जङ्गल फडानी गरेर भएनि प्रीय पर्ती बनाउला
पढाई लेखाइ छोरालाई सेनामा भर्ती बनाउला
किन चिन्ता लिन्छेउ तिमी म हुदा हुँदै साथमा
आमा बुवालाई सम्मान मिल्ने धर्ती बनाउला ।।
रहुन जेल तिम्रो जवानी धन देख्ने छेउ
उस्को हातमा पैसा हुदा मन देख्ने छेउ
सङ्ख बज्दा हास्दै आएउ भने घाटामा
पल्टाउनु कात्रो त्याहा सुमन देख्ने छेउ