‘सुदृढ मन, सुन्दर जीवन’: जोगी हुन होइन, जोगिन सिकाउने पुस्तक

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भगवद्गीता पढेपछि पूर्वीय सभ्यताप्रति आपूm चिरऋणी भएको र भगवद्गीता उत्प्रेरणाको स्रोत भएको दाबी गरे । विश्वचर्चित महापुरूष थोरोले ‘आपूm प्रत्येक उषाकाल गीताको ज्ञानामृतले स्नान गर्ने कुरा स्वीकारे । प्रसिद्ध ब्रिटिस कवि टी. एस. इलियटले श्रीमद्भगवद्गीताको गहन अध्ययन गरिसकेपछि ठोस निष्कर्ष निकाले, ‘पूर्वीय दार्शनिकका सामु पश्चिमी दार्शनिकहरु भर्खरै स्कुल जाने उमेर भएका बच्चाजस्ता प्रतीत हुन्छन् । गीताको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको सूची लामो छ । पाश्चात्य मनीषीहरुद्वारा यतिविघ्न प्रशंसित गीता हाम्रो भूमिमा आइपुग्दा ‘भिल्लको देशमा मणि’भैmँ भएको छ । अभैm पनि गाउँघरमा कहावत छ, ‘गीता पढे बौलाइन्छ ।’ न गीता उपदेश गर्ने जोगी हुन्, न सुन्ने जोगी हुन् । ‘गीता पढे जोगी नै भइन्छ’ भन्ने अफवाह यति हुँदाहुँदै पनि विद्यमान छ ।

 

Continue reading


“नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र”

dr.Matiprasad, Dhakal, Gaidakot, डा.मतिप्रसाद ढकाल , pallawa, पल्लव

डा.मतिप्रसाद ढकाल

नेपाली लेखक संघ चितवनको आयोजना तथा चितवन र नवलपरासीका विभिन्न विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, कलाकारलगायतको करिब ९० जनाको सहभागितामा आज २०७३ असोज १ गते वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सम्पन्न ‘वर्णविन्याससम्बन्धी सचेतना कार्यक्रम’द्वारा तपसिलबमोजिमको ७ बुँदे “नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र” जनसमक्ष प्रस्तुत गरिएको छ :
१. त्रिविको ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६ असार), तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ को ‘सबैको नेपाली’ (२०६७ जेठ), नेपाल प्रज्ञा प्रतिष्ठानको ‘भाषा सङ्गोष्ठी’ (२०६७ पुस), २०६९ श्रावण २२ को मन्त्रीस्तरीय निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालयस्तरका नेपाली पाठ्यपुस्तकहरूमा लागू गरिएको ‘शैली पुस्तिका’ (२०६९) र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नवीनतम संस्करणका रूपमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ –

 

Continue reading


सिक्किममा राम्ररी नियाल्दा

Bikash, Basnet, Sikkim, विकास बस्नेत, pallawa , पल्लव

विकास बस्नेत

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ । यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ । त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ ।

 

Continue reading


विजय मल्ल ः राजनैतिक सचेतना र्सजक

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

स्रष्टा र सिर्जना
नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वको रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, प|mान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो । बुवा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई निरन्तता दिए ।

Continue reading


राम्ररी नियाल्दा सिक्किममा . . . . . 

 

Bikash, Basnet, Sikkim, विकास बस्ने, pallawa , पल्लव

विकास बस्ने

एसडीएफ पार्टीका अध्यक्ष श्री पवन कुमार चामलिंगले सिक्किमे जनता अनि एसडीएफ कार्यकर्ताहरुलाई आफ्नो पार्टीको स्थापना दिवस अनि चुनावको समयमा विभिन्न लोभ लालचहरु देखाउदै भए भरको घोषणा र सपना देखाउने गरेको २२ बर्ष पुग्दैछ | यसपाली पनि फेरि श्री पवन कुमार चामलिंगले विभिन्न लालच हरु देखाएर आफ्नो झुटो घोषणाहरु सुनाउनका निम्ति जनतालाई एसडीएफको बर्षगांठमा निम्त्याउने काम भैरहेको छ | त्यसर्थ , यसपालिको ४ मार्च एसडीएफ दिवसमा जानअघि श्री पवन कुमार चामलिंगलाई तल जनाईएका पूर्व घोषणा हरुको जवाब सिक्किमे जनता साथै एसडीएफ कार्यकर्ताहरुलाई दिने एसकेएम पार्टी मांग गर्दछ |

