकजोडी जल हाँस
सँग सँगै सैर गर्दैछन्
सायद मलाई जिस्काउँदै छन्–

Continue reading

मानव अधिकारका कुरा गर्नेहरू . . . . .

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

मानव अधिकारका कुरा गर्नेहरू
हिजोआज रक्सी भट्टी र पैसाको
बिटोमा बिकेका छन
सोझा र निर्धाहरू दिनरात
गरीवी मैँ पिल्सिरहेका छन
न्यायका लागि लड्नेहरू
हारगुहार गरिरहदा
अपराधीहरू छाती फुलाउँदै
खुलम खुल्ला हिडिरहेका छन्
खोई कहाँ छ मानव अधिकार ?

Continue reading

‘क़व्वाली’

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजलको भो गफ नलाऊ म तिम्रा बहर हेर्ने छु-
कति पिलाउन सक्दछ्यौ ? पिएर ज़हर हेर्ने छु ,
न लाऊँ धाक जोरले र तिम्रो सहर हेर्ने छु ।

मधुमास फर्किन देऊ या झमझम वर्षा बर्सिन देऊ-
आउन देऊ सुहागरात या मधुरसका मौसमहरु ,
कसरी फर्किदो रहेछ बैंस म सबै लहर हेर्ने छु ।

क़व्वाली गाउने छु अनुकूल मिलाई एक साँझ-
कहाँ के कति भए घात ? सबै ती क़हर हेर्ने छु,
छ मुस्लो प्रेमको भन्थ्यौ कति रहेछ नहर हेर्ने छु ।

Continue reading

“सुन्न नचाहिएको समाचार”

Janak, Karki,, जनक कार्की, pallawa, पल्लव

जनक कार्की

टुइट टुइट टुइट
बिहानको ७ बज्यो
अब सुन्नुहोस समाचार
सुरुमा प्रमुख समचार
बुवाद्वारा छोरीको बलात्कार
अब लागौ घटनास्थल तर्फ।

बुवालाई भगवान मान्ने
छोरीको भगवान
आज बिहानै
नमिठो तितो दागै दाग
हावामा दुर्गन्ध छर्दै
आस्थाको मन्दिर भत्काउदै
नर्कवास भएको छ।

Continue reading

आमोदीका ‘क़व्वाली’