छन्द : इन्द्रवज्रा (SSI SSI ISI SS)
सत्ता र सिंहा-सन छैन के भो
श्रृङ्गारको सा-धन छैन केभो
नौनी सरी कोमल प्यार दिन्छु
उन्मादको यौ-वन छैन के भो !!
छन्द: भुजङ्गप्रयात, १२ अक्षर, यगण (ISS x ४)
फसाएर छानो न भित्तो बनायौ
चुसी स्वाद चाखेर रित्तो बनायौ
सँगै पर्म गर्दा जुधे तीक्ष्ण आँखा
निशाना लगाई उछित्तो बनायौ !!