 

Continue reading


पाल्पालीका गजलहरूमा प्रवेश गर्दा

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

परिचय

युसुफदिन मियाँ ‘पाल्पाली’को यस गजलसङ्ग्रहलाई मैले पल्लव साहित्य प्रतिष्ठानको बार्षिक कार्यक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ तर पढ्ने काम भए पनि यस सम्बन्धमा समालोचना गर्ने काम भने भएको थिएन । आज ममा पाल्पालीजीका सबै कृतिहरूलाई पढ्ने र विवेचना गर्ने विचार पलाएको छ । बास्तवमा उहाँसँग मेरो परिचय सोही कार्यक्रममा भएको थियो । झट्ट हेर्दा, आकर्ष शाँरीरिक संरचना ,सरल व्यक्तित्व, सहयोगी भावनामा उच्च, बोली–बचनमा मीठास र दृढता, व्यवहारमा समतामुखी भावना भएको एक सामाजिक, गीतकार र गजलकारको रूपमा, देखिनु हुन्छ उहाँ ।

 

Continue reading


पर्खालभित्रको घामले खोजेको उज्यालो

Dwarika, Nepal,द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

१. विषय प्रवेश:

सामना पहाड (३३) साहित्यिक नाम बोकेकी कवयित्री सुमन सिलवालसँगको चिनजानले पनि करिब एक दर्जन वर्ष छोएछ । वि.सं. २०६० सालतिर नेपाल इस्टु स्थापनाताक र त्यसपछिका निजी विद्यालयहरूका शिक्षक—कर्मचारीहरूको आन्दोलनमा हामी एउटै मोर्चामा हुन्थ्यौँ । तिनताका उनी कुनै निजी विद्यालयमा अध्यापन गराउँथिन् र आफ्नो अध्ययन पनि सँगसँगै अघि बढाइरहेकी थिइन् । प्रारम्भमा उनलाई चिन्दा कवियत्री व्यक्तित्वभन्दा एउटै शिक्षण पेसामा संलग्न सहकर्मीका रूपमा मात्रै चिनेको हुँ । तर पछि साहित्यिक संसर्गमा नियमित जसो भेट हुन थालेपछि उनीभित्र रहेको कविप्रतिभालाई पनि चिन्ने मौका प्राप्त हुन थाल्यो ।

 

Continue reading


ब्यक्तित्व विजय मल्लः राजनैतिक सचेतना र्सजक

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक ब्यक्तित्वका रूपमा चिनिन्छ । उनको जन्म वि.स. १९८२ असार १० गते ओमबहाल, काठमाडौँमा भएको हो । यिनी ऋद्धिबहादुर मल्लका साहिला छोरा तथा गोविन्द मल्ल गोठालेका भाइ हुन् । उनले शिक्षाको हकमा आइ.एस.सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, फ्रान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो ।

 

Continue reading


कृति समीक्षाः आत्मालाप

Caver Aatmalapko

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

अरूणनदी खत्री

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्, भ्रष्टाचार एवम् भ्रष्टाचारीका् गन्थन छन् लोक-परलोकका गन्थन पनि छन् ।

 

