विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भगवद्गीता पढेपछि पूर्वीय सभ्यताप्रति आपूm चिरऋणी भएको र भगवद्गीता उत्प्रेरणाको स्रोत भएको दाबी गरे । विश्वचर्चित महापुरूष थोरोले ‘आपूm प्रत्येक उषाकाल गीताको ज्ञानामृतले स्नान गर्ने कुरा स्वीकारे । प्रसिद्ध ब्रिटिस कवि टी. एस. इलियटले श्रीमद्भगवद्गीताको गहन अध्ययन गरिसकेपछि ठोस निष्कर्ष निकाले, ‘पूर्वीय दार्शनिकका सामु पश्चिमी दार्शनिकहरु भर्खरै स्कुल जाने उमेर भएका बच्चाजस्ता प्रतीत हुन्छन् । गीताको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको सूची लामो छ । पाश्चात्य मनीषीहरुद्वारा यतिविघ्न प्रशंसित गीता हाम्रो भूमिमा आइपुग्दा ‘भिल्लको देशमा मणि’भैmँ भएको छ । अभैm पनि गाउँघरमा कहावत छ, ‘गीता पढे बौलाइन्छ ।’ न गीता उपदेश गर्ने जोगी हुन्, न सुन्ने जोगी हुन् । ‘गीता पढे जोगी नै भइन्छ’ भन्ने अफवाह यति हुँदाहुँदै पनि विद्यमान छ ।
