गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
बहरबद्ध गजल– १,
युगका युग नै कति युद्ध लड़ें, मन-तार टुटे म सिऊँ कसरी ?
न त टेक्नु, समाउनु ठाउँ कतै अझ भास त्यही उभिऊँ कसरी ?
श्रम-शोषित भै ठगिएँ जसरी म हिसाब गरेर लिऊँ कसरी ?
रचनात्मक कार्यबिना म यसै मन माफ़िक़ चल्न दिऊँ कसरी ?
किनमेल छुटे र अभाव बढ़े, अझ दुर्घटना उसमाथि भए ,
सपनाहरु ती बटुलेर सबै जनक्रान्ति गरी दरिऊँ कसरी ?
गजज– १,
हिजोआज भेट हुँदैन ! कता हुन्छौ तिमी ?
गोधुलीमा आवाज छैन ! कता सुन्छौ तिमी?
एकैछिन नभेटेनि मेसेज गरिहाल्थ्यौ ।
सम्पर्क नै विहिनछ के जाल बुन्छौ तिमी?
बोलाएर सेल्फिपार्कमा फोटो खिचौँ भन्थ्यौ,
यो अजम्बरी मेरो माया के ले धुन्छौ तिमी ?
गजल– १,
आस्थाका बिम्बहरू लगातार ढ्लेपछि
सपनाको महलहरू भत्किएर लडेपछि
खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछि
के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि
तिमीले मागे यो ज्यान सुम्पिन तयार छु!!
सकेको खुसी तिमीलाई म दिन तयार छु!!
मायाको काखमा नै मर्न पाउछु भने मैले,
हाँसी हाँसी म फाँसीमा झुन्डीन तयार छु!!
यदि तिमी अरु सँग हाँसी खुशी हुन्छौ भने,
तिम्रो खुशीको लागि म टाढिन तयार छु!!
१) बहरबद्ध गजल
मोहित पार्ने कृष्णमुरारी ! निर्मल तिम्रो दर्शन पाएँ,
भक्ति-सुधाले भाग्य सुधारी निर्मल तिम्रो दर्शन पाएँ ।
नित्य तिमीमै भक्ति जगाई कीर्तनसाथै नर्तन गर्दा-
निश्छल चोखो नाम पुकारी निर्मल तिम्रो दर्शन पाएँ ।
भक्ति-रसैमा जीवन-पानी खर्चिनु खर्ची एक बिहानै-
अर्पण गर्दा प्रेम-सुपारी निर्मल तिम्रो दर्शन पाएँ ।
मदहोस तिम्रा ती आँखा मा म हराएछु
यो मेरो मन मुटुमा तिमिलार्इ सजाएछु ।।
लुकाउ मलाई तिम्रो ती प्यासी नयनमा
मलाई बाँधेछौ र पो म आत्तिदै कराएछु ।
तिमी भन्छौ म तिम्रै हु मलार्इ बिश्वास छ
चिरिदिन्छु छाती भन्यौ र पो बर्बराएछु ।
जब जब भोक हुन्छ पेटमा, निन्द्रै लाग्दैन
भएका कुरा सम्झन्छु भेटमा, निन्द्रै लाग्दैन ।
बानी पनि खै के के पर्छ पर्छ अचम्मै पर्छु
सुत्ने बेला कुरा नभए नेटमा, निन्द्रै लाग्दैन ।
कि रुईमा कि त दुईमै तातो हुन्छ सुन्ने गर्थे
कसरी भनुँ बिना ब्लान्केटमा, निन्द्रै लाग्दैन ।
गजल- १,
बिर्सनै नसकिने त्यो, रात थियो,
सुनी नअघाउने त्यो, बात थियो।
ठ्याक्कै यही हो नि, भन्न सक्दिन थेँ,
कता कता अनौठो त्यो, जात थियो।
कोठा एक म एक, अनि उ एक,
बाहिर मुसल्धारे, बर्षात थियो।
डरै डरमा रहेर म बोलेँ धेरै चेपिएर
सधैँ दुःख गरेर बसेँ म खुबै हेपिएर ।
तिम्रो सिन्दूरको हिफाजत गर्दागर्दै आज
ओरालीको मृगसँगै हिँडेछु आज खेपिएर ।
तिमीदेखि मेरो मन धुजा धुजा भैसक्यो
टाल्ने कतै ठाउँ छैन पटुकी झैँ चेतिएर ।
गजल- १,
यो मनले झैँ उन्को मनले, कल्पे पनि हुन्थ्यो।
कै ले काहीं त त्यो मन यता,ढल्के पनि हुन्थ्यो।
किन हो खै भेट हुँदा नि, रिसाएकै भान हुन्छ?