Continue reading


भावानाका बिम्बहरूमा एक दृष्टी

Bhawani Neupane 3D Back for FB

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

परिचय

भवानी न्यौपाने ‘भावना’को यस कृतिलाई मैले पल्लप साहित्य प्रतिष्ठान–चितवनको बार्षिकोत्सव कायक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ । पढ्दै गएँ, लाग्यो, नेपाली सहित्यको क्षेत्रमा उनी एक प्रतिभा सम्पन्न नारीहस्ताक्षर हुन् । उनको परिचयलाई केलाउँदा उनी ह्विल्चा सल्यानमा पिता पवित्रराज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्म लिइन् र दाङ तुलसीपुर-५ ‘ग’ लाइनमा स्थायी बसोबास गर्दै, शिक्षण पेसालाई अङ्गाल्दै आएकी छन् । साहित्यिक कार्यक्रममा सहभागी हुँदा रमाउने भवानीलाई दाङ साहित्यिक तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, चितवन, राप्ती साहित्य परिषद्, दाङ, लेखकसङ्घ, दाङ, देउखुरी साहित्य तथा सांस्कृति मञ्च, दाङ, ब्रहृमकुमारी राजयोग विश्वविद्यालय, दाङ आदि संस्थाहरूमा आजीवन सदस्यको रूपमा आबद्ध भएको पाउँछौ ।

 

Continue reading


“अध्ययनशील समालोचकको शल्यक्रिया”

समिक्षीत कृति

समिक्षीत कृति

Matiprasad, Dhakal, डा. मतिप्रसाद ढकाल , pallawa, पल्लव

डा. मतिप्रसाद ढकाल

बिर्खे अञ्जानको वास्तविक नाम लक्ष्मण बर्तौला हो । उनी चितवनको खैरहनीमा जन्मेर पनि मकवानपुरको थाहा नगरपालिकालाई आफ्नो कर्मथलो बनाएर त्यसकै सेरोफेरोमा कविता, गीत र समालोचनाहरू लेख्तै रमाएका छन् । उनले निबन्ध पनि लेख्छन् र कथा पनि लेख्ता रहेछन् तर तिनका छुट्टै सङ्ग्रहकोरूपमा हालसम्म एउटा कवितासङ्ग्रह ‘अवसान सपना’ मात्र प्रकाशित रहेको छ । त्यसैले होला २०६० मा ‘सुदूर कथा पुरस्कार’ प्राप्त गरेर पनि त्यसलाई उनले अस्वीकार गरेका थिए । उनले २०६२ देखि हालसम्म संयुक्त रूपमा तीनवटा गजलसङ्ग्रह, एउटा संयुक्त र एउटा एकल गरी दुईवटा कवितासङ्ग्रह अनि एउटा समालोचना सङ्ग्रह प्रकाशमा ल्याइसकेका छन् । मकवानपुरको दोभान पुस्तकालय र पालुङ साहित्य परिषद् हाल उनकै कुशल नेतृत्वमा अग्रसर भइरहेका छन् ।

 

Continue reading


पल्लव सम्मान, लोकार्पित कृति र मोफसल

dr. dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

२०७२ साल असोज २३ गते शनिवार झण्डै विहान ढालेर म पुग्दासम्म नारायणगढ लायन्स क्लब चितवनको सभाहल निकै साहित्यमय बनेको थियो । अनारका दानाझैं थिए पङ्िक्तबद्ध कर्ुर्सर्ीी मेचहरू । खालि भेटिन निकै हम्मे हम्मे थियो त्यहाँ । सधैँ जसो सजिलै भेटिने साइँलो दाइलाई भेट्न निकै मुस्किल प्रतीत हुन्थ्यो । छेउमा आइहाले भने पनि विजुली नै बेचिरहने मान्छे विजुली चम्किए झैं पिलिक्कै गइहाल्ने । साँच्चै उनी नै थिए । यत्रोबृहद् साहित्यिक अनुष्ठानका सहजकर्ता । अनि मुख्य संयोजनको अभिभारा पनि थियो होला सायद् उनकै काँधमा । साहित्यानुरागी बन्धुहरूलाई आहृवान गरेका थिए देशभरिबाटै उनले ।

 

