गजल

Dinesh, Basnet, दिनेश बस्नेत, pallawa,, पल्लव

दिनेश बस्नेत

आफ्ना सबै पराई भए ओठमा छैन हासो
आशा त्यान्द्रो टुटि सक्यो केले लाउने पासो

साथदिन्छु भन्ने कुरा मिथ्या रै’छ क्यारे
अनि पो राख्नै छाड्यौं मेरो मनको चासो ।

अधेरीमा छायाले त साथ छोड्छ भन्छन्
दुःख पोखेको हैन मनको मेरो यो गुनासो ।

 

Continue reading


गजल

Bimala, Bikalata, Dangi, विमला डागी 'विकलता' , pallawa, पल्लव

विमला डागी ‘विकलता’

बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ?
म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ?

धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले
उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ?

नन्दनको सपनाहरु न देखाउ भो मलाई यहाँ
प्रकृतिमै रमाएकी छु प्यार पो किन चाहियो र ?

 

Continue reading


गजल

Santosh, Subedi, सन्तोष सुवेदी , pallawa, पल्ल्व

सन्तोष सुवेदी

जोगाएकि त थिए मैले तिमीले नग्न पारेउ
मलाई देखि कुकुरलेझैं तिमीले राल झारेउ ।

बाघले सिकारलाई लुछेजस्तै तिमीले
कमलो छाला,मासु,तन लुछि मलाई मारेउ ।

भोक मेटेउ तिम्रो मनको अनि डडाएउ मलाई
कतै अंग काटि फ्याकेउ त कतै गाडेउ ।

 

Continue reading


सृजना सरोवर को जोर गजल

Shreejana, Sarovar,, श्रृजना सरोवर, pallawa, पल्लव

श्रृजना सरोवर

गजल– १,
सबै नै उस्तै हुँदैनन् बिहानी ।
न हुन्छ एकनासको निशानी ।

पवन पनि त चल्दैन एक सुर,
हुरी बतास र हुन्छ घाम पानी।

बिश्वास छैन मलाई स्थिरत्वाको,
फूल झै ओइलिन्छ यो जवानि ।।

 

Continue reading


हरिप्रिया रिजालका तीन गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,

सागरजस्तै साउनको भेलसँग पनि घुल्न सिक्नुपर्छ
नजानेर हुने अन्जानी गल्तिहरूसबै भुल्न सिक्नुपर्छ ।

हिलोमा नि ढकमक्क भै कमलको फूल फुलेको हुन्छ
हृदयभित्र स्नेहरूपीमाया कमल झैँ फुल्न सिक्नुपर्छ ।

सुख हुँदैमा न हस्किनु अनि दुखीलाई नमिठो नपस्किनु
धनी र गरिबको मानवियताको माला बुन्न सिक्नुपर्छ ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बढ्दा सधैं व्याकुलता मनैमा,
जान्थें स्वयं शान्त कुनै वनैमा ।

के अर्थले सूत्र भिरेर हिड्छौ ?
जातीय झुन्डिन्छ कि यो जनैमा ?

पुर्खाहरू लोभ नराख्नु भन्दथे-
राख्छौ तिमी स्वार्थ सधैं धनैमा ।

 

Continue reading


गजल

Yogendra, Dhakal, योगेन्द्र ढकाल, pallawa, पल्लव

योगेन्द्र ढकाल

कुनै दिन तिम्रो त्यो सिउँदोमा,सिन्दुरको धर्को होला!!
खुसी हुन्छौ आगनीकै,छेउमा बस्ने पनि अर्को होला!!

आउन सक्दिनँ त्यतिबेला म तिम्रो सामु मेरी मायालु!!
धेर्‍रै बझ्छ नौमती बाजा अनी, धुन पनि चर्को होला!!

आए पनि म केही बोल्दिन कसैसँग सके मौन बस्छु!!
मेरा प्रेमील शब्दहरूले गर्दानै तिमी लाई झर्को होला!!

