२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्िक्तबद्ध कर्ुर्सर्ीी मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रोबृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।