Continue reading


माधवप्रसाद घिमिरेः नेपालका राष्ट्रकवि

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कैल्यै हुँदैन विफल ।
अँाधी र बेरी दशै र दिशा घेरेर चल्दछ फूलको थुङ्गो
अलुङ्गो हाली हँागामा झुल्दछ ।
-राष्ट्रकवि माधवप्रसाद घिमिरे)
आधुनिक नेपाली कविता र गीतमा महाकवी लक्ष्मीप्रसाद देवकोटाले ल्याएको स्वच्छन्दवादी धाराका -वि.सं.१९९१-२०१६) सम्मका माधवप्रसाद घिमिरे एक प्रसिद्ध कवि एवं गीतकार हुन् ।
उनी पिता गौरीशंकर तथा माता द्रौपदीदेवी घिमिरेको कोखबाट वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा पहिलो सन्तानको रूपमा जन्मेका हुन् ।

 

Continue reading


गोठालेः नेपाली कथाका महान निर्माता

Govinda, Malla, Gothale, गोविन्दबहादुर मल्ल ‘गोठाले’, pallawa

गोविन्दबहादुर मल्ल ‘गोठाले

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

काठमाडौंको ओमबहालमा ऋद्धिबहादुर र आनन्दमाया मल्लको जेठा सुपुत्रको रूपमा जन्मनु भएका गोविन्दबहादुर मल्ल गोठाले (१९७९-२०६७) नेपाली साहित्यका विशिष्ठ प्रतिभा हुन् । उहाँको बाल्यकाल मधेसतिर बितेको थियो भने पढाइको सुरूवात बनारसको थियोसफिकल स्कुलबाट भएको थियो । बनारसमा तीन वर्षो बसोबास पश्चात् परिवारका साथ गोठाले काठमाडौं आउनुभएको थियो । काठमाडौंको दरबार हाइस्कुलमा करिब आठ वर्षति अध्यापन गर्नुभयो । आइ.एस्सी. सम्मको औपचारिक शिक्षा प्राप्त गर्नु भएको उहाँले स्वाध्ययनद्वारा नेपाली, अंग्रेजी र हिन्दिमा लिखित् पूर्वीय पश्चात्य साहित्य, दर्शन, समाजशास्त्र तथा मनोविज्ञान आदि बिषयहरूको प्रयाप्त मात्रामा ज्ञान हासिल गर्नु भएको थियो ।

 

Continue reading


त्रान्तदर्शी महान ब्यक्तित्वः गोपालप्रसाद रिमाल

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

गोपालप्रसाद रिमाल

गोपालप्रसाद रिमाल

नेपालको भाषा-साहित्य र राजनैतिक दुबै क्षेत्रमा अब्वलदर्जामा गनिने गोपालप्रसाद रिमाल आधुनिक नेपाली कविताको स्वच्छनदतावादी धारा -१९९१-२०१६) का प्रसिद्ध कवि र सफल सशक्त नाटककार हुन् । उनको पिता उमाकान्त र माता आदित्यकुमारी रिमालको जेठो सुपुत्रको रूमा काठमाडौँको लगनटोलमा जन्म भएको हो । मध्यम बर्गिय परिवारमा जन्मेको हुँदा बाल्यकाल सोखिन रूपमा बिताएका रिमाल बाल्यअवस्थादेखि नै तिक्ष्ण बुद्धिका थिए । चार कक्षादेखि प्रथम हुँदै म्याटि्रकमा ९० प्रतिशत अङ्कल्याई उनले आफ्नो अध्ययन आइ.ए. सम्म गरे । घरमा रहेर रिमालले संस्कृत र अङ्ग्रेजी भाषा साहित्यको गहिरो अध्ययन गरेका थिए ।

 

Continue reading


कटाक्षः एक परिक्रमा

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

साहित्यको सबैभन्दा प्राचीन विधा कविता हो । नेपाली साहित्यमा कविता लेख्नेहरूको उपस्थिति बाक्लै छन् । त्यसो त कवितालाई मन पराउने पाठक भने सीमित नै छन् । अन्य विद्याको पुस्तकको तुलानामा कमै बिक्छन् कविताका पुस्तक । तर पनि कविता लेख्ने र कविताका पुस्तक नै प्रकाशन गर्ने जमात बाक्लै छ । यसै माहोलमा होमिएका छन् लालबहादुर गुरूङ आरोही । लालबहादुर गुरूङ आरोही पुरानो नाम होइन नेपाली साहित्यमा । वि.स. २०३० सालमा नुवाकोट जिल्लाको गर्ेर्खुमा जन्मेका उहाँ स्नाकत्तोरमा भाषा साहित्यका एक विद्यार्थी हुन् ।