 

Continue reading


गजल

Anita, Bhandari, Paudel, अनिता भण्डारी (पौडेल), pallawa,पल्लव

अनिता भण्डारी (पौडेल)

(नारी तिमी हारेकी छैनौ)
नारी तिमि जीवनमा हारेकी छैनौं
आफ्नो लागि आँशु झारेकी छैनौं

संधै कमजोर नै छौ ठान्छन पुरुषहरू
घोच्छन हरेक शब्दमा खारेकी छैनौं

आधुनिक समाजको अपेक्षा राख्छ्यौ
र पनि धोकाको भुमरीमा पारेकी छैनौं

 

Continue reading


गजल

Anchal, Bantawa, Anchal, अन्चल बान्तवा अन्चल, pallawa, पल्लव

अन्चल बान्तवा अन्चल

एउटा कहानी भरिएको फोटो भेटियो
बालाई बचाउने छोरिको धोको भेटियो

बन्धक लाई भोकै मार्ने योजना सहित
जहाँ कानुनको अचम्मकै कोठो भेटियो

एस्तो खबर सुनेपछी छोरिको मन रुदा
बालाई दूध खुवाउने मन चोखो भेटियो

 

Continue reading


गजल

Vinata, Bhattari,,विनता भट्टराई , pallawa, पल्लव

विनता भट्टराई

कहिले त शरदको याम बनी आयौ
कहिले विवशतामा घाम बनी आयौ ।

घडीको सुइ झैँ धकेलिँदै यताकता
थकानमा फलैचा आराम बनी आयौ ।

गुलेलिको मट्याङ्ग्रा झैँ भर छैन तिम्रो
खिल परेको घाउमा डाम बनी आयौ ।

 

Continue reading


दिवश बानीयाँ का जोर गजल

Dlwash, Dibas, Kumar, Baniya, दिवश कुमार बानीया , pallawa, पल्लव

दिवश कुमार बानीया

गजल– १,
खतराबाट हुन्छ खतरा बिचार गर
अब नगर सागर नखरा बिचार गर

सरिया सिमेन्ट कम बालु बढि भए
डल्न सक्छ अझ धररा बिचार गर

अँध्यारोमा छायाँ र माया देखिदैन
सुन्दरी स्वर्गकी अप्सरा बिचार गर

 

Continue reading


अरुणा श्रेष्ठ ‘अनु’ का तीन गजल

Aruna, Shresth, Anu, अरुणा श्रेष्ठ 'अनु', pallawa, पल्लव

अरुणा श्रेष्ठ ‘अनु’

बहरबद्ध गजल– १,
तिमी हाँस्नु पर्छ, लुकाएर पीडा ।
हजारौँ हियाका, भुलाएर पीडा ।

नआत्तीनु छर्छु, तिमीमा नै हाँसो-
बनौला म काँडा, फुलाएर पीडा।

सबै माझ पुग्ने, छु देख्छौ सबेरै-
म रत्ती नथाकी, कुदाएर पीडा ।

 

Continue reading


गजल

Ajanabi, Paudel,,अजनबि पौडेल, pallawa, पल्लव

अजनबि पौडेल

मन छामेर मान्छे लाइ, यहाँ चिन्न सिक!!
के बिक्ने के नबिक्ने जानेर किन्न सिक !!

सोचेको एउटा होला है, बास्तबिकता अर्कै !!
माछो भ्यागुतो के हो ठम्याएर उधिन्न सिक!!

हरचिज भोग गर्ने आ-आफ्नै हुन्छन तरिका !!
के पकाउने,के उमाल्ने ? बुझेर उसिन्न सिक !!