ती नजरमा मधुर मायाँ, झल्के पनि हुन्थ्यो।
घाम चर्केर गर्मी याममा, तिर्खाउँदा गला,
कल्कल बगेर तिर्खामेट्न, पल्के पनि हुन्थ्यो।
गजल– १,
हुन्न भन्थ्यो भने रक्त सञ्चारले
हुन्छ जीवन र के देख्छ संसारले
पुग्न सक्दैन तन बोटमा तैपनि
पुग्छ मन हरकदम फूलकै प्यारले
फूलकै कामना गर्दथेँ सर्वदा
ब्यर्थ शंका गरेछन् दुईचारले
गजल– १,
धनछैन त के भो चलेकै छ यो जिन्दगी
खेतको धान जस्तै फलेकै छ यो जिन्दगी ।
मीठोखाना खानु अनि राम्रोनाना लाउनु
मलार्इ त दिनले छलेकै छ यो जिन्दगी ।
चुल्हो चलाउनु मात्र हैन रै’छ जीवन
तर आनन्दमा चलेकै छ यो जिन्दगी ।
मधुर प्रीतिकी बैंस-कल्पना !
सकल रागका मेट्छु तिर्सना ।
नयन चारु छन् दिव्य जादुझैं-
हृदय-तारमा छुट्छ मूर्च्छना ।
वचन मिष्ठ छन् बैंस फर्किने-
युग बिताउने जाग्छ चाहना ।
वलियो भो भाग्य भनी तोक्न सकिएन
समयको पाउँवन्दीलाई रोक्न सकिएन!!
निरासको संकेत आउछ भावीले नै छल गर्दा
एक हातलाई लुकाएर ताली ठोक्न सकिएन!!
तरंगले पौडी खेल्यो साउनको भेलसरी
अशान्तीको कोलाहलमा वुद्ध घोक्न सकिएन!!
प्रेमका आँखाले मनका कुरा थाहा पाउनु पर्छ ।
सबै बाबुहरूले आफ्ना टुहुरा थाहा पाउनु पर्छ ।।
सिन्दूर पुछिँदैमा जिन्दगी सकिदैन मेरी आमा ।
बाँकी छन बलिया हात पाखुरा थाहा पाउनु पर्छ ।।
बिकासी नाममा डोजरले घर भत्काउनु अघि ।
मर्दछन विनासमा बबुरा थाहा पाउनु पर्छ ।।
च्यातिदै छन् जिन्दगीका पुस्तकका पानाहरू,
गाढा हुँदै गएका छन् बिरहका तानाहरू ।
जिन्दगीको यात्रा छोटो अनगिन्ती कामना छन्-
भोक तिर्खा हराउँदा चल्छन् धेरै तानाहरू ।
समाज भो यान्त्रिक झन् उदारता छैन कतै-
मुटु छिया-छिया भई बनेका छन् चानाहरू ।
खेल रहेछ जिन्दगीले हार्न सिकायो
समयले मुखले ठिक्क पार्न सिकायो
खुशी जीतमा रहेछ आँसु त हारमा
समाजले शेखी उसको झार्न सिकायो
नलेखेको गीत मनको नदेखेको जीत
सहयोग माग्दा छैन भनी टार्न सिकायो
मिठा मिठा कुरा सुन्दा मान्छे आहा लाग्छ।।
कस्तो रैछ आनि बानी पछि थाहा लाग्छ।।
चिनी धेरै खाए पछि चिनीकै रोग लाग्ने,
उस्तै हुन्छ्न बुझे पछि बल्ल डाहा लाग्छ ।।
बोली पिच्छे सर्त हुन्छ्न मान्छे पिच्छे कुरा,
रुप हेरि भाषा फेर्दा नियत, पिराहा लाग्छ ।।
गजल- १,
सकिएन छेक्न बाटो ,छेक्न गाह्रो भयो,
हेर्दाहेर्दै टाढा भयौ, देख्न गाह्रो भयो ।
तिम्रो यात्रा एकोरो भो, नफर्किने गरी,
डोब छोड्यौ मझेरीमा, मेट्न गाह्रो भयो।
जता हेर्छु चुपुर्कोमा, तिम्रै याद भेट्छु,
थाहा हुदाहुदै पनि, फेक्न गाह्रो भयो ।