 

Continue reading


पाब्लो नेरूदाको मृत्य रहस्यमय

Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

Pablo Nerudaपाब्लो नेरूदा विश्वबिख्यात ब्यक्तित्व । राजनीति र साहित्य दुबै क्षेत्रमा समान रूपले स्थापित थिए । नेरूदालाई बुझनका लागि दुबै क्षेत्रबाट हेर्नु पर्दछ । यदि त्यसो गरिएन भने उहाँलाई बुझन सकिन्न । सन् १९०४ जुलाई १२ तारिखका दिन मध्यचिलिको प्यारेलमा जन्मिएका नेरूदाको बास्तविक नाम नफ्टाली रिकार्र्डो श्येज बासो आल्टो हो । नेरूदा जन्मेको दुइ महिनामा उनकी आमा डोनासा बोसा आल्टोको क्षयरोगका कारण मृत्यु हन गएको थियो । पाब्लो नेरूदाको परिवार एक गरिव कृषक थिए । गरिबीकै कारणले गर्दा बिहान बेलुका हातमुख जोर्न धौ-धौ पर्दथ्यो ।

 
Continue reading


पठन योग्य पुस्तकःस्मृतिका रेखाहरू

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

वि.स.१९८६ असोज बिजया दशमीको दिन विराटनगरमा पिता हिरण्यनाथ र माता हाटकेशरीदेवी घिमिरेको कोखबाट जन्मिएका माइला छोरा भवानी घिमिरे नेपाली साहित्यको क्षेत्रमा चर्चित ब्यक्तित्व हुन् । उहाँको मृत्यू २०६६ भदौ ४गते भएको थियो तर्सथ उहाँ अहिले हाम्रा सामू हुनु हुन्न । साहित्यका साथै पत्रकारिता, प्रशासनीक, शिक्षण र राजनैतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका घिमिरे एक बहुआयमिक ब्यक्तित्व थिए । उहाँबाट हामीले यथेस्ट मात्रामा शिक्षा लिन सक्दछौं ।

 

Continue reading


गजल दर्शन’ का सन्दर्भमा सङ्क्षिप्त अनुभूति

Laxuman, Bartaula, Birkhe, Anjan, बिर्खेअञ्जान, pallawa, पल्लव

समीक्षकः बिर्खेअञ्जान

पुनः प्रकाशित
नेपाली साहित्यमा गजल विधा चर्चाको शिखरमा छ । चर्चा सकारात्मक होस् या नकारात्मक होस् तर बहसको घेराबन्दीमा गजल सधैँ परेको छ । कुनै पनि चिज, सामग्री या उपलब्धिमाथि छलफल हुनु सुखद सन्दर्भ हो । विचार, तर्क र विवादले कुनै पनि सैद्धान्तिक चिज परिष्कृत परिमार्जित हुने अवसर पाउँछ र नयाँ मार्गका लागि प्रयत्नशील हुने भएकाले यस्ता किसिमका औपचारिक विमर्शलाई हामीले राम्रै मान्नु पनि पर्छ । गजल नेपाली माटोमा लेखिन थालेको निकै भयो ।

 

Continue reading


सरूभक्तः नेपालका शेक्सपियर

सरूभक्त

सरूभक्त

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

सरूभक्त नेपाली साहित्यका सार्वाधिक क्रियाशील सर्जकको रूपमा सुपरिचित नाम हो । वि.सं. २०१३ भाद्र तीजको दिन कास्की जिल्लाको बागबजार पोखरामा पिता गणेशबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मनुभएका उहाँले नेपाली साहित्यका कविता, नाटक, उपन्यास, कथा र संस्मरण जस्ता विधामा सशक्त रूपले कलम चलाउनुभएको छ । उहाँको कृति र नाम नसुन्ने मान्छे नेपालमा कमै होलान् ।

 

Continue reading