 

Continue reading


बहरबद्ध गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

रै` छ जिन्दगी यात्रा बास भो सधैं मेरो ।
बेदना र पीडाको रास भो सधैं मेरो ।

कल्पना यि लेख्दै जाँदा कथा बने आज
प्रेमको निशानी पो खास भो सधैं मेरो ।

ब्यर्थमा लडें, लड्दा लड्दै मुहार बद्लेन
सुख्ख मिल्छ भन्दा झन् दास भो सधैं मेरो।

 

Continue reading


गजल

Tara, Dev, Sharma, Pardarshan, तारादेव शर्मा ‘प्रादर्शन’, pallawa, पल्लव

तारादेव शर्मा ‘प्रादर्शन’

प्रजातन्त्र गणतन्त्रका नारा रोएका छ्न
विकासका मुल नफुट्दा सारा रोएका छ्न

निमुखा र असह्यले न्याय नपाउदा आज
लज्जित भइ संविधानका धारा रोएका छन

नरहेर समानता नभएर एकीकृत
आँखा गाड्दा पराइले बारा रोएका छ्न

 

Continue reading


गजल

Umesh, Pyashi, उमेश प्यासी , pallawa, पल्लव

उमेश प्यासी

छोरो सधै खाडी तिर रमाए पछि
पराइ भयो सम्पत्ति कमाए पछि

यता खेत वारि बाजै भका छन
उ बिदेश गइ सबेल समाए पछि

झर्छन आँसु बुढेसकालमा हलो र
जुवा हातमा कोदाली थमाए पछि

 

Continue reading


गजल

Gita, Parajuli, Sirjana‎, गीता पराजुली सिर्जना, pallawa, पल्लव

गीता पराजुली सिर्जना

हृदयमा मायालुलाई पसाउने नि आँखा नै हुन्
अञ्जानमै पिरतीमा फसाउने नि आँखा नै हुन्

माया गरी कसैसँग सुख दु:ख भोगे पनि
हरपल यादमा तड्पाएर रसाउने नि आँखा नै हुन्

मिले पनि नमिले’नि देखेपछि लोभी नजर
झट्ट हेर्दा कल्पनामा कसाउने नि आँखा नै हुन्

 

Continue reading


गजल

Neelakantha, Nilakantha, Subedi, ‎निलकण्ठ सुबेदी‎ , pallawa, पल्लव

‎निलकण्ठ सुबेदी‎

ग्लानमा दाजुभाइले कति दु:ख गरे होलान्
कमाउने आशै आशमा धेरै ठाउँमा सरे होलान्

आफ्नो स्वर्ग देश छोडी परिवार पाल्न भन्दै
अनाहकमा हण्डर खॉदै कति जेल परे होलान्

कुट्ने पिट्ने गर्दा साहुले कति आपत पर्यो होला
बिना कसुर पिटाई खाई धेरै युवा मरे होलान्

 

Continue reading


गजल

Rohit, Kuwar, रोहित कुँवर , pallawa, पल्लव

रोहित कुँवर

प्यार बचपन अनि जवानीलाई पनि गर्छु
गर्न त प्यार जीवन कहानिलाई पनि गर्छु ।।

आँसुले भिजाए धोए सुकाए खोल फेरे
म बर्षौ देखि प्यार सिरानिलाई पनि गर्छु ।।

तिमी प्यार ब्यक्त गर्न प्रणय दिवस पर्खन्छौ
यहाँ प्यार त म हर लगानीलाई पनि गर्छु ।।

 

Continue reading


गजल

Narayan, Adhikari, Aaditya  नारायण अधिकारी ‘आदित्य’, pallawa, पल्लव,

नारायण अधिकारी ‘आदित्य’

जिन्दगी जीउने खै कुनै पनि आधार थिएन ।।
घातै घात भो जीवन भरि कतै प्यार थिएन ।।

हिजो सम्म सबथोक आफ्नै जस्तो लाग्थ्यो मलाई ।
आज उनीलाई नै आफ्नो भन्ने अधिकार थिएन ।।

आँशुलाई जब देखि शब्दमा लेख्न सिकेको थिए ।
यस्तो लाग्थ्यो कलम भन्दा ठुलो तरबार थिएन ।।

 

Continue reading